Input your search keywords and press Enter.

हरियाली नगर बनाउन आठबिसकोटमा बृक्षारोपन

सत्यबहादुर बटाला
आठबिसकोट
स्वच्छ र सफा नगर जताततै हरियाली शहर भन्ने मुल नाराका साथ आठविसकोट नगरपालिकाको वडा नँ ९ को राडपाखामा वृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र जनपहँुच युवा क्लवको आयोजनामा वृक्षरोपन कार्यक्रम गरिएको हो । बृक्षारोपन कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसी र क्लवका अध्यक्ष तेज बहादुर मल्ल लगायतका सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

भिराला पाखाहरुमा वर्षाका कारण अत्याधिक बाढी पहिरो जाने भएकाले उक्त पहिरोलाई रोक्नका लागी इपील र बकाइना गरी करिब ७ सय विरुवा वृक्षारोपन गरेको क्लवका सचिव घनश्याम भण्डारीले जानकारी दिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares