Input your search keywords and press Enter.

सेतीगाड लघु जलविद्युत आयोजनाबाट बत्ती बल्यो

डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ६ मा सेतीगाड लघु जलविद्युत आयोजनामा बत्ती बलेको छ । रुकुम उज्यालो कार्यक्रम अन्तरगत २०६६ सालमा उक्त योजना निर्माण गर्न सुरु गरिएको हो । वैकल्पिक उर्जा पर्बद्धन केन्द्रको ५३ लाख, गरिबी निवारणको २१ लाख, साविक पुर्तिमकाँडा गाविसको ८ लाख, चौरजहारी नगरपालिकाको १० लाख गरि जम्मा ९२ लाख र स्थानीयको श्रमदानबाट उक्त बिद्युत बलेको हो । १८ किलोवाटको उक्त बिद्युतबाट २ सय घरधुरी लाभान्वित हुनेछन । आयोजना उपभोक्ता समितिका अध्यक्ष सुरबिर बुढाथोकीका अनुसार अहिले तत्काल पावर हाउसमा बत्ती बालेको र अब गाउँगाउँमा लाइन बिस्तार तिब्र रुपमा गरिनेछ । ‘धेरैलाई लागेको थियो यो बिद्धुत बल्दैन्, हामीले बालेर छोड्यौँ अब प्रत्येकका घरघरमा जोड्छौँ’ उनले भने, ‘स्थानीयले बिद्युत बाल्ने काममा साथ दिएकाले ढिलै भए पनि सफल तरिकाले बालेको छ ।’ लामो समयको पर्खाईपछि बत्ती बलेपछि थानीयहरु खुसी भएका छन् । ‘हामीलाई हाम्रो लगानी खेर जान्छ कि भन्ने डर लागेको थियो अब त्यो सम्भावना रहेन् बत्ती बल्यो हामी खुसी छौँ’ स्थानीय शान्तबहादुर खत्रीले भने, ‘अब घरघरमा बत्ती जोडेपछि बर्षाै देखिको बत्ती बाल्ने आश व्यवहारिक रुपमा पुरा हुनेछ ।’

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares