Input your search keywords and press Enter.

महिला अधिकार गाउँमा कहिले ?

हरि जिज्ञासु
नेपाल एउटा पुरुष प्रधान देश हो । यहाँ महिलाको भन्दा पुरुषको अधिकार अप्रत्यक्ष रुपमा सुनिश्चित गरिन्छ । सामान्यतया एउटा महिलाले मानिस भएर जन्मिएपछि आफूलाइ कसैले विभेद गरेको आभास नगरी पुरुष सरह अधिकार पाउँनु महिला अधिकार हो । महिलामाथि हुने विभेदीकरणको अन्त्यको लागि भनेर विभिन्न संघसंस्थाहरु स्थापना भए । महिला आयोग सुरु गरियो । तर भूवनोटको कारणले महिलाको लागि बनेको कानून नेपालको दुर्गम बस्तीहरुमा अझै पनि पुग्न सकेको छैन ।

एउटा कुरा त देशको समग्र विकासलाइ हेर्दा हामी अझै विकासमा पछि परेका छौं । शिक्षा स्वास्थ्य, यातायात, सञ्चार जस्ता विकासका पूर्वाधारबाट हामी अझै पनि टाढै छौं । समाजलाई सकारात्मक दिशातिर दौडाउँनको लागि चेतनाको आवश्यक पर्छ । तर नेपालका विभिन्न पहाडि र हिमाली जिल्लाहरुको विकट गाउँवस्तिमा शिक्षाको पहुँच नपुगेको कारण महिला अधिकार सम्बन्धी आवाज उठाउने जनशक्ति त्यहाँ अझै निर्माण भएको छैन । महिला दिवशको दिनमा नेपालको प्रत्येक जिल्लाको सदरमुकामसम्म केहि महिलाहरु जम्मा भएर “महिला हिंसा अन्त्य गरौं” भनेर नारा लगाउँछन् । तर गाउँघरका महिलाहरुलाइ महिला अधिकार भनेको के हो भन्ने कुरा उनीहरुलाइ थाहा नै छैन । त्यहि महिला दिवशको दिनमा उनीहरु आफ्नै श्रीमानबाट रक्ताम्य हुनेगरि कुटिएकी समेत हुन्छिन । युवतीहरु बलत्कृत भएकी हुन्छिन् । अभिभाकले नै बाल विवाह गरिदिएका हुन्छन् र किशोरीहरु छाउ गोठमा बसेर त्यहिँ बलत्कृत भएकी हुन्छिन् । यस्तो अवस्थाले गाउँसमाजमा नेपालको संविधानमा महिला अधिकार सम्बन्धि ऐन कानून बनेको छैन जस्तो भान हुन्छ । जनयुद्ध पछि नेपालका हिमाली र पहाडि जिल्लाहरुमा बसोबास गर्ने समूदायमा आएको केहि सकारात्मक परिर्वनले आफ्नो अधिकार सुनश्चित राख्नुपर्छ भन्ने चेतना पलाएपनि, अहिलेसम्म अधिकार पूर्णरुपमा पाउँन सकिएको छैन । महिलाहरु अझै पनि हिंसामा परिरहेका छन् । सामान्यतया महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरीक, मानसिक तथा यौनिक यातनाहरू र दुव्र्यवहारलाई बुझाउँछ । महिला विरुद्धका हिंसा विशेष रूपमा महिलाको विरुद्धमा हुने सम्पूर्ण हिंसात्मक कार्यहरू हुन् ।

यस्तो प्रकारको हिंसाले कुनै पीडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समूहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा लिङ्गमा आधिरित हुन्छ अर्थात महिला भएकै कारण कसैले यस्तो हिंसाको शिकार बन्नु परेको हुन्छ । यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गरिन्छ । यसले समाज विकासको क्रमलाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । खास गरी महिलाहरुको जैविक बनावटलाई आधार बनाएर समाजले महिलाहरुलाई गर्ने व्यवहारले हरेक महिलाको प्रगतिको बाधक बनिरहेको अवस्था रहेको छ । गाँघरमा अझै पनि महिलाहरु आफ्नै श्रीमानबाट हिंसामा परेका छन् । चेतनाको कमिले गर्दा दिनभरी श्रीमानले रक्सी भट्टिबाट रक्सी पिएर घर आएपछि छोरा छोरीको लागि जीवन धान्न दिनभरीको कामले थाकिरहेकी श्रीमतीलाइ बेस्या, बोक्सी लगायतका घृणित वाक्यहरुले प्रहार गरेका घटनाहरु जिवितै छन् । कुनै महिलाहरु श्रीमान विदेश गएपछि घर धान्न र बालबालिकालाइ पढाउँनको लागि अरुको ज्याला मजदुरी गर्दा श्रीमान घरमा नभएकै मौका छोपेर बलात्कृत हुन्छिन् । कतिपय महिलाहरु गरिविको कारण बच्चा बच्चीहरुलाइहरुलाइ हुर्काउनको निमित्त दिनभरी काम गर्छिन र साँझ नुन र खुर्सानी मात्र पिसेर त्यसैसँग रोटी खाइरहेको अवस्था पनि गाउँमा प्रसस्त छ । यसले गर्दा उनीहरुले पाउँने भिटामिन र प्रोटिनको कमीले उनीहरु छिट्टै रोगी बन्ने सम्भावना बढि छ । गाउँमा अझै पनि स्वास्थ्य चौकि नजिक नभएको कारण सुत्केरी हुँदा समयमै अस्पताल पु¥याउँन नसकेकोले महिलाहरुले अकालमै ज्यान गुमाएको समाचार हामीले धेरै सुनेका र पढेका छौं । किशोरीहरु बलात्कृत भएका घटनाहरु त कति छन् कति तर सामाजिक डर त्रास र इज्यतका कारण त्यस्ता घटना बाहिर आउन नसकेका मात्रै हुन् । गाउँमा केही महिलाहरु शिक्षित देखियता पनि दलित, जनजाति लगायत पछडिएको समूदायको महिलाहरुको अवस्था झन नाजुक छ । अझ सजिलोसँग भन्नुपर्दा ग्रामिण समुदायमा रहेका सम्पूर्ण महिलाहरुको अवस्था अत्यन्त नाजुक छ । उनीहरुलाइ महिला दिवस, महिला अधिकार, महिला आयोग, के हो भन्ने कुरा अझसम्म थाहा छैन् । उनीहरुलाइ त वर्षौदेखि परिवार पाल्न खेतिपाति र घाँस, दाउरा गर्ने मात्र थाहा छ । जति समाजले जे भने पनि जति श्रीमानले जस्तो वाक्य आफूलाइ प्रहार गरेपनि उनीहरुले त्यसलाइ सामन्यरुपमा लिइसकेका छन् । तर अब प्रश्न रह्यो नेपालको संविधानमा नेपाल सरकारले महिला अधिकार सम्बन्धी ल्याएको नीती नेपालको सबै भूभागमा बस्ने महिलाहरुको लागि कि ? सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुको लागि मात्रै ? समग्र रुपमा हेर्ने हो भने महिलाहरुमाथि हुने घटनाहरु एसिड आक्रमण, घरेलु हिंसा र गर्भावस्था कानुन, दाइजो प्रथा, दाइजोको कारण मृत्य,ु गर्भपतन, जबरजस्ती गर्भपतन, जबरजस्ती विवाह, जबरजस्ती वेश्यावृत्ति, मानव तस्करी, गर्भवती महिलाको हत्या, वेश्या विरुद्धको हिंसा लैंगिक विभेदता जस्ता सामाजिक कुकार्यहरु जीवितै छन् । परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् ।

घरेलु हिंसाका कारण होस वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको संख्या उल्लेख्य छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन् । अब नेपालका ग्रामिण भेगमा संचारको अभावको कारणले गर्दा जिम्मेवारी निकायसम्म पुग्न नसेका महिलाप्रति हुने यी घृणित घटनाहरुलाइ निराकरण गर्न सरकारले कस्तो पहल चाल्न सक्छ भन्ने प्रश्न हो । स्थानीय सरकार गाउँमा गएपछि पनि घटनाहरु यथावत नै छन् । त्यसैले सरकारले विशेषगरी महिलाहरुको अधिकार सुनिश्चित गर्ने हेतुले नियम कानून बनाइ देशका सबै भूभागमा रहेका महिलाहरुको अधिकार सुनश्चित गर्न सक्नुपर्छ । महिलाहरुको अधिकरालाइ सुनिश्चि गरियो भने हाम्रो देशलाइ विकासको मार्गमा डो¥याउँन सजिलो हुनेछ । तब मात्र देश सम्बृद्धिमय बन्नेछ

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares