Input your search keywords and press Enter.

सेरीगाँउमा जनरल स्वास्थ्य शिबिर सम्पन्न

हिक्मत प्रतेल
रुकुम पश्चिम
रुकुम पश्चिम मुसिकोट नगरपालिका सेरीगाँउमा जनरल स्वास्थ्य शिबिर सम्पन्न भएको छ । न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलको आयोजनामा सञ्चालित शिबिर असार २२ गते सम्पन्न भएको थियो । शिविर राप्ती समाज स्वास्थ्य सहकारी संस्था द्वारा संचालित राप्ती समाज अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो । शिविरको उद्घाटन न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलका प्रबन्धक खड्क कुवरले गरेका थिए ।

शिविरमा ५ सय ४ जना विद्यार्थीहरुको चेकजाँच गरिएको थियो भने झन्डै ७० जनाको रक्त समुह छुट्याएको थियो । जस मध्ये ७ जनालाइ थप चेक जाँचको लागी राप्ती समाज अस्पतालमा रेफर गरिएको राप्ती समाज अस्पतालका प्रबन्धक गणेश गौतमले जानकारी दिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares