Input your search keywords and press Enter.

संघको दुई चुनाबी प्यानल सार्बजनिक

मेगराज खड्का
रुकुम १९, असार : रुकुम उद्योग बाणिज्य संघ रुकुमको आगामी चुनाबका लागि दुई वटा चुनाबी प्यानल सार्बजनिक भएका छन । जसमा प्रगतिशिल उद्योगी व्यवसायिक प्यानल र सयुक्त व्यवसायिक प्यानल रहेका छन । यहि असार २२ गते हुने निर्बाचनका लागि प्रगतिशिल उद्योगी व्यवसायीहरुको प्यानल नेतृत्व राजनकुमार पुनले गरेका छन भने सयुक्त व्यवसायिक प्यानलको नेतृत्व नबराज गिरीले गरेका छन ।

सार्बजनिक गरिएको सूची अनुसार पुन प्यानलमा प्रथम उपाध्यक्षमा कर्णबहादुर ओली, द्धितिय उपाध्यक्षमा तुलसी बुढाथोकी, महासचिबमा धनबहादुर खड्का, कोषाध्यक्षमा दिलिप थापा र सचिबमा सुशिल गौतम रहेका छन । त्यस्तै गिरी नेतृत्वको प्यानलको प्रथम उपाध्यक्षमा भाने बिष्ट, द्धितिय उपाध्यक्षमा चन्द्र घर्ती, महासचिबमा दशरथ केसी, सचिबमा जनार्दन घर्ति र कोषाध्यक्षमा बेदराज शर्मा रहेका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares