Input your search keywords and press Enter.

मलाई सँधै मोहित पार्ने ती भैँसी गोठ बस्तीहरु

  • हरि जिज्ञासु

कुनै दिनम सानो थिएँ । पढ्ने भन्दा बढि मलाई भैँसी गुवालो बनेर घाँस काट्ने निकै रहर लाग्थ्यो । प्रकृतिको सुन्दरतामा आनन्द खोज्ने मेरो पूरानो बानी भएकोले होला । आजभोली पनि मेरो प्यारो भूमि स्याँलाखदी जाँदा झारमारे लेक भएर जान्छु । म सानो छँदा डूलेको र घुमेका ठाउँहरुको अवलोकन गर्छु र भावुक बन्छु ।
साँच्चि भावुक पनि नहु कसरी ? म करिब १० वर्षको थिएँ । अर्थात २०५६ सालतिरको कुरो हो । कक्षा ३ मा पढ्थेँ । असारको महिना । तराईमा खेत रोप्ने चटारो चले जसरी मेरो गाउँमा त्यतिखेर मकै कुट्याउने चटारो चलिरहेको थियो । बाहिर सीम सीमपानी परिरहेको हुन्थ्यो । म स्कुलबाट पानीले भिज्दै घर आएपछि घर अगाडिको जग्गामा सीम सीमे पानीले भिज्दै मकै कुट्याई रहनुभएको मेरा आमाबुवालाई घरको झ्यालबाट एकोहोरो भएर हेरी रहन्थेँ । आमाबुवाले जीवन जीउँनको लागिकति संघर्ष गरिरहेका छन् भन्ने ज्ञान त्यतिखेर कहिल्यै आएन । आओस पनि कसरी ? म त सीम सीमे पानी र आमाबुवाको छेउमा आएर गुटमुटीरहेको सेतो कुईरोलाई हेर्दै आनन्दित हुन्थेँ । कहिले काहिँ बुवाआमाले स्कुलबाट आएपछि मलाई रोटी नराखिदिए पछि जोडले चिच्याँउथ्येँ । र आमाले मेरो खाँचो पूरा गरिदिनुहुन्थ्यो । यसरी वितिरहेकाथिएती मेरो दिनहरु ।

असार लागेपछि सबैले गाईँभैँसी लेकमा लग्छन् भन्ने थाहापाएको थिएँ । स्कुलमापनि मेरो साथीहरुले “लेकमा रमाईलो हुन्छ” भन्ने एउटा सुन्दर यर्थातपूर्ण मेरोलागिकथा जस्तो लाग्ने सन्देश सुनाउँथ्येँ । उनीहरुले लेकमा भएको सुन्दताको बयानगर्दा मलाई अहिले नै लेकमागएर त्यो प्राकृतिक सुन्दरताको आनन्दलिऔँ झै लाग्थ्यो । शुक्रबारको समय थियो । स्कुलपनित्यो दिनहाप टाइमहुन्थ्यो । लेकमा मेरो घरबाट गाई भैँसी लगेर मेरो बाजे जानुभएको थियो । त्यो शुक्रबारको दिन आमाबुवालाई नसोदेर मेरो एउटा साथी र म लेकमाजाने निर्णय गरेर लेकको यात्रा सुरु गर्यौँ । म पहिलो पटक भैँसी गोठ जाँदै थिएँ मेरो साथीचाहिँपहिले पनिगएको थियो । दुईजनामात्र गाउँबाट लेक जानको लागिउकालो चडियौँं । घणा जंगल ।कुनै हिंस्रक जनावरहरुले आक्रमनगर्लान किभन्ने डर । त्यसैमाथी फेरि जुकाहरु खुट्टामा सलबलाउँन थाल्ने । बानी परेको कारण जुकाको त त्यति डर लाग्दैन्थ्यो । जंगलै जंगलअर्थातप्राकृतिक सुन्दरतामा रमाउँदै बीचबाटोमापुगेकाथियौँ । ठूला मुसलधारे पानी पर्न थाल्यो । केहि समयसम्म एउटा रुखको फेदमा बसेर पानीलाई हाम्रो शरीरबाट तर्काउने प्रयास गर्यौँ तर पनित्यति धेरै ठूलो पानीले हामीलाई लुथुरुम्मभिजाई हाल्यो । हाम्रो पुरै शरीर भिजिसेकेपछि हामीले निर्णय गर्यौँ अबहाम्रो सबै शरीर भिजिसक्यो । अब हिड्नुपर्छभन्ने निर्णय गरेर पानीसँगै भिज्दै हामीले यात्रा सुरु गर्र्यौँ ।
गाउँबाट हिँडेपछि पहिलो पटक भटिने हाम्रो गाउँको भैँसीगोठ बस्ती (खर्सु)हो । त्यतिखेर खर्सु भन्ने ठाँउँमा दुई चारवटा गोठहरु थिए । त्यो ठाउँमा पुग्ने वित्तिकै मैले लेकालीजनजीवनको अवस्थाको अबलोकनगर्ने मौकापाएँ । पानीले भिजे पनित्यहाँको वातावरणले पानीले भिजेको मेरो चिसो शरीरले चिसोपनको महसुस् गरेको थिएन । अल्लीमाथी गएपछि डाँफे हान्ने भनेर चिनीने एउटा विसौनी भेटिन्छ र त्यहाँबाट (डम्माना)भन्ने नामको भैँसीगोठ बस्ती देखिन्छ । हामीत्यहाँपुगेपछि ठूला ठूला जारे कुकुरहरु भुकी रहेका र गाईँ भैँसीले आफू कुन ठाउँमा छु भनेर गोठालाले थाहापाउनको लागि भैँसीको घाँटीमा बाँदिदिएको घण्टीअर्थात (घाँडो) मिठो धुनमाबजीरहेकाथिए । गोठालाहरु कतै कराईरहेकाथिए र कतै लेकालीभाकामागीतगाईरहेकाथिए । यसले मेरो मन साह्रै रमायो । बाक्लो कुइरोको कारण बस्ती नदेखिपनित्यहाँको अवस्था यस्तो छ भन्ने ठम्याउन सकिन्थ्यो । यसरी हामी डाँफेहान्ने विसौनीबाट घाँटढुङ्गा भैँसी गोठ बस्ती, बाटपान्ना भैँसी गोठ बस्ती हुँदै हलसुताभँसीगोठ बस्तीमा पुग्यौँ । त्यहाँपुग्दा समयले नेटो काटीसकेको थियो । बाटोमा चरण क्षेत्रमा चरीरहेका भैँसीकाहुलहरु र घाँसका विटाहरु बोकेर गोठ फर्कीन आँटेकागोठालाहरुलाई देखेतापनीहलसुता भैँसीगोठ बस्तीमा पुगेपछि । भैँसीहरु चरण क्षेत्रबाट गोठ तर्फ फर्कदै थिएँ । भैँसीहरुको ताँतीथियो । जारे कुकुरहरु (झ्याउँत्री) गर्दै गराईरहेकाथिए । गोठालाहरुले आ(आफ्ना भैँसीहरुलाई “ल है ! लहै” भन्दै आफ्नो गोठको दाम्लो नीर बोलाउँदै थिए । राती भैसीलाई खुवाउँनकोलागि खर्सु र निगालाको घाँस अर्थात (झाम्रा) भैँसी बान्नेगोठको छदमा टम्म मिलाएर राखेकाथिए । हेर्दा पनिअति रमणीय । प्राया रमाईलो भैँसीहरु गोठमाआउँदा र विहान चरण क्षेत्रमालग्दा रमाईलो हुदोरहेछ ।

यसरी हलसुता भैँसी गोठ बस्तीको अवलोक गरेर अलिमाथी डाँडामा उक्लेपछि बल्लहाम्रा भैँसीहरु राखेको (बस्यारा) भैँसी गोठ बस्ती देखियो । करिब ३० घरकाजति भंैसीहरु जारेकुकुरहरु, भेडाका बथानाहरु, त्यसैमाआनन्दको महसुस गरिरहेकागोठालाहरु । सिमसिमपानी परेको । हामीत्यो ठाउँमा पुग्नै लाग्दा साँजको करिब ६ बज्नै लागेको थियो । अरुसमयकुइरो मडारिए जसरी त्यतिखेर सबै गोठबाट धुवाको मुस्लो खुल्लाआकाशमा मडारिरहेको थियो । चरण क्षेत्रमा चरेर आएका सयौं गाई, भैसीँ र बाख्राहरुको शरीरबाट आएको बाफले जाडो हराएको थियो । डाँडामा पुगेपछिहाम्राबाजेको गोठ काहाँनेर होलाभन्ने जिज्ञासा लाग्यो । यहि जिज्ञासामान्दै बस्यारा भैसीँगोठ बस्तीमा प्रवेश गर्र्यौ । त्यो बस्तीमापुगेपछि जारेकुकुरहरु अब तब निलुलाझैँ गरी भुक्नथाले ।
कतिपयले लुथुरुक्क भएर भिजेका हामीहरुलाई देखेर दया गरे । र हाम्रो बाजेको गोठ सिकाई दिए । मेरो साथीलाई त आफ्नो गोठ थाहाथियो । ऊ आफ्नो गोठमागयो म पनिहाम्रो बाजेको गोठमा गएँ । हाम्रो पनि एउटा जारे कुकुर थियो ।बाजेले त्यो जारेकुकुरलाई गोठकै छेऊमाबाँधेका रहेछन् । म गोठको नजिकपुग्दामलाई निलौँलाझैँ गरी छटपटायो । जव म उसको नजिकपुगेँ त्यसपछि उसले भुक्न छोडेर पुच्छर हल्लायो । किनकिउसले मलाई चिनेको थियो । म गोठको नजिकपुग्दा मेरा बाजे गोठबामट बाहिर निस्के । मलाईनातीआयो भनेर खुशीमान्दै भित्रबोलाए । पानीले भजेको छ अलितातो होलाभनेर चुलो नजिक बस्न लगाए । एक बटुको तातो दुधहालिदिए ।तातो दुधतनक्कपिएँ । केहितातोको महसुस्भयो । अनीबाजे र मैले साँझको खानाखाएर सुत्यौं । त्यो दिन त झन रातभरी पानीप¥यो । भैंसीगोठको चलननुसार विहानै उठेर भैँसीको दुधधोईसकेपछि सबैले एकैपटक गाई भैंसीहरुलाई चरणको लागिदाम्लोबाट फुकाउँदारहेछन् । गोठालाहरुले आआफ्ना भैँसीहरु एकैपटक दाम्लोबाट फुकाउँदा सयौँ भैँसीहरुको ताँतीले मेरो मनमा एउटा गौरवमयआनन्दले बास गर्न थाल्यो । रातभरी पानी परेको कारण आकाश खुल्ला थियो । र त्यहि बस्यारा भैँसीगोठबाट रुकुमको पहिचान सिस्ने हिमाल छर्लङ्ग देखिन्थ्यो । अर्थात ऊ असारको महिनामापनि सेताम्मे भएर मुस्कुराएको थियो । सिस्ने हिमालका टुप्पोमाअलिकति सेतो कुईरो मडारीरहेको थियो । भैँसीगोठ नजिकै रहेका ठूला ठूलाविभिन्नप्रजातिका रुखहरुमा बसेका चराहरुले आफ्नै भाषामा के भन्दै थिएकुन्नी? तर तिनीहरुले त्यो सुन्दर विहानीमा कराएको आवाजमलाई सुनीरहँु झैँ लाग्थ्यो । भैँसीगोठ पुगिसकेपछि भैँसी गोठमा म दुई दिन बस्ने मौकापाएँ । त्यहिअवसरमा म जलजला भैँसीगोठमा पनिपुग्ने अवसर पाएँ । जलजला भैँसी गोठ प्रायाहाम्रो गाउँ स्याँलाखदीका भन्दा मग्मा गाविसका भैँसी गोठालाहरुको बस्ती थियो । जलजला भैँसी गोठ झन् असाध्यै सुन्दर छ । बाजेसँगै भैँसी गोठालो बनेर झारमारेको टुप्पो, नौलो बन भैँसी गोठ, चेर्ते भैँसी गोठमा पनिपुगेँ त्यहाँको त्यो सुन्दरतालाई देखेर मलाई घर जान मन लागेन । बाजेसँगै बसेर नै गोठालो लागौँ झैँ लाग्थ्यो । तर सायद बाजेले मलाई नातीले पढ्नुपर्छ भनेर होलामलाई आइताबारको दिनतीनमानादुध एउटा जगमा र तीनमानादही एउटा ठेगोमाकुम्लो पारेर गाउँ पठाए । म पुनतीप्राकृतिक सुन्दरतालाई कहिल्यै नविर्सने गरी गाउँझरेँ र फेरि पढाईलाई निरन्ततादिएँ ।
त्यहि पढाईलाइ निरन्तरता दिएर अहिले बि.ए. अन्तिमवर्षको परिक्षादिएर फेरि त्यहि बस्तीको अवलोकनगर्न भनीगाउँगएँ । अहिले त गाउँमै रोड पुगेको छ । भैँसी गोठहरु पहिलेको भन्दालोप हुदै गइरहेका छन् । त्यहि भैँसीगोठ बस्तीबाट मटरबाटो गएकोले केहि प्राकृतिक सुन्द्रताह्रास भएको महसुस त हुन्छ । तर पनिविकास सँगै बिनास हुन्छ भन्ने सिद्धान्तलाई बटुलेर चित्तबुझाउँनु परेको छ । तर पनित्यहाँगएर रमाउनेहरुलाई रमाहाटको अनुभती दिलाउने क्षामताती भैँसीगोठ बस्तीहरुको छ । अहिले त हाम्रो गाउँशिक्षा, स्वास्थ्य, र सञ्चारको आवश्यकताको गतिमानिरन्तर दौडिरहेको छ । त्यसैैले यो वर्ष पनि म त्यहाँ पुग्दा अत्यन्त खुशी महसुश गरेँ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares