Input your search keywords and press Enter.

बिद्यालय ईतिहास, भवन निर्माणमा ढिलासुस्ती र चुपचाप सरोकारवाला निकाय

ठेक्का दिने सरकार पक्षको लाचारीपना देखिएको छ भने ठेक्का लिने ठेकेदारको लापर्वाही देखिएको छ । ठेकेदारलाई भवन निर्माण गर्न गराउन कतै कोहीवाट अप्ठेरो पारेको स्थिति छ भने ठेकेदारले पत्रकार सम्मेलन गरी जनता सामु खुलस्त गर्न सक्नु पर्दछ ।

  • लालबहादुर केसी

अलपत्र भवन निर्माणर को ईतिहास र नेपालमा राणा शासन कालमा वि.स.१९९० सालमा देवशम्शेर जवराको पालामा गुल्मीबाट एकजना गुरु र हाल सिस्ने गाउँपालिका रुकुमकोटका पण्डित नन्दलाल उपाध्याय गौतम गुरु राखी भाषा पाठशालाको रुपमा खलंगामा संचालन गरी राजखलकका छोराछोरीले गुरुकूल शिक्षाको रुपमा पठनपाठन गराउँदै र गर्दै आएको बुझिन्छ ।

त्रिभुवन जनता माध्यमिक विद्यालय रुकुम जिल्लाको सबै भन्दा पुरानो र इतिहाँसमा मेरुदण्डको रुपमा चिरपरिचित विद्यालय रुकुम जिल्लाको मुटु सदरमुकाम मुसिकोट खलंगामा स्थापित २००९ सालमा प्राथमिक विद्यालय र २०१६ सालमा अपरप्राइमरी २०२१ सालमा माध्यमिक विद्यालयको रुपमा विकास गरिदै ल्याइएको थियो । यस माध्यमिक विद्यालयबाट सबैभन्दा पहिले एसएलसी उतिर्ण गर्ने पहिलो विद्यार्थी वाँफिकोट निवासी धुव्रविक्रम शाहका जेष्ठ सुपुत्र विवेककुमार शाह हुनुहुन्छ । उहाँ नेपाली सेनाको सहायक लेफ्टिनेन्ट पदवाट सेवा प्रवेश गरी सैनिक सचिव सम्मको पदमा पुगि हाल उहाँ निवृन्त हुनुहुन्छ । यो विद्यालय २०५४ सालदेखि उच्च माध्यमिक विाद्यालयको रुपमा स्थापित भई हाल कक्षा १ देखि कक्षा १२ सम्म सञ्चालित भई रहेको छ । यस विद्यालयबाट पठनपाठन गरी गएका विद्यार्थी भाइवहिनीहरु नेपाल सरकारको उच्च स्तर सम्म पुग्नु भएको छ भने केहीको राजनीतिमा प्रवेश गरी मन्त्री भई राष्ट्रकै उच्च तहमा पुगेर राम्रो काम गरि गरी सक्नु भएको छ । यो विद्यालयमा भाषा पाठशालाबाट विद्यालयको रुपमा २००७ मा राणा शासनको अन्त्य भई सकेपछि २००९ सालको असोज २१ गते स्थापना गरिएको विद्यालयको हो । यस विद्यालयका संस्थापक अध्यक्ष गेहेन्द्रबहादुर शाह हुनुहुन्थ्यो भने संस्थापक सदस्यहरमा धुव्रविक्रम शाह, होमजङ्ग मल्ल, गोकर्ण गिरी, थलविर खत्री र कृष्ण शर्मा लगायतका शिक्षाप्रेमी व्यक्तिहरुको सद्भावी पहल, कदम र सक्रिय सहभागितामा विद्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । यस विद्यालय जुम्ली राजाको दरबार अचानक आगलागी हुँदा दरबार जली नष्ट भई त्यहाँ मानिस बस्न नसक्ने भएको अवस्था भएपछि त्यस ठाउँमा रहेको दरबारलाई अहिले जिल्ला हुलाक कार्यालय रहेको कार्यालय भवनलाई नयाँ दरबार निर्माण गरिएको थियो । पछि त्यस ठाउँ छाडि विद्यालय स्थापना गरिएको थियो । सो विद्यालय तत्कालिन समयमा विद्यालय संचालन शिक्षकको रुपमा पहिलो शिक्षक रुकुमकोट निवासी पण्डित नन्दलाल उपाध्याय गौतम हुनुहुन्थ्यो । विद्यालय भवन निर्माण गर्दा शुरुमा १२ ओटा कोठा बनाइएको थियो ।

१० ओटा कक्षा कोठाको रुपमा १ ओटा कोठा कार्यालय कोठा र १ ओटा कोठा भण्डार (स्टोर) कोठाको रुपमा प्रयोग गरिदै आएको थियो । त्यसपछि यस विद्यालयमा कक्षा ८ देखि कक्षा १० सम्म मात्र संचालन गरिएपछि ती दुई÷दुई खण्डमा बाँडिएका कोठाहरुलाई एकल बनाएर जम्मा ६ ओटा कोठा मात्र बनाइएको थियो । त्यसपछि पुनः कक्षा ६ देखि कक्षा १० सम्म विद्यालय संचालन गरी सकेपछि अहिले कार्यालय रहेको भवन नयाँ निर्माण गरी १ ओटा कोठा र अरु तीन ओटा कोठा कक्षा कोठाका रुपमा प्रयोग गरी पठनपाठन कार्य सञ्चालन गर्ने गरिएको थियो । केही समयपछि समय परिवर्तन अनुरुप यस विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दै गर्दा विद्यालय भवन र कक्षा कोठा बढाउँदै गर्नु पर्ने अवस्था आयो । अनि कक्षा १÷१२ को अवधारणा आएपछि प्राथमिक विद्यालय बालमन्दिरमा संचालित कक्षा ५ सम्मको विद्यालयलाई यस विद्यालयमा राखि कक्षा १ देखि कक्षा १२ सम्म संचालनमा ल्याएको झनै विद्यार्थीहरुको ठूलो चाप बढ्दै आयो र अरु थप कक्षा कोठाहरुको आवश्यकता महसुस भएपछि यस विद्यालयका तत्कालिन प्रधानाध्यापक मीनबहादुर पुनले भारतीय सेनाका पूर्व सुवेदार मेजर एमबी क्षेत्रीसँग सम्पर्क गरी उहाँ दुवैजनाको सरसल्लाह र सहमतिमा भारतीय राजदुतावाससँग सम्पर्क गरी यस विद्यालयलाई विद्यालय भवन निर्माण योजना तर्जुमा गरी भवन निर्माणमा अनुरोध गरेपछि प्रकृया अघि बढ्यो । त्यसपछि भारतीय राजदुतावासले पनि यस विद्यालयप्रति सदभाव राखी सम्भाव्यता अध्ययन गरी दुई करोड अठहत्तर लाख रुपैयाको योजना दिई १ गोटा प्रशासनिक र शिक्षण भवन, २ गोटा छात्रा छात्र छात्रवास भवनहरु र १ गोटा क्यान्टिन गरी जम्मा ४ ओटा भवनहरुको लागत स्टमेट गरी भवनहरु निर्माण गर्ने भारतीय राजदुतावास र यस विद्यालयवीच दुई पक्षिय सम्झौता गरी निर्माण कार्यको रेखदेख, संञ्चालन मूल्याङन गर्ने जिम्मा जिल्ला विकास समितिको कार्यालय मार्फत काम गर्ने गराउने जिम्मा दिइएको थियो । यस निर्माण कार्यको टेन्डर तत्कालिन जिल्ला विकास समितिको कार्यालय बाटै गरिएको थियो । टेन्डर पेश गरी टेन्डर खोल्दा सबैभन्दा कम दररेटमा आफ्नो वोलकबुल अंक स्वच्छन्द कन्स्ट्रक्सन सुर्खेतका प्रोपाइटर सूर्य खड्काको फार्मलाई परी उहाँले यस जिल्ला ठेकेदार टेक बहादुर पुन जिम्मा दिनुभएको छ । यो स्वच्छन्द कन्स्ट्रक्सन र यसका प्रोप्राइटर सूर्य खडका नामी र दामी काम गरी योजना ठेक्का लिएका कामहरु ठीक समयमा पुरा गर्ने र गुणस्तरीय काम गरी योजना सुसम्पन्न गर्ने ठेकेदार हुनुहुन्छ भन्ने कुरा पनि सुचीमा आएका थिए । यस निर्माण योजनाको जिम्मा लिइ काम संचालन गर्दै आउनु भएका स्थानिय ठेकेदार टेक बहादुर पुन पनि रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ पनि जनताको काममा लागी पर्ने र छिटोछरितो काम गर्नु पर्छ भन्ने समाजसेवी र सदाचारी व्यक्ति हुनुहुन्छ । यी भवनहरु निर्माण कार्य गर्न गराउनका लागी आ.व २०६६/०६७ मा तत्काल जिल्ला विकास समितिको कार्यालयबाट गरिएको थियो । यसको सम्झौता पनि २०६६/०६७ मा नै गरी २ वर्ष भित्र कार्य सम्पन्न गर्ने गरी गरिएको थियो ।

यस योजनाको निर्माण कार्य करिव ७ वर्ष वितिसक्दा पनि किन र के कति कारणले सम्पन्न हुन नसकी अधमरे भई रहेको छ भन्ने सबैको प्रश्न छ । जसमध्य शुरुमा भवन निर्माणको बजेट दुतावासबाट ल्याउन पहल र भवन छिटो छरितो निर्माण होस र शिक्षा गुणस्तरीय होस भनेर बेला बेला जानकारी लिने मुसिकोट नगरपालिका वडा. नं. ३ माछिमी निवासी हाल बाँके जिल्ला नेपालगञ्जमा बसाई सराई सरी जानुभएका एमवि क्षेत्री प्यारालाईसिस रोगबाट ग्रस्त भई नेपालगंञ्जमा बसीरहनु भएको छ । उहाँले यस विद्यलालयका प्रध्यानाध्यापक हरि प्रसाद खनाललाई पटक पटक फोन मार्फ भवन निर्माणको कार्य के कति भयो छिटो निर्माण कार्य सिध्याउन सके हुन्थ्यो । म रोगले ग्रसित भएर ओछ्याना भएपनि जीवित नै रहेको बेला मैले प्रयास गरेको काम सफल भएको देख्न चाहान्छु भन्दै आउनुभएको छ । जिल्लामा निर्माण गरिने विकास योजनाहरु प्रति किन विकास निर्माणको जिम्मा लिएका सम्वन्धित र सम्वन्धित विषयहरुमा सरोकार राखि निर्माण कार्यमा लाग्ने, गराउने र लगाउने कार्यालयहरु किन यसप्रति चासो र ध्यान पुग्न सकेको छैन ? भन्ने बाहिर ठूलो गुनासो छ । ढिलासुस्ति, अनियमिताको बारेमा एकिन जाँच बुझगरी अनुगमन निरीक्षण र त्यसको मूल्याङकन गरी यथोचित अनुसन्धान गरी यस कार्यको ढिलासुस्ति हुनुको कारणका बारेमा छानविन गरी निर्माण चुस्तदुरुस्त रुपबाट अघि बढाई सम्पन्न गर्न गराउन तिर जिल्ला प्रशासन कार्यालय र मुसीकोट नगरपालिका रुकुम समेतको ध्यान जान जरुरी देखिन्छ । यस विद्यालयमा केहि समय अगाडि विद्यार्थी भाईवहिनीहरुका लागी पठनपाठन गर्ने गराउने ठाउँ नै नहँुदा मुसिकोट वहुमुखि क्याम्पसको भवन भिरवारीमा लिएर पनि पठनपाठन गर्ने गराउने गरिएको थियो । यो कुरा सबैमा जगजाहेरै छ । पछि ४ कोठाको विद्यालयले नयाँ भवन निर्माण गरेपछि केहि सहज भएता पनि पठनपाठन गराउन असहज पस्थिति रहेको र छात्रबासहरु पनि निर्माण नभएको कारणले पनि छात्रवासमा बस्न नपाई अनेक डेरा गरी बस्नु पर्ने परिस्थितिका कारणले पनि विद्यार्थी भाई वहिनीहरुमा निकै समस्या भएको छ । यस्ता अधमरे भए गराएका योजनाहरुको निर्माण कार्य तुरुन्तै पुरा गर्न गराउनतिर सबै सरोकारवाला पक्षको ध्यान गई पुरा गराउन सक्नु पर्दछ ।

भवन निर्माण कार्यहरु पुरा गर्न गराउन नसकी त्यस्तै लथालिङ्ग भएका पनि धेरै ठाउँमा देखिएका छन् । प्राकृतिक प्रकोप परेर निर्माण कार्य पुरा गर्न गराउन नसक्नु त्यो बेग्लै कुरा हो । हेलचेक्¥याइका कारण र अटेरीका कारणले पुरा नगरिएको हो भने समाजकै लागी नभएको कार्य हुन जान्छ । आइन्दा यस्ता खालका ढिलासुस्तिको बारेमा सरोकारवाला निकायहरुले चासो राखी ठाउँठेगान लगाउन सक्नु पर्दछ । नत्र भने सत्ता र शक्तिको पनि दुरुपयोग हुन सक्छ । विकास निर्माणका कार्यहरु जीवन र जगतसंग जोडिएका हुन्छन् । हेलसारीको कुरा हुन सक्दैन । सदरमुकाम भित्र त यस्तो विडम्बनाको अवस्था छ भने अन्यत्र बाहिर कसैको पनि नजर पुग्न नसक्ने ठाउँहरुको अवस्था झन् के कस्तो होला ? विधी र प्रकृया पूरा गरी सोझै विद्यालयलाई रकम उपलव्ध गराईदिएको भए विद्यालयले तोकिएको समयभित्रै भवनहरुको निर्माणकार्य छिटै पूरा गरी विद्यार्थी भाईवहिनीहरु लाई सुख सुविधा हुने थियो । ठेक्का दिने सरकार पक्षको लाचारीपना देखिएको छ भने ठेक्का लिने ठेकेदारको लापर्वाही देखिएको छ । ठेकेदारलाई भवन निर्माण गर्न गराउन कतै कोहीवाट अप्ठेरो पारेको स्थिति छ भने ठेकेदारले पत्रकार सम्मेलन गरी जनता सामु खुलस्त गर्न सक्नु पर्दछ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares