Input your search keywords and press Enter.

बाल बिवाह अन्त्यका लागि सडक नाटक

नारायण ओली
सिम्ली
सानीभेरी गाउँपालिका वडा नं ८ का बालबालिकाले बालविबाह अन्त्य गर्न चेतनामुलक सडक नाटक प्रदर्शन गरेका छन् । समाजमा व्याप्त बालबिवाह, बाल दुर्व्यवहारका घटना र यसबाट पर्न सक्ने असरलाई अन्त्य गर्न तथा उजुरी प्रकृया सम्वन्धी अपनाउनु पर्ने कुराहरु समेटेर बालबालिका आफैले सडक नाटक प्रदर्शन गरिएको हो । परिवर्तनशील बाल क्लब सानिभेरी ८ ले गरेको सडक नाटकमा ८ नं वडाका करिव ३०० जनसमुदायको उपस्थिति रहेको थियो । वडा नं ८ को तल्लो आम्डाँडा टाकुरा वडा कार्यालयको प्रांगणमा नाटक प्रदर्शन गरिएको थियो ।
बालबिबाह न्युनिकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ तल्लो आम्डाँडामा घरदैलो गरी वडा कार्यालयमा पुगि नाटक प्रदर्शन गरिएको हो । बालबालिका आफैले सचेतामुलक नाटकका साथै विभिन्न कार्यक्रम गरी वडा बासीलाई सचेत बनाएको स्थानीय डिला भण्डारीले बताईन ।
रुकुमेली विकास केन्द्र र सेभ द चिल्ड्रेन रुकुमको साझेदारीमा संचालित एकिकृत परियोजना बाल संरक्षण कार्यक्रम अन्तर्गत फिल्ड बाल संरक्षण फिल्ड सुपरभाइजर लक्ष्मी केसी को सहजिकरणमा सो नाटक प्रदर्शन गरिएको हो ।
सानीभेरी गाउँपालिका कार्यालयले बाल बिबाह न्युनिकरण गर्न तथा बालमैत्री स्थानिय शासन प्रवद्र्धन गर्न १८ बुँदे बालबालिका सम्बन्धीका निर्णय यस अघि नै गरि सकेको छ । भने करिव २० वटा जति बालबिबाह रोकि सकेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares