Input your search keywords and press Enter.

चौरजहारी उद्योग वाणिज्य संघको अध्यक्षमा सुनार

गोपाल रेग्मी
रुकुम १८, असार : चौरजहारी उद्योग वाणिज्य संघको अध्यक्षमा प्रेम सुनार निर्विरोध निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा वाट अध्यक्ष पदका दावेदार सुनार सहित ११ जना पदाधिकारी निर्विरोध हुन ।
जसको प्रथम उपाअध्यक्ष यदुकुमार आचार्य, दितिय उपाध्यक्षमा दिल वहादुर राणा, महासचिवमा केशवराज गिरी, सचिवमा खिम वहादुर विसी र कोषाध्यक्षमा सन्तोष वली रहेका छन । संघको सदस्यहरुमा आषिशध्वज वुढाथोकी, तेज वहादुर विष्ट, दिवाकर गौतम, राजन वुढाथोकी र वालिका वुढाथोकी भण्डारी रहेका छन । साधारण सभाले ७ सदस्य सल्लाहकार समिति गठन गरेको छ । सल्लाकार समितिमा प्रेम वहादुर वली, नारायण खनाल, गोपाल वली, तोप प्रसाद शर्मा, ईन्द्र वहादुर गिरी, दिपलाल कंवर र ढक्कने गोसाई रहेका छन ।
चौरजहारीमा २०५२ सालमा रुकुम उद्योग वाणिज्य संघको शाखाको रुपमा स्थापना गरिएको थियो । उद्योग वाणिज्य संघमा हाल ३ सय ४ जना व्यापार व्यावसायीहरु आवद्ध रहेका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares