डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा संचालन भैरहेको चौरजहारी व्यापार तथा सांस्कृतिक महोत्सव जारी रहेको छ । १८ गते उद्घाटन भएको महोत्सवमा प्रत्येक दिन बिशेष सांकृतिक प्रस्तुती सहित कार्यक्रमहरु संचालन भैरहेको आयोजकले बताएको छ । पुष्पकमल प्रगतिशिल युवा जागरण मञ्च, सहिद स्मृति कला उत्थान केन्द्र र महोत्सव मुल समारोह समितिको सयुक्त आयोजनामा  महोत्सवको आयोजना गरिएको हो ।
महोत्सव सन्तोषजनक छ ः कटुवाल
महोत्सव अहिलेसम्म सन्तोषजनक रहेको साँस्कृतिक बिभागका संयोजक एलबि कटुवालले बताएका छन । आहा सञ्चारसँग कुरा गर्दै उनले चौरजहारीको पर्यटन, ब्यापार र साँस्कृतिक बिकास लागि महोत्सव २९ गतेसम्म निरन्तर सञ्चालन संचालन हुने बताए । महोत्सवमा संसारको अग्लो जनावर उट , अग्लो चरा अस्ट्रिज , नेपालकै होचो महिला , राष्ट्रिय तथा स्थानीय प्रस्तुति लगायत चौरजहारीको रमणीय दृश्य, छेउमै भेरी नदि मुख्य आकर्षण रहेका छन् । त्यस्तै महोत्सवमा विभिन्न ब्यापारिक स्टलहरु पनि राखिएको छ ।

संयोजक कटुवालका अनुसार अहिलेसम्म महोत्सवमा कलाकारहरु रेखा थापा, ज्योति मगर, रामजि खाँड, दुर्गेश थापा, बल्छि ध्रुबे लगायतको प्रस्तुति भइसकेको छ भने अब महानायक राजेश हमाल, निखिल उप्रेती, सरस्वती लामा लगायतको प्रस्तुति रहनेछ । ‘धेरैलाई लागेको थियो यो महोत्सव सफल हुदैन भनेका कलाकारहरु पनि आउदैनन् तर अहिलेसम्म महोत्सव सन्तोषजनक छ, भनेका सबै कलाकार ल्याएका छौँ कृषकहरुको मानो छरेर मुरि फलाउने समय भएर सोचेजति दर्शक उपस्थिति नभएपनि महोत्सव सफल भएरै छाड्छ’ उनले भने । उनका अनुसार अहिलेसम्म १०/१५ हजारले महोत्सव अवलोकन गरिसकेको दाबी छ ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto