Input your search keywords and press Enter.

पार्टी एकता : आठबिसकोटमा खुसियाली साटासाट

गणेश सिर्पाली
रुकुम
नेकपा एमाले र माओवादी केन्द्रको एकता भएको खुसियालीमा रुकुम पश्चिममा शुभकामना साटासाट तथा चियापान कार्यक्रम गरिएको छ । सोमबार आठबिसकोट नगरपालिका एक औपचारिक कार्यक्रमको आयोजना गरि शुभकामना साटासाट गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका नेता गोर्खवहादुर केसी सन्देशले कम्युनिष्ट पार्टीको एकताले काँग्रेस संग्रहालयमा राख्ने अवस्थामा पुगेको वताए । पार्टी एकताका दिन अध्यक्ष केपि ओलीले काँग्रेस प्रतिस्पर्धी नभई सहयोगी पार्टी वनेको प्रसंग कोट्याउँदै केसीले रुकुममा अव काँग्रेस सहयोग पनि नभएर साक्षी मात्र वन्ने स्थितिमा पुगेको उनको भनाई थियो । नेकपाका अर्का नेता हरीप्रसाद शर्माले पार्टी एकताले राजनीतिक अस्थिरताको अन्त्य गरेको दावी गरे । पार्टी एकताका विषयमा फैलाईएका केहि भ्रमका पछाडी नलाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

नेता जनक वटालाले विगतका तितामिठा पलहरुलाई भुलेर अँघि वढ्नुपर्ने वेला आएको धारणा राखे । त्यस्तैगरी अर्का नेता अमृत वोहाराले पार्टी एकताले दुई भाईका लागि एउटै घर वनेको अव घरका ढोका मिलाउन तथा लिपपोत गर्न वाँकी रहेको वताए । कार्यक्रममा वोल्ने वक्ताहरुले अस्थिर राजनीति भएको देशको कुनै पार्टीमा माथिल्लो स्तरको नेता हुनुभन्दा समृद्ध देशमा सामान्य नागरिक मात्रै भएर वाँच्ने ईच्छा पुरा भएको भन्दै खुसी व्यक्त गरेका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares