Home मुख्य समाचार घर भत्कीदा ३ जनाको मृत्यु

घर भत्कीदा ३ जनाको मृत्यु

4742
0

पहलमान घर्ति
रोल्पा
लगातारको बर्षाका कारण घर माथिको पर्खाल भत्कीदा आज रोल्पामा सुत्केरीसहित ३ जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल पत्कीदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको भान्सा कोठमा आगो तापरिहको क्रममा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए । आज विहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै ज्यान गएको थियो भने सुत्केरी कमलाको भने उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here