Input your search keywords and press Enter.

आहा सम्पादक खड्कालाई शिक्षा पत्रकारिता पुरस्कार

आहा संचार संबाददाता
यस बर्षको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार कर्णाली प्रदेशको तर्फबाट आहा सञ्चारका सम्पादक तथा कारोबार दैनिकका रुकुम संबाददाता मेगराज खड्कालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघल आईतबार बिज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । २० हजार राशीको उक्त पत्रकारिता पुरस्कार एक कार्यक्रमका बिच राजधानीमा २९ गते बितरण हुने पनि महासंघले जानकारी दिएको छ । शिक्षा बिभाग र नेपाल पत्रकार महासंघको समन्वयमा प्रत्येक बर्ष शिक्षा पत्रकारिता पुरस्कार बितरण गर्दै आएको छ । केहि समय अघि शिक्षा क्षेत्रमा रिपोटिङ गर्ने पत्रकारहरुलाई पुरस्कारको लागि आबेदन दिन महासंघले आह्वान गरेको थियो ।
हेर्नुहोस अन्य को-को पत्रकार र संचार संस्थाहरुले पाए शिक्षा पुरस्कार तथा लेखनबृत्ति

मिति : २०७५।०३।२४

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ५१ हजार राशीको यो पुरस्कार बुलबुले टुडे र शिक्षक मासिकमा कार्यरत पत्रकार मल्ललाई प्रदान गर्ने निर्णय गरेको हो । 
यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ को पनि निर्णय सार्वजनिक गरेको छ । जसअनुसार प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत पत्रकारहरू नामावाली यसप्रकार रहेको छ–
प्रदेश नम्बर १– निरोज कोइराला(रेडियो नेपाल÷हिमालय टाइम्स–भोजपुर)
प्रदेश नम्बर २ – कृष्ण सिग्देल (राजधानी दैनिक÷अनलाइनखवर– बारा)
प्रदेश नम्बर ३ – चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क– काभ्रेपलाञ्चोक)
प्रदेश नम्बर ४ – पवन पौडेल (दमौली एफएम–तनहुँ)
प्रदेश नम्बर ५ – पार्वती पाण्डे (बुद्धदर्पण दैनिक–कपिलवस्तु)
कर्णाली प्रदेश– मेघराज खड्का (कारोबार दैनिक– रुकुम)
प्रदेश नम्बर ७ – गोकर्ण दयाल (गोरखापत्र दैनिक– बैतडी)
उपत्यका प्रदेश– चन्द्र बानियाँ (रेडियो नेपाल– काठमाडौं)
त्यस्तै बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ नामावली सार्वजिनक गरेको छ । जसअनुसार ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गर्ने पत्रकारहरूको नामावली यसप्रकार रहेको छ–

प्रदेश नम्बर १— रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक–धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक –मोरङ)
प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण(गोरखापत्र दैनिक–महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह(जनकपुर टुडे–धनुषा)
प्रदेश नम्बर ३ – मन्दिरा थापा(नेपाल टेलिभिजन–दोलखा) र मनोज थापा(अर्थ नेपाल डटकम–नुवाकोट)
प्रदेश नम्बर ४– शान्ता कमली(नयाँपत्रिका–लमजुङ) र छविलाल तिवारी(नागरिक दैनिक–पर्वत)
प्रदेश नम्बर ५–केशर रोका(अन्नपूर्ण दैनिक–प्यूठान) र तेजेन्द्र के. सी.    (दैनिकपत्र दैनिक–रुपन्देही)
कर्णाली प्रदेश – नरजन तामाङ    (नयाँपत्रिका–हुम्ला) र गणेश विक(नागरिक दैनिक–रुकुम)
प्रदेश नम्बर ७– गगन अएडी(नयाँपत्रिका दैनिक–बाजुरा) र जगदीश रोकाय(अन्नपूर्ण पोष्ट दैनिक–बझाङ)    
उपत्यका प्रदेश – संयुक्तरूपमा– नीता सापकोटा(नेपाल टेलिभिजन–काठमाडौं), केशव भुल(सीआइएन–काठमाडौं) र रामु सापकोटा(हिमाल बवर पत्रिका–ललिलपुर) 

बैठकले उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्राप्त गर्ने एफएम रेडियाको नामावली पनि सार्वजनिक गरेको छ । रु. २० हजार राशीको यो पुरस्कार प्राप्त गर्ने एफएम रेडियोको नामावली यसप्रकार रहेको छ–
प्रदेश नम्बर १— सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश नम्बर २– रेडियो निजगढ (बारा),
प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), 
प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा), 
प्रदेश नम्बर ७–    सेती सामुदायिक एफएम (बझाङ), उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं)
यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. २५ हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एजुकेशन ज्यूज नेपाल डटकमलाई प्रदान गरिएको छ ।
महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । महासंघ पुरस्कृत सबै पत्रकार तथा सञ्चारमाध्यमलाई हार्दिक बधाई ज्ञापन गर्दछ । उक्त पुरस्कारहरू असार २९ गते हुने कार्यक्रममा वितरण गरिने छ ।    

    रमेश विष्ट
    महासचिव

 

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares