Input your search keywords and press Enter.

दैनिक कम्तिमा दुई घण्टा व्यायाम गर्नुहोस

  • आहा टक

नाम : पदम नारायण श्रेष्ठ (कराँते प्रशिक्षक)
ठेगाना : कोहलपुर ३, बाँके

तपाइलाई कसैले हिजो आजकादिनहरु कसरी बिताइरहनुभएको छ भनी सोधेमा के जवाफदिनुहु्न्छ ?
नेपाल गोजुरिया दोे युजेनकाई कराँते को जिल्ला स्तरमा कमिटि गठन गरिरहेकाले यसैमा व्यस्त छु
बाल्यकालको कुरा गर्दा,तपाईको बाल्यकाल कसरी बित्यो ?
घरपरिवारमा म भन्दा अगाडी दिदिहरु भएकाले मेरो बाल्यकाल एकदमै सुखमय र रमाइलोमै बित्यो । मैले बाल्यकाल पढाई सँग सँगै अलि बढि खेलकुदमै व्यस्त भएर बित्यो ।
तपाई कतिवर्षको उमेर देखी खेल जीवनमा जोडिनुभएको थियो ?
फुटबल,भलिबल लगाएत खेलमा त पहिले देखि नै लागी रहेको थिए तर कराँतेमा चाहीँ १३ वर्षको उमेर देखि नै लागेको हुँ । फुटबल,भलिबल जस्ता खेल त थिए नै तर पनीगुच्चाको त झन म च्याम्पीएन नै थिए । मलाई अझै याद छ मैले एउटै साथीको मात्र त्यो बेलाको रु.१५०० खाइदिएको थिए ।
तपाईको बाल्यकाल देखिको खेल सपना पुरा भयो की अझै बाँकी छ ?
मेरो बाल्यकाल देखिको रुचीभनेकै खेल क्षत्र नै रह्यो । खेल भनेपछि खाना नै भुल्ने मान्छे म खेल क्षेत्रमै केहि केही गर्न पाएकोमा गर्व पनी लाग्छ । मैले आफुले चाहेको उपलब्धी हाँसिल गरेजस्तो त लाग्छ नै तर अझै पनी केही गर्न भने पक्कै बाँकी छ । म अहिले कराँतेको थर्ड डन सम्म पुगेको छु । थुप्रै खेलहरुमा सफल सहभागीता सँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै कोच समेत गर्न पाएकाले आत्मसन्तुष्टि सँगै नाम पनी कमाउनपाइयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै थुप्रै ट्रफी समेत हातपार्न सफलभइयो जुन राष्ट्रिय गौरवकै कुरा हो । जसमध्य छैटौ अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगीता (नेपालगञ्ज ),्१६औ गजुरियो क्षेत्रीय कराँते प्रतियोगीता (सल्यान) अन्तराष्ट्रिय गजुरियो कराँते प्रतियोगीता (धनगढि), इन्डो नेपाल कराँते प्रतियोगीता (भारत) जस्ता प्रतियोगीतामा नेपालप्रथम र त्यसमा पनी मध्यपश्चिममा रहेको सगरमाथा डोजोले सबैभन्दा बढि स्वर्ण पदकहाँसिल गरेकाले प्रथम टिम च्याम्पीयनसिपको ट्रफी उचाल्न सफलभइयो । जुन डोजोमा प्रशिक्षकको भुमीका स्वयंम मैले निभाएको थिए ।
खेल क्षेत्रको प्रेरणा कसरी आयो ?
फुटबलको सन्दर्भमा चाही म प्रेरणाको स्रोत मेरो आफ्नै आदरणीय मामालाई दिन्छु । त्यसैगरी कराँतेको सन्दर्भमा भने गोजुरियो कराँते नेपालका संस्थापक तथा मेरा आदरणीय गुरु आर.सी. सुवेदिलाइ नै दिन्छु । जसले मलाई बिहान बिहान आफैले व्यायम गरिरहेको देखेर गुरुले नै मार्सल आर्ट क्लासमा लैजानुभएको थियो ।
मेरो दाई पनी मार्सलआर्ट खेलाडी नै हुनुहुन्थ्यो तर मलाई चाँही उमेर सानै छ भनेर घरपरिवारका सदस्यले खेल्न दिदैन्थे । सायद म कान्छो छोरो भएर पनी होला । म चाही मार्सलआर्टमा धेरै उत्सुकता भएका कारण लुकेर हेर्दै सिको गर्थे र त्यस्तै क्रममा म बाटोमा दौडिरहँदा मलाई मेरो आदरणीय गुरुले क्लासमा लग्नु भएको थियो र त्यसपछि झनै मार्सल आर्ट खेलप्रती रुची बढेदै गयो र मैले मार्सलआर्ट नै रोजे ।
मानव स्वस्थ्यका लागी खेलको आवश्यकता कति ?
यसको अर्थमा एक बाक्यमा मात्रदिन चाहन्छु । जसरी मानसिक विकासका लागी अध्ययन चाहिन्छ त्यसरी नै शारिरिक तन्दरुस्तीका लागी खेलकुदको आवश्यकता छ । सरल भाषामा भन्नुपर्दा स्वस्थ रहनका लागी खेलको आवश्यकता पर्छ ।
मार्सलआर्ट क्षेत्रको खेल दुरुपयोग गरेर खुण्डागर्दीमा प्रयोग गर्ने गरेको आरोप पनी लाग्छ नी ?
सत्यता नभएको होइन एकदमै सत्य छ । जुनकुरा पनी आधा सिकेमा नाफा नभएर नोक्सानीमात्रै हुन्छ । खेललाइ नबुझ्ने र पुरा खेल नखेल्ने युवापुस्ताप्रायःजसो गुण्डा मै लाग्छन । तर कराँते खेललाइ बुझेर खेल्ने मानिसहरु कहिल्यै पनी यस्तो गर्न रुचाउदैनन् र मन पनी पराउदैनन् । मार्सलआर्ट एक आफैमा अनुशासित गराउने खेल हो । यसलाइ प्रष्ट्याउनु पर्दा विश्वकै अनुशासित र मर्यादित भनेर फौजीलाइ मान्न सकिन्छ,जसरी एक फौजी हरेक कुरामा अनुशासनबद्ध रुपमा आफ्ना कार्यहरुसमापन गर्छन त्यसैगरि एक खेलाडी पनी आफ्नो व्यवहार सोही अनुरुप गर्छन । अझ रोचक कुरा चाही के छ भने फौजी आफु भन्दा माथिल्लो दर्जाको कडा निगरानीमा २४ सै घण्टा रहनछन भने कराँते खेलाडी २४ घण्टामा १ देखी २ घण्टा क्लास (डोजो) समयमा मात्र आफ्ना गुरुसँग सँगै हुन्छन त्यसैले म कराँते खेलाडी भनेका स्वतन्त्र रुपम ाकुनै दबाबबिना नै २४सै घण्टा अनुशासनको दायरामा रहने फौजी हुन भन्न चाहन्छु ।
खेल क्षेत्रको थप विकासका लागि सरकारले कस्तो खालको व्यवस्था गरिदिएहुन्थ्यो जस्तो लाग्छ ?
क्षमतावान खेलाडीको सहिउमेरमा नै पहिचानगरि सो खेलाडीको व्यक्तित्वविकासकालागीआवश्यक पर्ने सम्पुर्ण कुराहरु क्रमबद्ध रुपमाउपलब्ध गराउने र उसको जीवनको सुनिश्चितता गरेमामात्रखेलाडी दत्तचित्तभएर खेलमा लाग्छ र खेलमा सफलतापाउन सकिन्छभन्ने मलाइ लाग्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
खेल स्वास्थ्यका लागी महत्वपुर्ण चिज हो । खेल क्षेत्रको विकासका लागी आ–आफेनो क्षेत्रबाट सहयोग गरौ भन्न चाहन्छु र मलाई यो ठाउँसम्म पुग्नलाई सहयोग गर्ने मेरा सम्मुर्ण सहयोगीहातहरु प्रति धन्यावाद प्रकट गर्न चाहन्छुु । दैनिक कम्तिमा दुई घण्टा शारिरिक व्यायम लागी समय निकाल्नुहोस । मेरा विचार सबैै सामु पु¥याउन सहयोग गर्ने रुकुमको अग्रणी र प्रभावशाली पत्रिका आहा सञ्चार साप्ताहिकलाई र पत्रिका पढ्नुहुने सबै पाठक वर्गलाई पनि धन्यबाद दिन चाहन्छु । प्रस्तुती : फलिराम बिश्वकर्मा

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares