आहा सञ्चार संबाददाता
मुसिकोट
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १३ को आयोजनामा वडाका बिभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिबिर संचालन भैरहेको छ । बुधबार देखि शुरु भएको शिबिर शुक्रबार सम्म संचालन हुने वडा अध्यक्ष दिपक केसीले जानकारी दिए । उनका अनुसार नागरिकलाई घर आँगनमै स्वास्थ्य सेवा दिने उदेश्यले वडाका ३ ठाउँमा शिबिर संचालन गरिने भएको हो ।

जसअनुसार बुधबार वडाको दोपाईगाउँमा शिबिर संचालन गरिएको छ भने डाँडाँछिबांगमा आज (बिहिबार) र चौतारामा भोली (शुक्रबार) शिबिर संचालन हुने छ । दोपाईमा भएको शिबिरमा २ सय बढी बिरामीहरुको चेकजाँच तथा स्वास्थ्य परिक्षण गराएको वडा सचिब रमेश केसीले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल सल्ले रुकुमका डा. बुनेशकुमार बादल नेतृत्वको ४ जना स्वास्थ्यकर्मीहरुको टोलि शिबिरमा खटिएको छ ।

election adv.

शिबिरमा सिजनल बिरामी सगै पाठेघर खस्ने समस्या भएका महिलाहरु बढी आउने गरेका छन । शिशिरमा आउने बिरामीहरुको चेकजाँच तथा औषधी समेत वडा कार्यालयले निशुल्क रुपमा बितरण गर्ने बताइएको छ । भोली (शुक्रबार) चौतारामा हुने शिबिरमा भिडियो एक्सरे सहितको सेवा समेत रहेको आयोजनकले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto