Home मुख्य समाचार आहा सञ्चार साप्ताहिक ६ बर्षमा प्रबेश

आहा सञ्चार साप्ताहिक ६ बर्षमा प्रबेश

5447
0

आहा सञ्चार संबाददाता
रुकुम १६, जेठ : रुकुमबाट नियमित प्रकाशन भैरहेको आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रबेश गरेको छ । २०७० जेठ दोस्रो साताबाट आहा संचारले प्रकाशन शुरु गरेको थियो । प्रकाशन यात्राको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रबेश गरेको अवसरमा पत्रिकाले आज एक बिज्ञप्ती जारी गर्दै पत्रिका प्रकाशनको यात्रामा सहयोग गर्ने पाठक, ग्राहक, बिज्ञापनदाता, लेखक, स्थानीय संबाददाता, सरकारी तथा गैरसरकारी निकाय लगायत सरोकारवाला सबैलाई धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुम पनि सहयोगको अपेक्षा गरेको छ । पत्रिकाका प्रकाशक सम्पादक मेगराज खड्काद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा बिगतका दिनहरुमा जस्तै जनसरोकारका बिषयहरुमा नियमित कलम चलाउने उल्लेख गर्दै आगामी दिनहरुमा पत्रिकाको छापा तथा अनलाईन प्रकाशन अझै शसक्त, प्रभावकारी र व्यवसायिकरणमा जोड दिने उल्लेख गरिएको छ । प्रकाशनको शुरुवातदेखि हप्ताको प्रत्येक मंगलबार प्रकाशन भैरहेको पत्रिका बार्षिक उत्सबको अवसरदेखि अब प्रत्येक बुधबार प्रकाशन हुने समेत पत्रिकाले जानकारी दिएको छ । सरकारी स्तरबाट बर्गीकरणमा परेको आहा सञ्चार साप्ताहिक रुकुमको एकमात्र पत्रिका हो ।

हेर्नुहोस बिज्ञप्ती

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here