Input your search keywords and press Enter.

अनैतिक कार्य र भ्रष्टाचार रोक्ने जिम्मा कस्को ?

  • लालबहादुर केसी

नेपाल यस्तो देश हो जुन प्राकृतिक धरातलिय स्वरुप देखि लिएर हरेक प्रकारका जल जङ्गल र हिमाल पहाड भित्रि मधेश र तराई जस्ता भूवनावटले सुसुजित राष्ट्र हो । यो राष्ट्र प्राकृतिक स्वतन्त्र स्वाधिन र कुनै पनि प्रतिवन्धबाट मुक्त राष्ट्र हो । नेपाल यस राष्ट्रमा जन्मिएका नेपाली दाजु भाई, दिदी बहिनीहरु पनि त्यत्तिकै स्वाभिमानी र निस्कलङित हुनुपर्ने हो किन नेपालमा यस्तो स्थिति हुन सकिरहेको छैन नेपालमा किन अन्याय अत्याचार र भ्रस्टाचार सही रहनु परेको छ नेपाल आमाले दिन छाड्दै नेपाली दाजुभाई , दिदी बहिनी हरुले गरेको कुकार्य सहनु परिरहेको छ ।

भ्रस्टाचारी, बलात्कारी, सुनतस्करी, मानव तस्करी, फिरौतीवाला, ज्यानमारा, डकैनीवाला, विचौलिया, माफिया, जङ्गली जनावर तस्करी, अमूल्य जडिवुटी र विभिन्न प्रकारका काठ तस्करी, शैक्षिक स्वास्थ्य भ्रस्टचारी, मठमन्दिरका मूर्ति चोर तस्करी देखि लिएर ज्यानमारा अत्याचारी सम्मका कुख्यात व्यक्तिहरु यही नेपालमै जन्मिएका छन् र नेपाल मै हुर्की रहेका छन् । मोज मज्जा र सोख गरी रहेका छन् । नेपालको संविधानले निषेधित गरेका र नेपाल सरकारले कारोवार गर्न प्रतिवन्ध लगाएको लागू औषध चरेस अफिम हिरोइन बाघको छाला हड्डी रेडपान्डाको छाला कस्तुरीको विना दारा भालुको पित्त लगाएत विभिन्न जनावरहरुको शरिर कंकाल सहित मानव कंकालको पनि तस्करी गर्ने मानिसहरु यही बुद्धको जन्मथलो नेपालमै जन्मिए र हुर्किरहेका छन् र यस्ता कुकार्य पनि गरी रहेका छन् । यी अनैतिक कार्यहरु मानिसले किन गर्छन भने पैसाको लोभ लालच र माया मोहमा डुवेर गर्द छन् । के सबै थोक चिज वा वस्तु पैसा नै हो र ? माान्छेमा सद्भाव सद्विचार र सद्बुद्धि इमान सदाचार तटस्थ र स्वच्छ निस्कलंकित बन्न सक्नु पर्नेमा किन यस्तो घृणित कार्य देखि कहिले मानिस अलग रहन सक्ला ? यस्ता घृणित थुप्रै कार्य गर्ने व्यक्तिलाई जरो टुप्पो नरहने गरी यसको नाम निम्टान गर्न सरकार कहिले सम्म सक्षम बन्न सक्ला ? यी भ्रष्टाचार र भ्रष्टाचार व्यत्तिहरुलाई ओजन बाहिर निस्कनर्नै पदैन । यी यस्ता खालका व्यक्तिलाई सहयोग गर्न थुप्रै म्याच मेकरहरु पनि हरेक ठाउँमा छ्याप छ्याति वाहिर रहेका छन् । यी दुवै खाले व्यत्तिहरुबाट नेपाल अधिराज्य भरी नै अवैध धन्दा अवैध कारेवार अवैध व्यापार अवैध काम काज अवैध लेनदेन अवैध कारबाहीहरु वढ्दै राखेका छन् । यस्ता दुईनम्वरी कालो धन्दा गर्ने गराउने म्याच मेकरहरु हरेक मन्त्रालय विभाग कार्यालय न्यायिक निकाय स्थानिय तह प्रदेश सरकार र संघिय सरकार भित्रै घुसपयठ गरी आफ्नो राम राज्य चलाई राखेका छन् । शिक्षण संस्था वनकार्यालय मालपोत कार्यालय नापी कार्यालय सुरक्षाका निकाय खानेपानी सिँचाई वडा कार्यालय गाउँपालिका नगरपालिका जिल्ला समन्वय समिति कृषि पशु शिक्षा विद्यालय लगायत विभिन्न संंंंघसस्थाहरु र गैर सरकारी संस्थाहरु , एनजिओ, आईएनजिओ उद्योग वाणिज्य निर्माण व्यावसायी संगठन उद्योगी विभिन्न व्यापारी माझ छिरी यी विचौलियहरुले विभिन्न स्थानीय निकायहरु ,कार्यालयहरु प्रदेश सभा संघिय संसद भित्रै छिरी हङ्गामा मच्चाई राखेका छन् । यी म्याच मेकरहरुलाई भित्र छिराउन कोशिश पार्टीहरुबाट नेता कार्यकर्ताहरुबाट स्थानीय निकायका प्रतिनिधि देखि लिएर संघिय संसदका प्रतिनिधि मन्त्रीगण लगायत सम्मका सममाननीय र माननीय ज्यूहरुको पनि ठूलो हातरहेको देखिन्छ । म्याचमेकरहरु ठेकेदारीमा, उपभोक्ता समितिमा प्रविधिमा विभिन्न सहकारी संघ संस्थाममा उद्योग वाणिज्य संघ समेतमा घुसी सकेका छन् ।

विभिन्न उपभोक्ता समितिहरुमा घुसेर सडक निर्माण गर्ने क्रममा कतै मेशिन मात्रै हिडाएर आएका छन् भने कतै पुरानो खनेको सडकदेखाएर आएका छन् । कतै सम्वेदनशिल भवण धरमशालो निर्माण गर्दा पहिले गरेको इस्टिमेट प्राविधिकलाई बदल्न लगाई आधाकट्टी गरी पुनः इस्टिमेट गर्न लगाई संवेदनशिल भवणको पिलर निर्माण गर्दा खानीको खनेको पागो सहितको ढाँर हाली पिलर निर्र्माण गरेका छन् । भने पिलरको रिङ्ग बनाउँदा डवल रिङ्ग बनाई पिलरमा राख्नु पर्नेमा किन यस्तो वालुवाको सट्टामा पागो सहितको गिट्टी प्रयोग गरी पिलर निर्माण गरिदै छ ? यस्तो कामलाई प्रोत्साहन गर्ने नेपालका कस्ता प्रतिनिधि हुन ! यो विडम्वनाको काम होइन र ? दिन दाहाडै कोलेनिका कार्यालय र नापी कार्यालय हुदै वागबजार सम्म आउँदा राप्ती लोक मार्गको छेउमा ढल निकास बनाउने कार्य कहाँको योजना हो ? यसको ठेकेदार कोहो ? अमानत वा उपभोक्ता समिति को कसबाट निर्माण भई रहेको हो ? यसको लागि काम गराउने साइट इन्चार्ज असिस्टेन्ट सब इन्जिनियर, सब इन्जिनियर र इन्जिनियर को हुन प्राविधिकहरु साइट हेर्ने ? किन सदरमुकाम जस्तो अति सम्वेदनशिल स्थानलाई वेवारिसे गरे छोडिएको हो ? त्यो निर्माण कार्यमा के कस्ता निर्माण कार्यका सामाग्री प्रयोग गरिन्छ सिमेन्ट कति ? वालुवा कति ? पि.सि.सि. गर्ने स्थान सिमेन्ट वालुवा र गिट्टी कति कतिको रेसियोमा राख्नु पर्ने हो ? प्राविधिकले यसको वास्तै नगरेको भान देखिन्छ । हरेक सडकमा हिड्ने व्यक्तिले देखेका छन् अझै पनि वालुवाको ठाउँमा पाङ्गो प्रयोग गरेर गारो लगाएको सडकका छेउछाउमा हेर्नु होस पागोका रासहरु थुपारेको ! के प्राविधिकले वालुवाको सट्टामा पाङ्गो प्रयोग गर्ने इस्टिमेट गरेका होलान र ? यदि वालुवाको ठाउँमा पाङ्गो प्रयोग गर्ने इस्टिमेट गरेकै रहेछ भने पनि कुनै पनि नेपाल सरकारका योजनाहरुलाई गुणस्तर हिन बनाउनु हुदैन किन यस्तो गलत र कमसल काम गर्न गराउन तिर लागिएको हो ? यो इस्टिमेट गर्न लगाउने कार्यालय र त्यहाँको प्राविधिक लाई बोलाई स्थानीय निकायले हेरफेर र तल्लासि गरी त्यो इस्टिमेट चेन्ज गर्न लगाई पुन ः निर्माण कार्य गर्न गराउन सक्नुपर्दछ र गुणस्तरिय र प्रभावकारी इस्टिमेट गराउन लगाउन सक्नु पनि प¥यो ।यदि गुणस्तरिय कार्य नगरेर राज्यलाई ठगेर भ्रस्टाचार गर्ने हो र गर्न पनि लगाउने हो भने जनताको केही भन्नु छैन ! योजना दिने मौका त जनताको सुख सुविधा आवश्यक परिपुर्तिका लागि दिने हो । यो केही म्याच मेकर को फाइदाका लागि दिने चिज होइन ! श्रीमाननीय गृह मन्त्री ज्यू ले ठेक्का लिने तर समयमा काम नगर्ने नगराउने ठेकेदारहरुलाई कारबाही गर्ने भन्ने निती ल्याउनु भएकोमा यो नीतिका लागि नेपाली जनता अति नै हर्षित र आशावादी छन् । यो निती अति नै स्वागत योग्य छ । तर ठेकेदारहरुलाई भन्दा पहिले इस्टमेट गर्ने र साइट हेर्ने प्राविधिकहरुलाई र प्राविधिक प्रतिमूलक कार्यालय र संस्थाका कार्यालय प्रमुख देखि लिएर साइट इन्चार्ज समेतलाई अति भन्दा अति कडा कार्वाही गर्न सक्नु पर्दछ । किन भने यी प्राविधिकले पहिले एउटा इस्टिमेट गरेका हुन्छन् । कार्यालय प्रमुखले पनि त्यसलाई पास गरी सकेका हुन्छन् । त्यो इस्टिमेट आफ्नो ठेकेदारहरु र उपभोक्ता समितिहरुको अनुकूल नभएर भ्रष्टाचार गर्न सकिने खालको भएन भने त्यो ईस्टमेट चेन्ज गरी पुन कार्यालय प्रमुलाई सदर गर्न लगाउँछन् र त्यसपछि सवैजना मिली वाडटाँड गरी खाने वातावरणको वाटो खुलाउछन् । अर्को कुरा कार्यालयबाट खटिएका प्राविधिक साइटमा खटिएका केही कतै देखिदैन । मनपरि तरिकाले काम गर्ने साइट छाडा छोडेका हुन्छन् । त्यो साइटमा मनपरी तरिकाले ठेकेदार होस वा उपभोक्त समिति होस उसले आफ्नो तरिकाले वालुवाको ठाउँमा पाङ्गो प्रयोग गरेको हुन्छ । क्रसरबाट निकालेको गिट्टी प्रयोग गर्ने ठाउँमा खानीबाट निकालेको गेगर सहितको ढाँर प्रयोग गरेको हुन्छ ।

१२ एमएमको सरियो प्रयोग गर्ने ठाउँमा ८ एमएमको सरिया प्रयोग गरेको हुन्छ । १० के.जी प्रेसरको पाइप प्रयोग गर्ने ठाउँमा ४ के.जी प्रेसरको पाइप प्रयोग गरेको हुन्छ ९० सि एम गहिरो खनी पाइप गार्ने ठाउँमा १०,१२ सि एम गहिरो खनी पाइप गारेको हुन्छ । १८ गेजको कर्कट पाता प्रयोग गर्ने ठाउँमा २४,२६ गेजका कर्कट पाता प्रयोग गरेको हुन्छ । मेसिनले बुनेका जाली प्रयोग गर्ने ठाउँमा हातले बुनेको जाली प्रयोग गरीएको हुन्छ । ओपिसी सिमेन्ट प्रयोग गर्ने ठाउँमा पिसिसि सिमेन्ट प्रयोग गरेको हुन्छ, अति संवेदनशिल आरसिसि पुलमा एकदम बलियो र गुणस्तरिय सरिया सिमेन्ट र क्रसरबाट गे्रडिङ्ग गरि निकालिएका गिट्टी प्रयोग गरि बनाउनु पर्नेमा गुणस्तर हिन सरिया सिमेन्ट र ढार खनि पागो सहितका गिट्टी प्रयोग गरीएको देखिन्छ यस्तो गुणस्तरहिन कार्य कसरी र को कोबाट गरिन्छ गराइन्छ भने प्रतिशत को लाभमा रिउन र लाभि प्राविधिकद्वारा गरिन्छ गराइन्छ । सबैभन्दा पहिले यस्ता गुणस्तरहिन कार्य कहाँ कहाँ गरिन्छ र गराइन्छ भन्ने काम कारबाही पत्ता लगाउन राष्टमै सरकारले जाँचबुझ आयोग गठन गरी पत्ता लगाउने निकाय बनाई नियमन गरी कारबाही गर्न सक्नु पर्दछ र यसको जरैबाट खोजी गर्दै पत्ता लगाउँदै जानु पर्दछ । अनि मात्र गलत कार्य गर्ने गराउने माफिया र विचौलियाहरुको जालो पत्ता लगाई कारबाही गर्न सक्नु पर्दछ सही ठेकेदारहरुले सही रुपबाट ठेक्का पट्टा नै पाउन गाह्रो हुन्छ किभने सबैभन्दा ठूलो रुपमा विचौलिया प्रयोग हुने भनेकै ठेक्का पट्टामा हुन्छ । कतै त ठेकेदारहरुले हाप प्रतिहत घटेर ठेक्का हाली ठेक्का परेका हुन्छन् भने अर्को तिर विचौलिया हरुलाई पनि केही प्रतिशत दिने गरेका हुन्छन् भने अर्को तिर ति विचौलियाहरुलाई पनि केही प्रतिशत दिने गरेका हुन्छन् त्यसैले गर्दा पनि उनिहरु काम नै संचालन गर्न नसक्ने अवस्थामा पनि पुगेका हुन्छन् । यी आदी इत्यादि कारणहरुले गर्दा पनि कार्य संचालन र निर्माणमा ढिला भइराखेको हुन्छ ।

सबैभन्दा पहिले साइट इन्चार्ज असिस्टेन्ट सब इन्जिनियर सब इन्जिनियर, इन्जिनियर, सुपरभाइजरहरु लगायत अन्य प्राविधिकहरुलाई काम गराईको आधारमा सशक्त र प्रभावकारी ढंगले दण्ड सजाय र अति राम्रो पुरस्कारको व्यवस्था गर्न सक्नु पर्दछ । कारबाही गर्ने सिलसिलामा कार्यालय प्रमुख डि.ई.र सु.ई आदि प्रकारका प्राविधिक कर्मचारीहरुलाई सही कार्य गरे गराएको ठहरियमा निजहरुलाई सरकारले यथोचित रुपमा प्रोत्साहन दिई पुरस्कृत गर्न सक्नु पर्दछ भने गलत काम कार्वाही गर्ने गराउने गलत तरिकाले गरिएका कामहरुको सही तरिकाले विल उठाउने सबै प्राविधिक कर्मचारीहरुलाई सख्त रुपमा यथोचित तरिकाले कार्वाही गर्न गराउन सक्नु पर्दछ अनि मात्र ठेकेदारहरु र निर्माण उपभोक्ता समितिहरुलाई उचित तरिकाले कार्वाही गर्न गराउन सक्नु पर्दछ । अनि मात्र नेपालमा केही सुधारको बाटो अघि बढ्ने र भ्रस्टाचारीहरुलाई कार्वाहीको सुरु हुने जग बस्ला नत्रभने भयङकर डरलाग्दो तरिकाले सबैभन्दा भ्रस्टाचारको ठुलो रोग बस्नेछ ।
फिल्डमा काम गर्ने गराउने प्राविधिकहरुले हरेक योजनाहरुमा १० प्रतिशत देखि ३० प्रतिशत सम्म उपभोक्ता समितिहरुबाट र ठेकेदारहरुबाट झार्ने गरेको प्रत्येक नेपाली जनताहरुलाई थाहा भएकै कुरा हो । नेपाली जनता खुलेर बोल्न नसकेर मात्र र भ्रस्टाचारीहरुलाई कार्वाही गर्न नसकेर यस्तो भ्रस्टाचार भई राखेको छ अब यस्ता गलत कार्यका बारेमा एकदम नेपाली जनता खुलेर बाहिर आउँदैछन् र आउनु पनि अति जरुरी छ । आफुले भोगेका पिर मर्का खुलस्त रुपले खोल्दै छन् पहिले पहिले जिल्लाबाट खटिएर साइटमा गएका प्राविधिकहरुले के भन्दथे भने यति प्रतिशत नदिए त एल.डि.ओ र डि.इ साहेबले हामीले बनाएका बिलहरु नै बदर गरिदिनुहुन्छ भन्ने गर्दथिए र प्रत्येक योजनाहरुबाट कम्तिमा पनि दश प्रतिशत लिने गर्दथे । अहिलेको स्थिति पनि उही त होला नि ? पि.सि नदिएमा क्यान्टिटि र क्यालिटि घटाइ दुःख दिने र आफुले भनेको पि.सि पाएमा सहजै काम गरी भोक्तानीका लागि विल पेश गरिदिने गर्थे । यस्तो कार्य गर्ने जिल्लामा को को हुन र कहाँ कहाँ गरे भन्ने कुरा पनि आवश्यक परेमा जनताहरुले विस्तारै खुलस्त गर्ने छन् र यस्तो गलत कार्य गरिएका कुराहरुलाई अगाडी ल्याउन गर्न तत्पर भई सफल हुने छन् गलत कार्यहरु र भ्रस्टाचार हरेक ठाउँमा भई राखेका छन् उदाहरणका लागि सडक डिभिजन कार्यालय मालपोत कार्यालय नापी कार्यालय वन कार्यालय स्थानिय निकायहरु लगायत आदि निर्माण सम्बन्धि संलग्न निकायहरुमा अनियमित कार्यहरु भइराखेका काम कार्वाहीका बारेमा विस्तारै बाहिर ल्याई सरकारलाई सहयोग गर्नतिर लाग्दैछन् । स्वतन्त्र , स्वाधिन र स्वाभिमानी जनताले भ्रस्टाचार गरेको र गराएको मन पराउँदैनन् खुलस्त गर्न पनि डराउँदैनन् ।
सरकार सकारात्मक सोच विचार र व्यवहारले नेपाली जनताको भलो हुने काम तिर कत्ति पनि विचलित नभई अघि बढोस घुसखोरी भ्रस्टाचारी विलम्वि गुणस्तर ह्रास योजनाहरुको काम गर्ने गराउने विचौलिया र माफियाको काम गर्ने व्यक्तिहरुलाई सख्त कार्वाही गर्न अघि बढोस नेपाली जनता सरकारलाई साथ दिन तत्पर छन् । नेपाली जनता कसै व्यक्ति प्रति रिस, राग दोष र कलोस तिर लाग्दैनन् र यथार्थ कुरा बुझी बाहिर ल्याई सार्वजनिक करण गर्न पनि भुल्दैनन् र कसैप्रति डराएर झुक्दा पनि झुक्दैनन् । सत्य कुरा र औषधि अमिठो टर्रो र नराम्रोे लाग्दछ । चरण बद्ध रुपमा समाजमा भए गरेका र गाउँघरमा ठाउँठाउँमा घटेका र घट्दै गरेका यथार्थ कुरा बाहिर आउँदै छन र जनताले ल्याई पनि रहेका छन् ।

गाडी मोटर हिड्ने अति सम्वेदशिल आर सि सि पुलहरुमा गुणस्तरहीन पिलर बनाउँदा पुलको आर सि सि गर्दा सरिया र खानीको पागो सहितको गिट्टी प्रयोग गरी बनाइएको त्यो पुलको दशा र हालत के होला त्यस पुलमा टनका टन भारी बोकी गाडी मोटरहरु वारपार गर्दा गाडी मोटरहरु को हालत के होला यस्तो प्रकारको गलत कार्य गर्ने र गर्न लगाउने व्यक्तिलाई कार्वाही नगरे कोलाई गर्ने ?सरकारले । अति संवेदनशिल मानिस बस्ने धर्मशाला अस्पताल छात्रवास र सरकारी भवनहरु निर्माण गर्दा पिलरमा र ढलानहरुमा खानीको ढाँर र वालुवाको सट्टामा खानी पागो प्रयोग गरी निर्माण गर्न गराउन लगाउने सडक पिज गर्दा पनि क्रसरबाट गे्रडिङ्ग गरिएका गिट्टीहरु प्रयोग गरी पिज गर्नु पर्नेमा सडक पिज गर्दा पनि त्यही खानीकै पागो सहितको ढाँर प्रयोग गरी प्लास्टिक विछ्याएर पिज गर्ने गराउने गरेको जनताले प्रत्यक्ष देखेका छन् र सडकको नाली निर्माण गर्दा पागो प्रयोग गरेर वाल निर्माण गर्न गराउन लगाउने र यस्तै खालका गुणस्तर ह्रास कार्य गर्न गराउन लगाइ भ्रस्टाचार गर्न गराउन उद्दत भएका साइट इन्चार्ज प्राविधिकहरुलाई कडा भन्दा कडा कार्वाही गर्नु गराउनु अति जरुरी छ र राम्रो काम गर्ने गराउने व्यक्तिलाई प्रोत्साहन दिई पुरस्कृत गराउनु पर्दछ । जसले जनतालाई हत्तोसाइत र निराश पारेका छन् त्यस्ता विचौलिया प्रयोग गर्ने र विचौलियाहरुबाटै निर्माण कार्य गरे गराएका योजनाहरुमा नेपाल सरकार भ्रस्टाचार निवारण आयोग अक्तियार दुरुपयोग आयोग सतर्कता केन्द्रहरु लगायतका अन्य अख्तियार दुरुपयोग सम्वन्धि हेर्ने सम्वन्धित निकायहरुले अनैतिक कार्य गर्ने गराउने व्यक्तिलाई अति भन्दा अति ठूलो कार्वाही गर्न सक्नु पर्दछ । यसरी विचौलिया प्रयोग गर्ने गराउने व्यक्ति र प्रयोग हुने विचौलिया हरुलाई खोजी खोजी निस्तेज पार्न सक्नु पर्दछ तब मात्र नेपाली जनता र नेपाल सरकारको हित र उत्थान हुन सक्दछ । रुकुम जिल्लामा निर्माण हुदै गरेको साना सहरी खानेपानी आयोजनाको पाइप खनाइ पुराइ र पाइपको क्वाइलिटी र राप्ती लोक मार्गमा रुकुमको कोलेनीका कार्यालयदेखि सेरिगाउँसम्म ढल निकासको नाली निर्माण गर्दा के कस्ता सिमेन्ट पागो गिट्टी प्रयोग गरेर निर्माण गरिएका छन् र निर्माण गरिदैछन भन्ने कुरामा त्यहाँ निर्माण गराउने जिम्मा लिएका साइट इन्चार्ज जिल्लामा सरोकार राख्ने नियमन र नियन्त्रण गर्ने सरोकारवाला कार्यालयहरु वडापालिका नगरपालिका र अन्य सरोकारवाला संघसस्थाहरु यस बारेमा किन मौन रहि चुपचाप बसेका छन् ? यसलाई किन हेर्दैनन् र किन बोल्दैनन् ? यी निर्माण हुन गईरहेका कार्यहरु के नेपाल सरकारका होइनन् र ? यस्ता कार्यहरु हेर्न नेपाल सरकारले कसैलाई पनि जिम्मेवारी दिई सजग र जवाफदेही गराउन सकिराखेको छैन र ? कि जिल्ला स्थित सरोकारवाला कार्यालय र संस्थाहरुले आफुले नदेखे जस्तो गरेर पन्छिन खोजी राखेका त होइनन् ? यसको बारेमा जनता अत्ति चनाखो भएर सजग रही गलत कार्य गर्ने गराउने व्यक्तिहरुलाई सम्वन्धित निकायको कट घरामा उभ्याइ यथोचित कानुनी कारबाही गराउन सक्नु पर्दछ । डन, गुन्डा नाइके, मानव तस्करी, चेलीवेटी बेचविखन जस्ता अपराध गर्ने अपराधीहरुलाई र नेपालमा भ्रष्टाचार गर्ने गराउने म्याच मेकर काम गर्ने गराउने ठग र भ्रष्टाचारीहरुलाईसक्दो यचोचित तरिकाले कानुन निर्माण गरी तुरुन्तको तु कारबाही गर्ने गराउने व्यवस्था नेपाल सरकारले गर्नेपर्दछ र हरेक कामको योजनाहरुको अनुगमन निरीक्षण र मुल्याङ्कन गर्ने शिलशिलामा एकदम भरपर्दो दक्ष स्वच्छ र पारदर्शी प्राविधिकको नियुक्ती गरी योजनाहरुको अनुगमन र मुल्याङ्कन गराउन सक्नुपदर्छ हेरक निर्माण गरिएका योजनाहरुमा नेपाल सरकारले आवश्यकता अनुसार ल्याद टेस्ट र किट तेष्टको व्यवस्था मिलाइ क्यालिटि र क्यान्टिटि छुट्टयाई व्यवस्था मिलाउन सक्नुपर्दछ तब मात्र नेपालमा निर्माण गरिएका योजनाहरु गुणस्तरीय बन्न सक्छन नत्र भने गफैमा मात्र सिमित रहने अवस्था रही रहन्छ यसको लागि स्थानीय सरकार देखि लिएर संघीय सरकारसम्म जागरुक हुन अति आवश्यक छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares