Input your search keywords and press Enter.

सांगीतिक र मोडलिङ क्षेत्रमा चम्किदै सरु (फोटो)

उषा रणपहेली
काठमाडौँ : नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका हुन सरु गौतम । सानै देखि गायनमा रुची राख्ने चर्चाको शिखर टेक्दै गरेकी गायिका गौतम बिगत लामो समय देखि बिधिबत रुपमा नै ब्यबसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् । बिगत लामो समय को अबधिमा संगीत क्षेत्रमा उनले पछाडी फर्केर हेर्नु परेको छैन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी छिन । आफ्नो सुमधुर आवाज, मेहनत र परिश्रमले गर्दानै उनले यो सफलता हासिल गर्दै गएकी हुन ।

राजधानीको नजिकै रहेको काभ्रे जन्मथलो भएकी गायिका गौतम काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा जमेकी छिन । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज तथा लोकगित र चलचित्रको पार्श्व गायन तथा अन्य चर्चित गितहरुका कारण बढी चर्चामा छिन् । बिगत ६ बर्ष देखि सांगीतिक क्षेत्रमा सक्रिय सरुले सय भन्दा बढी गीत गाइसकेकी छन् । गायिका सरु देश भित्र मात्र नभएर बिदेशमा हुने कार्यक्रममा समेत उनको माग बढ्दै गएको छ । उनि गायिका मात्र नभएर एक मोडलको रुपमा समेत चिनिन्छिन । मिठो आवाजको धनि गायिका सरुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन । ‘गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ’ उनले भनिन, ‘नेपालि संगीत भनेको हाम्रो सम्पति हो सस्कृति हो, त्यसैले हामीले यसलाई सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य हो र नेपाली सांगीतिक क्षेत्र तथा गित संगीतको स्तरलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो ।’

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares