Input your search keywords and press Enter.

समाजसेवि शर्माद्धारा ६ परिवारको स्वास्थ्य बिमा

सन्देश जैसी
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रुपमा कमजोर अवस्था भएका ६ घरपरिवार समाजवेबि तुलसा शर्माले स्वास्थ बिमा गरिदिएकी छिन । स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानव बिकास तथा समुदायक सेवा चौरजहारी अस्पताल अन्तरगत आशा बाल बिकास सेवा सयोजक समेत रहेकी शर्माले आफ्नै ब्यक्तिगत रकमबाट स्वास्थ्य बिमा गर्न लाग्ने रकम दिएर स्वास्थ्य सबमा गरिदिएकी हुन ।

आर्थिक अवस्था कमजोर, दलित र पांगता भएका ब्याक्तिहरुले पैसा अभावकै कारण स्वास्थ्य सेवा बाट बञ्चित हुनु नपरोस भनेर आफ्नै ब्यत्तिगत रकमबाट बिमा गरिदिएको उनले बताईन । बिमा बनाउनेहरुमा चौरजहारी नगरपालिकाकी मधु बिष्ट, केशब बादि, प्रेम शर्मा, पुन जैसी, बुदे बिष्ट र रमिता बि क रहेका छन । जसमा ३ घर परिवार ५/५ जना र दुई घरपरिवार ७/७ जना /र एक घर परिवारको ८ जना गरि ३७ जनाको स्वास्थ्य बिमा गरिएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares