Input your search keywords and press Enter.

दाहालले ल्याए, ‘चेलीको मर्म’

मेगराज खड्का
रुकुम  : रुकुमका पत्रकार धनबिर दाहालको नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज गीत समेटिएको चेलिको मर्म नामक गीत बजारमा ल्याएका छन । जिल्लामा रहेर एक दशक देखि पत्रकारिता गर्दै आएका पत्रकार दाहालले स्थानीय मौलिक भाकामा वर्षदिनमा चेलीले भोग्नु परेको दुःख, पिडा र मर्मलाई गीतमा समेटेका छन । प्रेमपूर्ण भावले भरिएको यस तिज गीतमा प्रेमी प्रेमीकाको अजम्बरी सम्बन्धलाई जोडेर चेलीको वियोगान्त मर्मलाई उठाउन खोजिएको छ ।
दाहालको लय÷शब्द रहेको गीतमा चर्चित गायिका शान्तिश्री परियारले स्वर दिएकी छिन । विक्रम चौहानको निर्देशनमा तयार पारिएको उक्त गीतमा बिमल अधिकारी र टिका जैसीको अभिनय रहेको छ । दाहालले यसअघि मायाको राजधानी, हामी सबै नेपाली, सिंगारु तथा नयाँ नेपाल लगाएतका चर्चित गित लेखन समेत गरिसकेका छन । तिज गीतको नाममा भइरहेका केही अभद्र प्रबृत्तिको अन्त्यका लागी आफुले लोकसंस्कृतिको संरक्षण र प्रचारप्रसारका लागि चेलीको मर्म गीत बजारमा ल्याएको दाहालको भनाई छ । हेर्नुहोस यस्तो छ गीत

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares