Input your search keywords and press Enter.

निशुल्क स्वास्थ्य शिबिरमा ६ सय बढीको चेकजाँच

आहा सञ्चार संबाददाता
रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १३ को आयोजनामा ३ दिन सम्म आयोजित निशुल्क स्वास्थ्य शिबिरमा ६ सय बढीले चेकजाँच तथा उपचार गराएका छन । नागरिकलाई घर आँगनमै स्वास्थ्य सेवा दिने उदेश्यले वडाका ३ ठाउँमा शिबिर संचालन गरिएको थियो । जसअनुसार वडाको दोपाई, डाँडाछिबांगमा र चौतारामा एकएक दिन शिबिर संचालन गरिएको स्वास्थ्य चौकी ईन्चार्ज चन्द्रबिर रोकाले जानकारी दिए ।

उनका अनुसार शिबिरमा जिल्ला अस्पताल सल्ले रुकुमका डा. बुनेशकुमार बादल नेतृत्वको ४ जना स्वास्थ्यकर्मीहरुको टोलि खटिएको थियो । शिबिरमा सिजनल बिरामी सगै पाठेघर खस्ने समस्या भएका महिलाहरु बढी आएका थिए । शिबिरमा आउने बिरामीहरुको चेकजाँच तथा औषधी समेत वडा कार्यालयले निशुल्क रुपमा बितरण गरेको वडा अध्यक्ष दिपक केसीले जानकारी दिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *