Input your search keywords and press Enter.

आफ्नो मौलिकता अनी संस्कार जोगाउन सधैं लागिरहेको छु

सानीभेरी गाउँपालिका ३, रुकुम पश्चिममा जन्मिएका तिलक परियार युवा पुस्ताका चर्चित लोक गायक हुन । बुवा काली बहादुर परियार र आमा मुवादेवी परियारको जेठो सन्तानको रूपमा २०४५ जेष्ठ २० गते बिहिवार जन्मिएका परियारले स्नातकोत्तर र एल.एलबी अध्ययनरत छन । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौका सहकोषाध्यक्ष, रुकुम कला सांस्कृतिक मञ्च केन्द्रीय महासचिव र राप्ती समाज काठमाडौ केन्द्रिय सदस्य समेत छन । गीतसंगित क्षेत्रमा एक दशकको यात्रामा लाग्ने क्रममा उनले ४ दर्जन बढी गीतहरुमा समेत आवाज दिईसकेका छन । उनै लोक गायक परियारसंग लोकसंगीत क्षेत्रको यात्रा, संघर्ष र आगामी योजनाको बिषयमा आहा सञ्चार साप्ताहिकका लागि सम्पादक मेगराज खड्काले गरेको कुराकानी

हिजोआज तपाई के गर्दै हुनुहुन्छ ?
आजभोली कलाकारहरुको बिशेष गरेर तीजको गीतहरू रेकर्ड गर्ने र बजार ब्यवस्थापन गर्ने हो तर मैले यसपटक तीज गीतको काम गरेको छैन बरु मेरो भाईले गीत गाएको छ । उसको गीतलाई बजार व्यवस्थापन र हाम्रो छैटौं राष्ट्रिय लोक दोहोरी अवार्ड सफल बनाउन यतै लागीपरेको छु । मेरो आफ्नै त्ष्बिप एबचष्थबच नामक थयगतगदभ अजबललभ िबाट लोकप्रिय सर्जक किरण बाबु पुनको शब्दरलयमामा मेरो सहोदर भाई प्रेम प्रकाश परियार र शान्ति श्री परियारको आवाजमा आउदै छ ।
कलाकारिता क्षेत्रमा प्रबेश गरिसकेपछि हालसम्म कति वटा एल्बमहरु निकाल्नु भयो, जसमा सबैभन्दा चर्चामा आएको र आफैलाई उत्कृष्ट लागेको गीत कुन हो ?
मैले अहिलेसम्म ५२ वटा जति गीत गए, आफुले गाएको सबै गीत राम्रो लाग्छ तर उत्कृष्ट यहीँ भन्ने त हुँदैन तर तपाईंको प्रश्न अनुसार आफ्नो जन्म जिल्ला र वास्तविक घटनालाई वर्णन गरिएको रुकुम तथा मध्य पश्चिमको पहाडी भेगमा प्रचलित सिङ्गारु गीत “सुनको भमरा“ नामक गीत लक्ष्मण ओलिको शब्दमा देवि घर्ती दिदी र मैले गाएको थिए २०६७ सालमा यहि गीत राम्रो लाग्छ ।

कलाकारिता क्षेत्रको करिब एक दशक लामो यात्रालाई कसरी समिक्षा गर्नुहुन्छ ?
मेरो औपचारिक साङ्गीतिक क्षेत्रको १० वर्षको यात्रामा तिलक परियार भनेर चिनाए, अर्को राम्रो पक्ष आफ्नो भेगका लोप हुन लागेको गीतहरू सिङ्गारु, टप्पा ईत्यादिलाई हामीले सुरुवात गरेर अहिले पछिल्लो पिडि लगायत हामीले निरन्तरता दिएका छौ यो एउटा सफलता हो, गीत सङ्गीतका विभिन्न संघ सस्था मा आवद्ध भएको छु ईत्यादी

रुकुमको एउटा युवा राजधानी जस्तो ठाउँमा कलाकारिता क्षेत्रको बजारमा प्रतिष्प्रधा गरिरहनु भएको छ । जिल्ला र राजधानी बिचमा कस्तो भिन्नता पाउनु भएको छ ?
मेरो गीत सङ्गीतमा लाग्ने सानैदेखीको चाहाना थियो यसलाई मैले जिल्ला तिर हुँदा पनि अलिअलि सिक्ने र बुझ्ने मौका पाए अझै यसलाई बिकास र थप प्रगति गर्न राजधानी आउनै पर्ने भएकोले यहाँको संस्कार र देशै भरिका कलाकारहरु सङ्ग प्रतिस्पर्धा गर्नु प्रदा आफुलाई सुरुमा सार्है जटिल भयो । जिल्ला र राजधानीलाई तुलना गर्दा जिल्लामा अत्यन्तै सभ्य र चिटिक्क मिलेको समुदाय भेटिन्छ त राजधानी भनेको अत्याधिक जनसंख्या चापको कारण प्रदुषण नमिलेको गञ्जागोल मानव बस्ती बिस्तार भएको छ । साच्चिकै यो राजधानीलाई चिन्न नसक्ने हो भने धेरैको भविश्य सोचे जस्तो हुँदैन तर मेरो हकमा मैले जिल्लाबाट सिकेको बुझेको कुरा राजधानीमा आएर प्रष्फुटन गर्ने मौका पाएको छु र अझै राजधानी बुझ्दै छु ।

कलाकारिता मात्र गरेर आफ्नो शिक्षादिक्षा देखि परिवारको जीवन निर्बाह सम्मको काम गर्न सहज छ की जटिल ?
हरेक काममा तन मन लाएर गर्ने हो भने असहज भन्ने त म कतै देख्दैन, तर मेरो सुरुवाती समयमा केहि अप्ठ्यारो त भएकै हो आजभोलि भने जटिल छैन ।

तपाईको कुनै साथी निजामति कर्मचारी भएर वा अन्य व्यवसाय गरेर करोडपति पनि पुगे होलान ? कलाकारिता क्षेत्रमामा लागेकोमा तपाईलाई कुनैबेला पश्चाताप लाग्दैन ?
एकदम राम्रो प्रश्न गर्नुभो, मेरो सानैदेखिको सपना थियो गायक बन्ने त्यो पूरा गर्दै छु मलाई अरुले के गर्यो, कति कमायो, यी कुरामा पश्चाताप छैन ।

पछिल्लो समय रुकुमबाट प्रतिनिधित्व गर्ने पनि धेरै कलाकारहरु भएका छन । यसलाई संख्यात्मक विकासको रुपमा मात्र लिन सकिन्छ की रुकुमको कलाकारिता क्षेत्रमा गुणात्मक पनि विकास भएको छ ?
यो प्रश्नको उत्तर रुकुमेली दर्शक श्रोताले पनि प्रष्ट भन्न सक्नुहुन्छ तर मैले भन्नुपर्दा हो हाम्रो जिल्ला रुकुमबाट पनि धेरै भाईबहीनीहरु अहिले गीत सङ्गीतमा लाग्नु भएको छ । यो एकदम सकारात्मक पक्ष हो तर लाग्नु मात्रै ठूलो कुरा होइन यो क्षेत्रमा लागेर आफ्नो जिल्ला र देशको लोक संस्कृति र सिङ्गो सङ्गीतिक क्षेत्र बचाउन निरन्तरता दिनु ठुलो कुरा हो, अहिले झट्ट हेर्दा खाली संख्यात्मक किकास छ तर केहिले गुणात्मक काम पनि गर्नुभएको छ सकेसम्म सबैले राम्रो काम गरेको देख्न पाउ, सुन्न पाउ शुभकामना छ ।

दुरदराज र गाउँबस्तीमा जन्मेका कलाकारहरु पनि सहरिया पहिरन र आधुनिक संकृतिको प्रतिनिधित्व गर्ने खालका मात्र गीत संगीत बजारमा आईरहेका पाउछौं । लोप भैरहेको पुराना हाम्रो लोक संस्कृतिहरुको संरक्षण, प्रचारप्रसार र जर्गेर्ना गर्ने दायित्व कसको हो ?
हो, नेपाली साङ्गीतिक बजारमा पछिल्लो समय पश्चिमेली आधुनिक प्रभाव परेको देखिन्छ । यो भित्रिए पनि सधैंभर टिक्न सक्दैन, र लोप भैरहेको पुराना लोक संस्कृतहरुको संरक्षण, प्रचारप्रसार र जगेर्ना गर्न हाम्रो गीत संङ्गीत भित्रका केहि संघ सस्थाहरु पनि लागीरहेका छन् र यतिले मात्रै पनि पुग्दैन । हाम्रो नेपालको फराकिलो संस्कृतिलाई जोगाउन राज्यले पनि साथ दिन अत्यन्तै जरुरत छ तर मेरो आफ्नो हकमा म रहुन्जेल आफ्नो मौलिकता, आफ्नो संस्कार जोगाउन सधैं लागीपर्नेछु र लागीरहेको छु ।
हाल देश संघिय संरचनामा पनि गईसकेको छ । अब केन्द्रको मुख नताकेर स्थानीय तहहरु आफ्नो आवश्यकताका आधारमा बिभिन्न क्षेत्रमा बजेट बिनियोजन गरेर खर्च पनि गर्न सक्छन । रुकुमको सन्दर्भमा रुकुमको कला संकृतिको संरक्षण र प्रचारप्रसारका लागि स्थानीय तहहरुले सहि काम गरेको जस्तो लाग्छ ?
देश संघीय संरचना आईकेपछी बरु यो शासन प्रणालीलाई कसरी टिकाउ र लागु गर्ने भन्नेमा सबैको ध्यान त्यतैतिर छ र हुनु पनि पर्छ । यस्तो सुरुवाती अवस्था हुँदा पनि रुकुमको स्थानीय तहले कला संस्कृतिको संरक्षण र प्रचारप्रसारको लागि म आफै फिल्डमा खटेर काम गर्न पाएन र मैले सुने, बुझे अनुसार स्थानीय तहरुले कतै सिङ्गारु नाच प्रतियोगिता राखेर, कतै स्थानीय मौलिकता बचाउने महोत्सव राखेर,कतै मयुर नाच राखेर कतै पुराना मठ मन्दिर बाजागाजा संरक्षण ईत्यादी कार्यहरू गरेर अत्यन्तै राम्रो तरिकाले साथ दिनुभएको रहेछ ।
यो कार्यले सधैं निरन्तरता पाओस् म खुसी छु,अझै त्यतिमात्रै नभएर देशभरिका स्थानीय तहहरुले हाम्रो रुकुमका स्थानीय तहहरुबाट पाठ (शिक्षा) सिक्ने खालको हरेक काम कार्वाही गरुन शुभकामना छ ।

अन्त्यमा, महत्वपुर्ण युवा जोस सहितको दशक लामो जीवन कलाकारितामा बिताउनु भयो, बाँकी जीवन पनि यसैमा समर्पन हो की केहि नयाँ बिकल्प सोच्दै हुनुहुन्छ ?
एक दशक सम्म हरेक आरोहअवरोह पार गर्दै अगाडि बढियो र बढ्दै छु । अब क्षेत्र छोड्ने कुरै हुँदैन म यसमा खुसी छु, अब अर्को काम गर्दा फेरि शुन्य बाट सुरुवात गर्नुपर्छ बरु मेरै भोगाईलाई कार्यन्वयन गर्दै साङ्गीतीक क्षेत्रबाट अरुलाई अभिप्रेरित गर्ने खालको उदाहरणिय पात्र बन्ने रहर छ । अन्त्यमा मेरो कुराकानी समेटिदिएकोमा आहा सञ्चार साप्ताहिकलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares