Input your search keywords and press Enter.

यस्तो छ सानीभेरी गाउँपालिकाको बार्षिक प्रगति

नारायण ओली
रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष ०७५÷०७६ को योजना तर्जुमाको लागि सुझाव संकलन गरेको छ । गाउँपालिका ७ स्थित सहिद स्मृति भवन छोटेबगरको हलमा एक बृहत कार्यक्रमका विच आफ्नो बार्षिक प्रगतीविवरण सार्वजानिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नरबहादुर पुनको अध्यक्षातामा भएको कार्यक्रम जिल्ला समन्वय समिति सदस्य तथा सानीभेरी गाउँपालिका भित्रका विभिन्न विषयगत कार्यालयहरुका प्रतिनिधी, विभिन्न गैरसरकारी संघ संस्थाहरुका प्रतिनिधी, पत्रकार, राजैनैतिक दल, नगरिक समाज, शिक्षक जनप्रतिनिधीका साथै सानिभेरी गाउँपालिका भित्रका सर्वसाधारणको उपस्थित रहेको थियो । कार्यक्रममा अध्यक्ष पुनले एक वर्षमा गरेका कामहरुको प्रतिवेदन पेश गरि त्यस भित्र उठेका प्रश्न तथा सुझाबहरु संकलन गरी स्पष्टिकरण दिएका थिए ।
हेर्नुहोस यस्तो छ कार्यक्रममा पेश भएको प्रतिवेदनको पूर्ण पाठ ।

सानीभेरी गाँउपालिका
गाँउ कार्यपालिकाको कार्यालय
सिम्ली, रुकुम(पश्‍चिम)
कर्णाली प्रदेश, नेपाल
नेपालको सबिधान २०७२ को सवैधानिक व्यवस्था अनुरुप गठित ७५३ वटा स्थानिय तहमध्ये सानीभेरी गाउँपालिका पनि एक हो । मध्यपश्चिम नेपालको पहाडी जिल्ला रुकुम पश्चिमको मध्य भागमा अवस्थित सानीभेरी गाउँपालिका १३३.८ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । पूर्वबाट पश्चिम भएर बग्ने सानीभेरी नदीप्रवाहको दुबै (उत्तर र दक्षिण) क्षेत्रमा फैलिएको यस गाउँपालिकाको मनोरम पहाडी श्रृखला, खेतीयोग्य फाटहरु, नदीजन्य पदार्थ, जलस्रोत र बनसम्पदा उपयोगको अथाहा सम्भावना, पर्याप्त युवा जनशक्ति तथा मध्यपहाडी लोकमार्गले सिर्जना गरेका अनगिन्ति सम्भावनाहरु यस क्षेत्रका मुख्य विशेषता र परिवर्तनका आधार हुन I यि आधारहरुलाई मध्यनजर गर्दै हामी सानिभेरीको समृद्धिको अभियानमा लामबद्ध भएका छौं । सानीभेरी बासी आम जनसमुदायको इच्छा, चाहना र मागको आधारमा हामीले आर्थिक वर्ष ०७४/०७५ को बजेटबाट निम्नानुसारका कार्यहरुलाई प्राथमिकतामा राखि कार्य गरेका छौं ।

नितिगत पक्ष
• गाउँसभा बैठक ६ वटा जसबाट ऐन ८ वटा पारित गरिएको ।
• कार्यपालिका बैठक ३६ वटा जसबाट कार्याविधि १४ वटा, नियमावली ७ वटा र गाउँपालिका आचर संहिता २ वटा
आर्थिक पक्ष
• आर्थिक वर्ष ०७४ र ०७५ को आर्थिक श्रोत र रकम :
क) गतवर्षको मौज्दात तफ रु. ५५ लाख २० हजार।
ख) संघीय वित्तीयसमानी करण अनुदान तफ रु. १८ करोड ७७ लाख २६ हजार।
ग) संघीय शसर्त अनुदान तफ रु. ८ करोड १४ लाख १ हजार।
घ) आन्त्रिक आय (राजस्व) तर्फ रु. २० लाख ( लक्ष्य हाँसिल गरेको )
ङ) समग्र वजेट रु. २७ करोड ६६ लाख ४७ हजार ।
• आर्थिक वर्ष ०७४ र ०७५ को समग्र आय, व्याय र सन्तुलनको संक्षिप्त विवरण :
क) संघीय शसर्त चालु (शिक्षा स्वस्थ्य कृषि र भेटनरी) रु. ८‚१४‚०१‚०००/-
ख) स्थानीय समानीकरण तर्फको चालु रु. ३,७०,६१,६८८/- (१८.९८%)
ग) स्थानीय समानीकरण पूजिगत कार्यक्रम तर्फ रु. १५‚२१‚००‚३००/- (७७.९०%)
घ) पुजिगत विकास तर्फ हाल सम्म जम्मा रु. १० करोड ६४ लाख (७०%) भुक्तानि भएकोछ भने ३०% वाँकी छ जसमा असार मसान्त सम्म जाँदा ८५ देखी ९० % भुक्तानिहुने देखिन्छ ।
ङ) विनियोजन ऐन अनुसार खर्च गर्न समस्य भएको विषय : गा.पा. र वडा कार्यालय प्रयोजनको लागि जग्गा प्राप्ती रकम, उर्जातर्फ (विधुत)को भुक्तानिदिने केही रकम, सार्वजनिक निर्माण कार्यालय भवन, शिक्षा र स्वस्थ्य तर्फका केही रकम खर्चगर्न समस्या छ।
• शिक्षा तर्फ (समानीकरण बाट)
क) वजेट तर्फ: शिक्षा वजेट रु. ३ करोड ।
ख) कार्याक्रम: “प्राथमिक तह गुणस्तर र माध्यामिक तह सुधार गर्न शिक्षा क्षेत्र सुधार” कार्यक्रम ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: एकवडा एक नमुना विध्यालय । विध्यालयको बिध्यमान अवस्थाहेरी १५ वटा विध्यालय घटुवा, मर्ज र स्थान्तरण गरिएको छ । वालविकास तर्फ एक विध्यालय एक वाल विकास अनिवार्य गरी वसाइ, पढाई र सामाग्री व्यवस्थापन कार्याक्रम अगाडी वढेकोछ ।आधारभुत विध्यालयहरुमा अंग्रेजी भाषामा पढाईको सुरुवात र विषयगत शिक्षक व्यवस्थापन सहित गुणस्तर शिक्षा र मा.वि. तहमा प्राविधिक शिक्षाको पहल र विषयगत अनिवार्य शिक्षक व्यवस्थनपनगरी विध्यालय सुधारकोलागी वाल विकास, आधारभुत प्राथमिकतह र मा.वि. विध्यालयहरुमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको छ । ५ कक्षा देखी मुनिका विध्यार्थि वाल वालिका हरुलाई एक जोडा ड्रेस दिने कार्याक्रम कार्यान्वयणको प्रक्रियामा छ ।
• स्वस्थ्य तर्फ (समानीकरण बाट)
क) वजेट: स्वस्थ्य वजेट रु. ६० लाख ।
ख) कार्याक्रम: “स्वास्थ्यमा जनताको सहज पहुच” कार्यक्रम ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: सिम्ली स्वास्थ्य चौकिमा ल्याप, डार्करुम र एम्वुलेन्स सेवा सुविधा विस्तार गर्ने, ४ वटा वडामा स्वास्थ्य चौकी र सेवा विस्तार गर्ने, औषधि खरिद, पुर्ण खोप स्वास्थ्य नियमअनूसार सुत्केरी र बाल स्वस्थ भत्ता दिने कार्याक्रम अगाडी वढेको छ।दुली र अर्मा ४ वडाको लागी २ स्थानमा घुम्ति स्वस्थ्य शिविर सञ्चालनगरी स्वस्थ्य सेवा प्रदान गरिएको छ ।स्वस्थ्य तर्फको सशर्त रकम कार्यन्वयण भईरहेकोछ ।
• कृषि र सहकारी तर्फ :
क) वजेट: कृषि र सहकारी वजेट रु. ७६ लाख ।
ख) कार्याक्रम: “कृषि क्षेत्रको रिसोर्च म्यापिङ र उत्पादन मुलक” कार्यक्रम ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: कृषि र भेटनरी राष्टीय मापदण्डका उत्पादन तथा प्रवर्द्धनात्मुलक कार्याक्रम सम्पन्न भएको छ, कृषि क्षेत्रको रिसोर्च म्यापिङ कार्य र केही भौतिकपूर्वाधार संरचना कार्याक्रम अगाडी वढेको छ।
• पर्यटन र उद्योग तर्फ
क) वजेट: पर्यटन र उद्योग वजेट रु. २७ लाख २५ हजार।
ख) कार्याक्रम: “पर्यटन प्रवर्धन, उद्यग विकास र स्वरोजगार” कार्याक्रम ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: पर्यटन सम्भाव्यता अध्यनगरी पर्यटन पर्वर्द्धन रणनीति योजना निर्माण भएको छ । सानिभेरी मौराखारा गोरिल्ला म्यराथन कार्याक्रमले प्रकृतिक संपदा र जनयुद्धको पहिचान दिएको छ ।जनप्रवाह कृषिसहकारी संस्थाको माध्यमवाट नमुना गावरमेण्ट उद्योग सञ्चालन गरी स्वरोजगार सिर्जना गर्ने ।लघु उद्यम विकासको ५ वर्षे रणनीतिक योजना निर्माण कार्या पुरा भएको छ।
• सडक, घोडेटो वाटो र काठेपुल तर्फ :
क) वजेट: रु. ३ करोड ३० लाख २५ हजार ३ सय।
ख) कार्याक्रम: “एक वडा एक नमुना सडक” कार्याक्रम ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: गाउँपालिका अन्तरगत १५ वटा सडक निर्माणाधिन, ४५ देखी ५० किलो मिटर सडक निर्माण भएको, घोरेटो बाटो २,८२५ मि. निर्माण भएको, पदमार्ग १,२३६ मि. र ग्यविन वाल निर्माण गरिएको छ ।
• खानेपानि तथा सरसफाई तर्फ :
क) वजेट: रु. १ करोड ६८ लाख २५ हजार ।
ख) कार्याक्रम: “एक घर एक धारा” दीर्घकालिन लक्ष्य सहित खानेपानि योजना ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: गाउँपालिका अन्तर्गत विप्प्य लेकको लिप्ट खानेपानी योजना कार्यान्वयणमा छ ।अन्य वडाहरुमा खानेपानी पाईप ६१,५८० मि., इन्टेक ४२, च्याम्बर २९, ट्याङ्की ७, धारा १९, मुहान संरक्षण ६, पोखरी ६, इन्टेक मर्मत ३ वटा निर्माण भएकोछ भने केही निर्माणधिन अवस्थामा छन्।
• सिंचाई तर्फ
क) वजेट: रु. १ करोड १० लाख ५० हजार ।
ख) कार्याक्रम: “एक टोल एक खेतियोग्य फाँट र एक सिचाई” योजना ।
ग) लागु भएका ठोस कार्याक्रमहरु: गाउँपालिका अन्तरगत हाँसिवाङ खारखोला सिंचाइ योजना सहित ११ वटा वडाहरुमा साना र ठुला सिंचाई योजनाहरु सम्पन्न हुदा सिचाई कुलो र पाईप गरी १९,३१५ मि. निर्माण भएको छ।
• कार्यालय भवन (गा.पा. र वडा कार्यालयहरु)
क) बजेट: रु. १ करोड ८३ लाख ५० हजार।
ख) कार्याक्रम: “गा.पा. र वडा कार्यालयहरुको लागि आवश्यक जग्गा खरिद र विकास कार्याक्रम”।
ग) लागुभएका ठोस कार्याक्रमहरु: आन्त्रिक छलफल जारी भएकोले कार्यान्वयन नभएको।
• उर्जा (लघु तथा साना जलविद्युत योजना)
क) बजेट: रु. ३८ लाख ५० हजार।
ख) कार्याक्रम: “मर्मत संभारको कार्याक्रम” गर्ने।
ग) लागुभएका ठोस कार्याक्रमहरु: योजनामा केही समस्या भएकाले कार्यान्वयन गर्न समस्या भएको।
• वातावरण तथा विपत व्यवस्थापन
क) बजेट: रु. ४८ लाख।
ख) कार्याक्रम: “वन तथा भू-संरक्षण, जलाधार संरक्षण, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण र विपत व्यवस्थापन कार्याक्रम”।
ग) लागुभएका ठोस कार्याक्रमहरु: मुल संरेक्षण, खानेपानी, टत्वन्धमा जालि,सिम्ली र पेदी वजार फोहर मैला व्यवस्थापन र प्राकृत विपद भएकालाई सामान्य राहतकार्य कार्यान्वयनको क्रममा छ।
• संथागत विकास
वा कार्यालय व्यवस्थापन (गा.पा. र वडा कार्यालय)
क) बजेट: रु. ८३ लाख।
ख) कार्याक्रम: “गा.पा. र वडा कार्यालको लागि पुजीगत खर्च” ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: फर्निचर र फिक्चर, सार्वजानिक निर्माण, मेसिनरी औजार खरिद, इन्टरनेट जडान, भिडियो डकुमेन्टरी निर्माण, प्रोफाइल निर्माण प्रक्रिया अगाडी वढेको छ।
• सुशासन तथा संस्थागत विकास
क) बजेट: रु. १५ लाख।
ख) कार्याक्रम: “सुचनाको जानकारी, सुशासन र जनशक्ति क्ष्यामताको विकास” ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: डिजिटल वडापत्र, डिजिटल सूचना पार्टि, प्रोफाइल व्यवस्थापन,दर्ता चलानी सफ्टवयर, जिन्सी व्यवस्थापन सफ्टवेर, अनलाईन पन्जीकरण तालिम, जनप्रतिनिधिहरुलाई आधारभूत कम्प्युटर सिप तथा सूचना प्रविधिको प्रयोग वारे तालिम, रेडियो हातेमालो र रेडियो स्वस्थ्य वहस, जनचेतनामुलक सडकनाटक कार्यन्वयन गरेको र केही कार्यन्वयणको प्रक्रियामा छन्।
• लैङ्गिक सामान्ता तथा समावेशिकरण (लक्षित वर्ग)
क) बजेट: रु. ४० लाख।
ख) कार्याक्रम: “महिला, बालवालिका, दलित, जनजाति, अपाङ्ग, युवा र जेष्ठ नागरिक लक्षित कार्यक्रम” ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: क्षमता अभिवृद्धि, व्यवसायीक र सिप मुलक तालिम संचालन र लक्षित वर्गको विशेषता अनुसार प्रवर्द्धन र डाटा संकलन कार्य अगाडी वढेको छ।
• न्यायिक समितिको काम
क) बजेट: रु. २ लाख।
ख) कार्याक्रम: “न्ययीक समिति कार्यालय व्यवस्थापन र क्ष्यामता विकास कार्याक्रम” ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: न्यायीक सम्पादनकार्य व्यवस्थित प्रक्रियामा छ, क्षमता अभिवृद्धि गर्न ३ पटक अभिमुखिकरण/तालिम सम्पन्न भएको छ । मुद्धा दर्ता र फैसला गर्नेकाम व्यवस्थित हुदै गर्दा न्यायीकक्षेत्रमा कर्मचारीको आवश्यक छ।
• जनशक्ति व्यवस्थापन र क्ष्यामता विकास (समानीकरणको चालु खर्च तर्फ)
क) बजेट: रु. ३ करोड ३० लाख ६२ हजार ६ सय ८८।
ख) कार्याक्रम: “तलब भत्ता, कार्यालय संचालन खर्च र प्रर्वधन तथा क्ष्यामता विकास” ।
ग) लागुभएका ठोस कार्याक्रमहरु: कर्मचारी र पदाधिकारी तलब भत्ता, स्थानीय भत्ता, मंहगी भत्ता, पोषाक भत्ता, संचार खर्च, पानी विजुली खर्च, इन्धन खर्च, औषधि उपचार, विमा, पुस्तक तथा सामाग्री, सेवा ।
• सरकारी तथा गैर सरकारी संस्था
क) रुकुमेली समाज विकास केन्द्र: एकीकृत परियोजना (सबैका लागि शिक्षा, बाल गरिब तथा पोषण, बाल संरक्षण) कार्यक्रम बजेट ७६,२४०२५।सहित आर्थिक वर्ष ०७५/०७६ प्रस्तावित वजेट ४६,२३,४०२.३५ गाउँसभामा पेश गर्ने भएको छ ।
ख) आसाको कार्यक्रम :आ.व. ०७४/०७५को ८० लाखको वजेट सहित स्थननीय स्तरमा जलवायु परिवर्तन अनुकुलनिय कार्यकर्म सम्पन्‍न भएको छ।
ग) सूआहारा : खानेपानी तथा स्थास्थ्य र सरसफाई कार्यक्रम सम्पन्‍न भएको छ।
घ) बहु क्षेत्रीय पोषण योजना (शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी, खानेपानी तथा सरसफाई) कार्याक्रम सम्पन्‍न भएको छ।
ङ) गरीबी संग विश्‍वेस्वर कार्यक्रम: साविक अर्मामा लागु भएको छ ।
च) के.यू.वि.के (KUBK) :
परिणाम मुखी कार्य देखीने र जनताले प्रत्यक्ष लाभ लिनेगरी समन्वय, सहकार्य र साझेदारीमा योजना तर्जुमा, वजेट विनियोजन, कार्यक्रमहरु कार्यन्वण, अनुगमण र समिक्ष्या सहित कार्यक्रम सम्पन्न भएका छन् ।यसलाई अझै प्रभावकारिता र निरन्तरता दिन आवश्यक छ ।
• आर्थिक वर्ष २०७५/७६ को कुल आय अनुमान ।
क) संघिय सरकारवाट समानीकरण अनुदान: रु. ८ करोड २४ लाख।
ख) संघिय सरकारवाट राजस्व बाडफाडको अनुदान: रु. ६ करोड ४५ लाख ६० हजार।
ग) संघिय सरकारवाट शसर्त अनुदान रु. ११ करोड ६५ लाख ।
घ) प्रदेश सरकारवाट समानिकरण अनुदान: रु. ४९ लाखब ९२ हजार ।(अनुमाण) र राजस्व बाटफाट २ लाख ८५ हजार जम्मा रकम रु. ५२ लाख ७७ हजार ।
ङ) प्रदेश सरकारवाट शसर्त अनुदान वा योजना आउने जानकारी नभएको ।
च) गाउँपालिकाको गत वर्षको मौज्दात १ करोड ५० लाख देखी २ करोड सम्म अनुमान छ ।
छ) स्थानिय आन्त्रिक श्रोत (राजस्व) ५० लाख)
• आर्थिक वर्ष २०७५/७६ को कुल व्याय अनुमान (क्षेत्रगत योजना तर्जुमा र वजेट विनियोजन )
(क) सामाजिक विकास क्षेत्र : शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रर्वद्वन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदीवासी जनजाती, अल्पसंख्यक आदी) जस्ता क्षेत्र तर्फ रु. ५ करोड ४० लाख विनसयोजन गरिएकोछ ।
(ख) आर्थिक विकास क्षेत्र : कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तिय जस्ता क्षेत्र तर्फ रु. २ करोड १५ लाख विनसयोजन गरिएकोछ
(ग) पुर्वाधार विकास क्षेत्र : सडक, पुल (झोलङ्गे पुल), सिंचाई, भवन तथा सहरी विका, उर्जा, लघु तथा साना जलविद्युत, सञ्चार जस्ता क्षेत्र तर्फ रु. ५ करोड ५० लाख विनसयोजन गरिएकोछ ।
(घ) वन,वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र : वन तथा भु-संरक्षण, जलाधार संरक्षण, जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन, वारुणयन्त्र सञ्चालन जस्ता क्षेत्र क्षेत्र तर्फ रु. १ करोड विनसयोजन गरिएको छ ।
(ङ) सुशासन तथा संस्थागत विकास क्षेत्र : मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तिय व्यवस्थापन, वित्तिय जोखिम न्युनीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, आन्तरिक र अन्तिम लेखापरीक्षण, बेरुजु फछ्र्यौट, सेवा प्रवाहका मापदण्ड निर्धारण, सेवा प्रवाहमा विद्युतीय सुचना प्रविधिको प्रयोग, नागरीक सन्तुष्टी सर्वेक्षण र अन्तरनिकाय समन्वय जस्ता क्षेत्र तर्फ रु. ३ करोड ५० लाख विनसयोजन गरिएको छ ।
• आन्तरिक राजस्व (कर)
आ.व. २०७४/०७५ मा कर सम्बन्धि गाँउसभाको निर्णय र प्रस्तावित सम्पति कर बारे छलफल गरिने ।
• विविध
क) शिक्षा, स्वास्थ्य, तथा गाउँपालिका भित्रका करार कर्मचारी गरी करिव १५० जनालाई रोजगारी दिइएको र प्रक्रियामा रहेको छ ।
ख) गाउँपालिकामा नगर प्रहरी नियुक्त गरि तालिम उनिहरुको तालिम सम्पन्न गरीएको छ ।
• चुनौतिहरु तथा समस्याहरु:
(१) स्थानीय सरकार संचालनमा अनुभवको कमी, चुनावि वर्ष भएकोले विकास निर्मानको काम ढिला सुरु भएको, साविक गा.वि.स.मा काम गर्दै आएका र नयाँ कर्मचारी विच, कर्मचारी र जनप्रतिनिधि विच प्रारम्भमा तालमेलको कमीले विकास निर्माण काममा केही प्रभाव परेको।
(२) दरबन्दी अनुसार कर्मचारी, विशेष गरी लेखा कर्मचारी आवश्यकता अनुसार नहुदा भुक्तानीमा केहि ढिला भएको।
(३) स्थानीय, प्रदेश र संघिय सरकार विचको आवश्यक तालमेल सहयोग निर्देशन र अनुगमन प्रभावकारी नभएको।
(४) वडा देखी गा.पा. सम्मको बस्तुगत प्रोफाइल भने जस्तै बनाउन नसक्दा गा.पा.को आव्धिक र रणनैतिक योजना निर्माण गर्न समस्या भएको।
(५) गाउँकार्यापालिका बाट गरिने कतिपय निणर्यहरु समयमसापेक्षक परिपक्व नभएको ।
• सुझाबहरु:
(१) स्थानीय तहलाई विभिन्न वहानामा कमजोर बनाउन खोजेको देखिन्छ ।
(२) स्थानीय तहलाई सबैधानिक अधिकार अनुसार वित्तिय अधिकारमा अंकुश लगाउन खोजेकोछ।
(३) स्थानीय, प्रदेश र संघको साझा अधिकारको सूचीलाई आवश्यकता र आपसी सहमतितामा हैनकी माथिको हस्तक्षेप बढेकोछ।
(४) समग्र बजेटको स्थानीय तह र प्रदेशमा १५/१५ प्रतिशत मात्र दिएर संघमा ७० प्रतिशत बजेट राखी कांहा लगानि गर्न खोजेको हो स्पष्ट नभएको
(५) झुलनेटा-सेतिपोखरी-अर्मा-गरायला-दुली घापागार पोखरी-राडी डोल्पा क्षेत्रिय सडक र रिम्ना गरायला-गाराघाट-पिपल पोखरा-सिस्ने डोल्पा क्षेत्रीय सडक निर्माण कार्य कसले हेर्ने ? संघ वा प्रदेश, अलपत्र पर्ला जस्तो छ।
(६) नेपाल कम्युनिष्ट पार्टिको कर्णाली प्रदेशमा बहुमतको सरकार भएर पनि स्थानीय तह र जनसमुदायले आशा गरेनुसार प्रभावकारी काम हुन नसकेको जनगुनासो देखिन्छ।
यि र यस्तै अवसर, सम्स्या र चुनौतिबाट स्थानिय तह अघी बढीरहेको छ । हामी जनतालाई अधिकतम लाभ हुने गरी, जनताको आकांक्षालाई सर्वोपरी ठानी जनतासंग हातेमालो गरी अघी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं । जनताको प्रत्येक्ष सललाह सुझाब, अनुगमन, निगरानी र खवरदारीको अपेक्षा गर्दछौ । धन्यबाद ।।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares