1)प्रदेश अनि खाडीमा कति छोरी चेली बेचिए !

गाउँ अनि शहरमा कति जाली झेली भेटिए !!
बिरानो मुलुकमा पीडा र चित्कार कस्ले सुन्छ,
सोझा अनि साझा कति चम्पा चमेली लुटिए  !!!
2)अब बिस्तारै भेष अनि देश सकिन्छ होला !
हाम्रा विर पुर्खाको इतिहास मेटिन्छ होला !!
घरको जिम्मा सबै साँचो चोरलाई दिएसी ,
भाको जति झिटिझाम्रो परिबेश लुटिन्छ होला !!!
3)अलि कति पिउछु अनि जिउछु  !
फाटेको मन सिउछु अनि जिउछु  !!
मनै छिया छिया भइदियो अब ,
अर्को जुनी लिउछु अनि जिउछु !!!
election adv.
4)उनलाई छोडि नौडाँडा काटी गए प्रदेश !
आफैलाई आफैसँग ढाँटी गए प्रदेश !!
मन मुटुमा मेरी माया हिडे सजाएर,
गर्नलाई दुख सुख आटी गए प्रदेश  !!!
5)तिमी पराइ भएत मेरै हौ भनौला र कसरी !
प्रीति अन्तै साटेत म तिम्रै बनौला र कसरी !!
तिमी जुन म भए जुनकीरी झै धिपी धिपी,
उल्का जस्तै पारेत एक्लै बाचौला र कसरी  !!!
वेद राज श्रेष्ठ
चौरजहारी नगर पालिका  7 रुकुम 
हाल कुबेत बाट
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto