मोहन बिसी
चौरजहारी
जिल्लाको चौरजाहारी नगरपालिका वडा न ६ मा रहेको जन ज्योती आधारभुत विध्यालयमा शिक्षकहरुले लापरबाही गरि रहेको पाईएको छ । शिक्षकहरु नियमित रुपमा बिद्यालय उपस्थित नहुने र बिद्यालय आएको दिन यसअघि बिद्यालय नआएको दिनको पनि हाँजिरी लगाउने संस्कार बढेका हुन । नियमित रुपमा बिदालय नहुँनेमा बिद्यालयको प्रशासन सम्हालेका प्रधानध्यापक देखि अन्य शिक्षकहरुमा समेत यस्तो देखिएपछि बिद्यालयको शिक्षण समेत प्रभावकारी हुन सकेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर महताराले जानकारी दिए । उनका अनुसार बिद्यालय व्यवस्थापन समितिले शिक्षकहरुलाई नियमित बिद्यालय आउन पटक पटक अनुरोध गरेपनि शिक्षकहरुले नटेर्दा अब कारबाहीमा अगाडि बढ्ने उनको भनाई छ । ‘स्थानिय सरकार गठन भएको डेढ बर्ष बिति सक्दा सम्म पनि जनप्रतिनिधी हरु बाट समेत एक पटक सम्म पनि अनुगमन हुन सकेको छैन’ उनले भने, ‘बेला बेलामा स्थानिय जन प्रतिनिधीहरुले छड्के जाँच गर्ने, अनियमित र लापरबाही गर्ने शिक्षकलाई कारबाही गर्ने सगै बिद्यालयमा डिजिटल हाँजिरीको व्यवस्था गरे यो समस्या समाधान हुने देखिन्छ ।’ बिध्यालयमा नियमित रुपमा १ सय २० बढी बिद्यार्थीहरु अध्ययन गर्ने गरेका छन ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto