Input your search keywords and press Enter.

बनगाड कुपिण्डे नपाका कर्मचारी आजदेखि काममा

इन्द्रबहादुर बुढाथोकी
सल्यान
बनगाड कुपिण्डे नगरपालिकाको बिगत १ हप्ता देखि अवरुद्ध नगरपालिकाको कार्यालय आज देखि खुल्ने भएको छ । जेष्ठ २ गते बुधबार देखि बन्द रहेको नगरपालिकाको कार्यालय आज नगर उपप्रमुख मन्जु ऐर, प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद आचार्य, ५ नं. वडा अध्यक्ष कमल बिक र योजना शाखा कर्मचारी हरिश तिरुवा बीच बैठक बसि कार्यालय खोल्ने सहमति भएको हो । केही विकास निर्माणका योजना सम्झौता गर्ने विषयमा लिएर वडा अध्यक्ष र कर्मचारी बीच विवाद हुदा कर्मचारीहरुले कार्यालय बन्द गरेर काठ ठप्प पारेका थिए । आगामी दिनहरुमा कुनै बिषयमा विवाद भएका विषय र नयाँ विवादित विषय आए पछि नगर कार्यपालिकाको बैठक बाट सहमति गर्ने सहमति भएको उपप्रमुख ऐरीले जानकारी दिईन । उनका अनुसार बिगतका कमिकमजोरी सबैले आआफ्नो ठाउँमा सच्याउने र नगरपालिका कार्यालय बन्द गरेर जनतालाई दुख भएको प्रति क्षमा माग्दै आगामी दिनहरुमा त्यस्तो हुन नदिने सहमति भएको हो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares