जयमान बुढामगर
भूमे
बुधबार रुकुम पुर्ब भुमे गाउपालिकाले आफ्नो सार्बजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्बजनिक सेवा प्रवाह तथा क्षमता बिकास समितिका संयोजक नमिता पुनको अध्यक्षता र भुमे गाउपालिकाका अध्यक्ष रामसुर बुढामगरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेष अथिती भुमे गाउपालिका उपाध्यक्ष मनकुमारी बुढा बिष्ट, नेकपाको नेता मेगबहादुर श्रेष्ठ, भुमेगाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिङ श्रेष्ठ ,भुमेगाउपालिकाका सुचना अधिकृत जनक ओलि, इन्जिनियर सन्तोश घर्तिमगर, कृषि प्राबिधिक सहायक खिमबहादुर रोकाय लगाएतको आथियता रहेको थियो । गाउपालिकाको काम, कर्तब्य र अधिकार बारे जानकारी गर्न, सेवाग्राहिको अपेक्षा संकलन गर्ने,आगामी आबमा गुणस्तरिय सेवा प्रवाह र योजना कार्यान्वन रणनीति बनाउनका लागि तथा सुझाब सङकलन र चालू आर्थिक बर्ष गाउपालिकाको क्रियाकलाप जानकारि गर्ने उद्देश्यले सार्बजनिक सुनुवाइ गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिए ।

election adv.

प्रमुख अथिती तथा भुमेगाउपालिकाका अध्यक्ष रामसुर बुढामगर कार्यक्रममा बोल्दै भुमेगाउपालिकालाइ जिल्लामय नमुना र समृद्दीका निम्ति निर्वाचित जनप्रतिनिधी,कर्मचारी लगाएत उपभोक्ता समितीहरु आफ्नो काम कर्तब्यमा तत्पर बएर काम गरियो बने जिल्लामय नमुना गाउपालिका बन्ने बताए । यो पहिलो बर्षमा कर्मचारी,कार्यलय ब्यबस्थापन तथा सिकाइको अनुबभ भएको र बाँकी चार बर्ष बिकासको काम रहेको अध्यक्ष बुढाले जोड दिए । सुनुवाइ कार्यक्रममा अघिलो बर्षको काम बारे तथा जनसहभागी र उपभोक्ता समितिहरुसंग सल्लाह सुझाब सहितको सरोकारवालाका कर्मचारिहरुसंग अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । कार्यक्रमको सञ्चालन भुमेगाउपालिकाका कृषि नायब प्राबिधिक सहायक शिखर बिश्वकर्माले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto