डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा आधारभूत पत्रकारिता शुरु भएको छ । प्रत्येक वडामा कम्तिमा एउटा पत्रकार निर्माण गर्ने उदेश्यले पत्रकारिता तालिमको आयोजना गरिएको हो । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र आफ्नो एफएम चौरजहारीको आयोजनामा तालिमको संचालन गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नगरउपप्रमुख राधा रोकाले पत्रकारले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले प्रत्येक वडामा एक वटा पत्रकार निर्माण गर्न तालिम महत्वपुर्ण हुने बताईन । तालिमपछि दक्ष जनशक्ति निर्माण भई समाजमा भएका अन्याय र अत्याचार बिरुद्ध आफ्नो कलम चलाई सभ्य समाज निर्माणमा सहयोग पुग्ने उनको भनाई थियो । तालिम पुर्ण सफलताको शुभकामना दिँदै प्रमुख अतिथि रोकाले पत्रकारिताको विकासको लागि नगरपालिका सधैं तयार रहेको बताईन । रेडियो आफ्नो एफएमका स्टेसन म्यानेजर गोपाल रेग्मीको अध्यक्षता भएको कार्यक्रममा आहा सञ्चार साप्ताहिकका प्रकाशक/सम्पादक मेगराज खड्काको विशेष आतिथ्यता रहेको कार्यक्रमको संचालन पत्रकार ज्ञानु गौतमको गरेका थिए । प्रत्येक वडाबाट दुईदुई जनाको सहभागीता रहेको तालिमको सहजिकरण आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले गरिरहेका छन ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto