प्रशान्त महतारा
सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्याल रुकुमले मृतक परिवारलाई एक मृत्यु दावि रकम हस्तान्तरण गरेको छ । सानिभेरी गाउपालिका वडा नं. ७ निवासी मृतक यमशरी भण्डारीको परिवालाई कम्पनीले पाँच लाख त्रियानब्बे हजारको चेक सानिभेरी गाउँपालिकाको सिम्लीमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो । भण्डारीको २०७४ कात्तिक २० गते ४५ वर्षको उमेरमा मृत्यु भएको थियो ।

election adv.

२०७२ भाद्र १५ गते बीमा गराएका भण्डारीले ७२ हजार ६ सय १८ रुपैयाँ कम्पनीमा जम्मा गरेका थिए । जस अनुसार भण्डारीका बाबु शसिधर भण्डारीले २०७४ चैत्र २ गते कम्पनीमा मृत्यु दावि गरेको सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेड शाखा कार्यालय रुकुमका शाखा प्रमुख शसिराम रावतले जानकारी दिए । रकम बितरण कार्यक्रमका सहभागीहरुले कुनै पनि वेला मानिसलाई जोखिम हुने भएकाले बीमा अनिवार्य रुपमा गराउनु पर्ने आवश्यकता रहेको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto