Input your search keywords and press Enter.

दिपक रावलका ५ उत्कृष्ट मुक्तकहरु

  • दिपक रावल
    त्रिबेनि गाउँ पालिका पश्चिम रुकुम

मुक्तक १
एक दिन उस्ले नि दुख्ख पाउछ, भन्दिहुन उनिले ।
मलाइ जस्तै घरीघरी याद आउँछ, भन्दिहुन उनिले ।
जब हामी टाढा भएझै कोहि तिमी बाट टाढिन्छ नि
त्यो बखत मेरै मायाले सताउछ, भन्दिहुन उनिले ।।

मुक्तक २
मलाइ मुद्दा हाल्न निवेदन पेस,गरेपछी ।
आज हार्नु पर्यो देश गुनाको भेस,गरेपछी ।
तिमी उता म यता बिछोडिनुको कारण ।
तिम्रो दिलमा अर्कैलाइ समाबेश ,गरेपछी ।।

मुक्तक ३
तिम्रो जस्तै मेरो जस्तै तगदिर छ,आमा सङग ।
हाम्रो भन्दा अल्लि धेरै पिर छ ,आमा सङग ।
जाने जाउ आउने आउ ढोका खुल्ला यो मायाको ।
डर छैन मेरो मायाको, तस्बिर छ आमा सङग ।।

मुक्तक ४
तिम्रो जानी जानी चोट दिने ,बानी खराब भयो ।
मेरो भने बेर्थै पिर लिने,बानी खराब भयो ।
तिमी भने अर्कै सङग मस्किएर छोडि गयौ ।
मेरो अहिले घरीघरी सम्झने,बानी खराब भयो ।।

मुक्तक ५
कहिले दायाँ कहिले बायाँ जिन्दगी टाल्नै ,गाह्रो भयो ।
सकारात्मक पाइलाको कदम चाल्नै, गाह्रो भयो ।
मुखले भन्न जति सजिलो काम गर्नो उति गाह्रो ।
किन मेरो मन चंचल हुन्छ समहाल्नै, गाह्रो भयो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares