सर्जना कार्की
रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटना ९ जना घाईते भएका छन । सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिए । उनका अनुसार घाईतेहरुको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार भैरहेको छ । तिब्र गतिको कारण गाडि दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडि चालक दांङ तुल्सीपुर ११, तरीगाउँका चुडामणी बिकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । घाईतेहरुलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयहरुले उद्दार गरेका थिए ।

यस्तो छ घाईतेहरुको नाम ठेगाना
१, बाँके डुडुवा गापा ५, की २५ बर्षिय समुद्रा ऐरी
२, रोल्पा लिबांग ४, का ३० बर्षिय दिलिय कुमार पुन
३, रुकुम पश्चिम बाँफिकोट ५, का २० बर्षिय दिपक देवकोटा
४, रुकुम पूर्व सिस्ने ५ का ४० बर्षिय अम्मर थापा
५, बाँके डुडुवा ५ की ५५ बर्षिय पुतला ऐरी
६, रुकुम पूर्ब सिस्ने ५ की ५१ बर्षिय सुधाकुमारी शर्मा
७, रुकुम पूर्ब सिस्ने ५ का २३ बर्षिय नारायण गौतम
८, बाँके डुडुवा ५ का ३० बर्षिय अजित ऐरी
९, नाम ठेगाना नखुलेको अन्दाजी १८ बर्षिय युवा

election adv.

प्रहरी टिपोटमा हेर्नुहोस घाईतेहरुको बिस्तृत अवस्था

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto