• लाल बहादुर के. सी.

निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग बाणिज्य संघ मानिन्छ । यस संस्थाले उद्योगी , व्यापारी र व्यवसायीहरुको हक हित र सम्बर्धन तथा संरक्षण का लागि काम गर्दछ । यो संस्था केन्द्रदेखि जिल्लास्थित सबै राजनीतिक दल, सरकारी कार्यालयहरु, उद्योगपति, व्यवसायी र व्यापारी लगायत सम्पूर्ण जनतासँग सुमधुर सम्बन्ध कायम राख्ने सरकारको एक बलिगो साझेदारी नीजि क्षेत्रको नेतृत्वदायी भुमिका निभाउने संस्था हो । यो संस्था आपत विपतको समयमा जनतालाई सहयोग गरी भद्र भुमिका निभाउने संस्था पनि हो ।
उद्योग भन्नाले धेरै प्रकारका उद्योग स्थापना, परिचालन र सुव्यवस्थित गर्ने गराउनु भन्ने बुझिन्छ भने बाणिज्य भन्नाले धेरै प्रकारका व्यापारी हरु द्वारा वस्तुको किनबेचको कारोवार गर्ने भन्ने बुझिन्छ । उद्योगको खास शाब्दिक अर्थ उद्यम प्रयत्न, चेष्टा र परिश्रम गर्नु भन्ने बुझिन्छ भने बाणिज्यको अर्थ व्यापार व्यवसाय, मालसमान किनबेच र खरीद बिक्रि भन्ने बुझिन्छ । यो संस्था जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जनताको हकतिका लागि सधैं लडिरहने संस्था पनि हो ।
जनतासँग प्रत्यक्ष रुपमा जोडिएर काम गर्ने संस्था रुकुम उद्योग बाणिज्य संघ रुकुममा २०५२ सालमा स्थापना भई रुकुम जिल्लाको सवालमा उद्योगपति, व्यापारी वर्ग र सर्वसाधारण जनताका लागि काम गर्दै आएको एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापना कालदेखि नै रुकुमेली उद्योगपति, व्यापारी वर्ग र सर्वसाधारण जनताको लागि पनि अनवरत रुपमा काम गर्दै आएको संस्थाको रुपमा स्थापित छ । तापनि यसभन्दा पछाडि स्थापना गरिएका अन्य कैयौं जिल्लाका उद्योग बाणिज्य संघहरु धेरै प्रगति गरी अगाडि बढिसकेका छन् । यस रुकुम जिल्लाको उद्योग बाणिज्य संघको गति भने उस्ताको उस्तै रहनु भनेको नेतृत्वको कमजोरीको कारणले नै हो भन्ने गुनासो जनमानसमा आईराखेको छ । रुकुम उद्योग वाणिज्य संघ यस्तो सम्मानित संस्था हो कि जसले प्रत्यक्ष रुपमा जनता, उपभोक्ता, उद्योगी, व्यापारी र सरकार सम्म सरोकार राख्छ । यस्तो संस्थामा पदाधिकारी निर्वाचित भई काम गर्न पाउनु भनेको आफुलाई गौरवान्वित सम्झि काम गर्न सक्नु पर्दछ । यो संस्था भनेको एक पक्षीय र एक तर्फीको काम गरेर रगराएर पाखिने संस्था होईन । यसले उद्योगपति हरुलाई अवसर प्रदान कसरी गर्ने आईपरेका चुनौतीहरुको कसरी समाधान गर्न तिर सहजता तुल्याउने भन्ने कुराहरुमा ठूलो भुमिका खेली समस्या समाधान गर्ने गराउने संस्था हो । एवं रितबाट आआफ्ना जिल्लाहरुमा रहेका निर्माण व्यवसायी संगठन, होटल व्यवसायी, कपडा र काँचो कपडा व्यवसायी, खुद्रा व्यापारी, गल्ला व्यापारी, हार्डवेयर व्यापारी, फर्निचर व्यापारी, स्टेशनरी व्यापारी, तरकारी तथा खाद्यान्न व्यापारी, खसी तथा कुखुरा मासु व्यापारी, एग्रोभेट र औषधी पसल लगायत जीवन र जगत सँग गाँसिएका मानव कल्याण सम्वन्धी प्रत्यक्ष र परोक्ष सम्बन्ध राख्ने निकायहरुको छाता संगठन भनेकै उद्योग बाणिज्य संघ हो । यो संस्था भनेको आत्मैदेखि मैले जनताको हितको पक्षमा केही न केही काम गर्न सक्नु पर्दछ, त्यसकारण म यो संस्थामा पदाधिकारी बन्छु र जनताको सेवा गर्छु भनी आत्म कसम खाई छातीमा हात राखेर म जनताको सुख सुविधा उन्नती र प्रगतिको लागि काम गर्दछु भन्ने बाचा हुनुपर्दछ । म त्यो संस्थामा पदाधिकारी भई सकेपछि केही पाउँला र त्यसबाट मोज मजा गरी खाउँला भनी लाग्ने संस्था होईन यो उद्योग बाणिज्य संघ ।

election adv.

कुनै पनि निर्माण योजनाको निर्माण कार्य गर्दा गराउँदा त्यो निर्माण उपभोक्ता समितिले ठिक गुणस्तरीय कार्य गर्यो गराएन भनी अनुगमण गर्नका लागि अनुगमन समितिको आवश्यकता पर्दछ भने उद्योग वाणिज्य संघले कसरी एकलौटी गर्यो भन्ने कुरा जनता सामु आईरहेको छ । कतै कतै त के कुरा आईरहेको छ भने केही महिना अगाडि बराहटाकुरामा रुकुम यातायात प्रालिले सांस्कृतिक महोत्सव गर्न लाग्दा किन मुसीकोट नगरपालिकाले रोक लगाई दियो भनी २०७३ को रुकुम उद्योग वाणिज्य संघले गरेको महोत्सवको हिसाब किताब बाहिर जातामाझ आउन नसकेको कारणले त्यो महोत्सव रोकिएको हो भन्ने कुरा जनतामाझ आएको छ ।
हरेक प्रकारका उद्योगी व्यापारी, नागरिक समाज, सचेत जानकार जनता, समाजसेवी र उद्योग वाणिज्य संघकै पदाधिकारी, प्रतिनिधिबाट सबैभन्दा ठूलो गुनासो के आईरहेको छ भने २०७३ साल फागुन १२ गतेदेखि २१ गतेसम्म उद्योग वाणिज्य संघले १० दिनसम्म “कृषि, जडिबुटि,पर्यटन, उर्जा, संस्कृति, सूचना, व्यापार तथा स्थानीय अर्थतन्त्र मध्य पश्चिमको मुल आधार” भनी रुकुमेली जनताको सुख सुविधा र मानव स्वास्थ्य कल्याण र हितकारी कार्यका लागि कृषि उपज केन्द्र स्थापना, उद्योग बाणिज्यको सभाहल र एम्बुलेन्स खरिद गर्ने भनी रुकुम उद्योग वाणिज्य संघले लगाएको महोत्सवको आय व्ययको सामाजिक लेखापरिक्षण किन गराउन सकेन ?
रुकुमेली उद्योगी, व्यापारी, नागरिक समाज र सर्वसाधारण जनता माझ किन आय व्यय आउन सकिरहेको छैन ? कि त्यो आय व्यय जनतामाझ प्रस्तुत गरेमा चोर लाग्दछन र ? कि यो आय व्यय जनतामाझ प्रस्तुत गरेमा कदर्गको सम्पति हराएझैं उडेर जान्छ र ? बरु त्यो हुनुभन्दा त उद्योग बाणिज्य महासंघ बाट यति रकम बिभिन्न मन्त्रालयहरु र बिभागहरुबाट यति रकम, स्टलहरुबाट यति रकम, टिकट बिक्रि बाट यति रकम र विविध बाट यति रकम प्राप्त भयो भनी आम्दानी देखाई दिने र व्यय तर्फ प्याराफिट तथा महोत्सव निर्माण स्थल निर्माण गर्दा यति रकम खर्च, पाहुना सत्कार गर्दा यति खर्च, समान ढुवानी भाडा यति खर्च, स्टल निर्माणमा यति खर्च, छपाई तथा लेखनमा यति खर्च, खानपिनमा यति खर्च, कलाकारलाई पारिश्रमिकमा यति खर्च जस्तै बिबरण देखाउन सक्नु पर्दछ । खर्च र आय तर्फको सम्पूर्ण आम्दानीको हिसाब किताब गरी पारदर्शी रपमा किन बाहिर ल्याउन सकेको छैन ? यस कुरामा कहाँ चुकिरहेको छ उद्योग बाणिज्य संघ रुकुम ?
२०७३ सालको उद्योग बाणिज्य संघले गरेको महोत्सवको आय व्यय बाहिर ल्याउन नसक्नुको कारण भनेको रुकुम उद्योग बाणिज्य संघका वर्तमान सम्पूर्ण पदाधिकारीहरु भ्रष्टाचारको जालोमा पर्न गएका हुन् वा बिचौलियाको भासमा भासिन पुगेका हुन् भन्ने कुरा सर्वसाधारण जनतादेखि लिएर उद्योगी, व्यापारी, नागरिक समाज र यस कुराप्रति चासो र सरोकार राख्ने सम्पूर्ण पक्षहरुको मुखारबाट यी कुराहरु बजारदेखि लिएर सर्वसाधारणका मुखारबाट पनि सुन्नमा आईराखेका छन् ।
कति भयो रुकुम उद्योग बाणिज्य संघले व्यापार मेला लगाएको करिब करीब १७ महिना पुगिसके छ । गाई ९ महिनामा व्याउँछ, भैंसी १० महिनामा व्याउँछ, घोडा ११ महिनामा ब्याउँछ भने रुकुम उद्योग बाणिज्य संघले किन १७ महिनासम्म पुगिसक्दा पनि आय व्यय बाहिर ल्याई पारदर्शी गर्न सकिराखेको छैन ? अनियमितता र भ्रष्टाचारकै लागि त होला उद्योग वाणिज्य संघ बफादार जवाफदेही र पारदर्शी हुन नसक्नुको कारण होईन र ?
२०७५ साल असार २२ गते हुन आईराखेको निर्वाचनमा रुकुम उद्योग बाणिज्य संघका लागि उम्मेदवारहरु छनौट गर्दा सद्भाबी, सदाचारी , निष्कलंकित, भ्रष्टाचार विहिन जस्ता व्यक्तिहरु छानी भोट हाल्न पाउने अधिकार प्राप्त सदस्यहरुले मानवतावादी, निष्पक्ष, स्वतन्त्र उमेदवारहरुको छनौट गरी सहमती र सहकार्यको आधार बनाई अगाडि बढ्नुपर्छ । उद्योग बाणिज्य संघ जस्तो गौरबान्वित उद्योगी, व्यापारी, उपभोक्तादेखि सर्वसाधारण सम्मको हितको कार्यमा लाग्ने सभ्य ज्ञान, सीप र दक्षता प्राप्त व्यक्ति छानी उद्योग वाणिज्य संघका पदाधिकारी चयन गर्न आवश्यक छ ।
संसारै विचित्रको छ भन्ने कुरा सबैलाई थाहा भएकै हो उद्योग बाणिज्य संघ जनतासँग प्रत्यक्ष सरोकार राखेर काम गर्ने संस्था भएकोले यस संस्थाको नेतृत्व सबल सक्षम अडिग बलियो र दरिलो चाहिन्छ । जसले गर्दा निजि क्षेत्रको लगानी भित्र्याई सही ढंग र सही तरीकाले लगानी परिचालन गरी कोशेढुंगा सावित गर्न सक्नेपर्दछ र नेतृत्वले स्याबासी पाउने काम गर्नुपर्दछ । त्यसकारण सभ्य ज्ञान, सीप र दक्षता प्राप्त व्यक्तिहरुको छनौट गरी रुकुम उद्योग बाणिज्य संघका पदाधिकारी हरुको छनौट गर्न सक्नु नै ठूलो बुद्धिमानी हुन सक्छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto