Input your search keywords and press Enter.

३ महिने सिलाईकटाई तालिम सम्पन्न

आहा सञ्चार संबाददाता
जनपहुँच युवा क्लवको आयोजना र आठविसकोट नगरपालिकाको आर्थिक सहयोगमा विपन्न वर्गका महिलाका लागि आयोजना गरिएको ३ महिने आधारभुत सिलाई कटाइ तालिम समापन गरिएको छ । २०७४ फागुन २१ गते देखि शुरु भएको तालिम यहि जेठ २१ गते समापन गरिएको हो । तालिम समापन पश्चात तालिममा सहभागी २८ जनालाई मेसिन समेत बितरण गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष तेज बहादुर मल्लले गरेको क्लवका सचिव घनश्याम भण्डारीले जानकारी दिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares