मुक्तक.१
दुर्गम ठाँउमा छ मेरो घर, चिट्ठी लेख्नुपर्छ।
बुझ्नलाई हरेक खबर, चिट्ठी लेख्नुपर्छ।
सहरमा पो एकै फोनले घरमै आईपुग्छन्
हाम्रो त बोलाउन डाक्टर चिट्ठी लेख्नुपर्छ।
मुक्तक.२
आफुलाई नराम्रो त त्यतिबेला लाग्छ।
जब आफन्तीको वचन करेला लाग्छ।
उता साहुले मेरो घर कब्जामा लिँदै गर्दा
यता तमासा हेर्नेहरुको मेला लाग्छ।
मुक्तक.३
कसैकी छोरी बुहारीको बलात्कार गरेर।
सिता जस्तै संस्कारीको बलात्कार गरेर।
के साबित गर्न खोज्दैछन् यी राक्षसहरुले
एउटि अबला नारीको बलात्कार गरेर।
मुक्तक.४
जति गरे नि अरुले प्यार, अधुरो हुन्छ।
बढे पनि खुशीहरु लगातार अधुरो हुन्छ।
आफू दु:खमा परेर सन्तानलाई हँसाउने
आमा बिनाको यो संसार,अधुरो हुन्छ।
मुक्तक.५
कुर्नु परे ओखलमा पालो जानैपर्ने हुन्छ।
नहुँदै मिर्मिरेको उज्यालो जानैपर्ने हुन्छ।
तिमी शहरको सुखमा हुर्किए पनि प्रिया
गाउँमा मेलापात र गोठालो जानैपर्ने हुन्छ।

election adv.

नाम:दिनेश पुन
ठेगाना:सानीभेरी गाउँपालिका-२ पश्चिम रुकुम
कृति:`बेमौसमी मन` मुक्तक संग्रह
सम्पर्क:9806262824 र 9867939091
इमेल:pun.dinesh122@gmail.com

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto