Input your search keywords and press Enter.

चौरजहारी नगरपालिकाले ल्यायो एम्बुलेन्स

डिल्लीबहादुर खत्री
रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका बिरामीलाई अस्पताल सम्म सजिलै पु¥याउन सकियोस भन्ने उदेश्यका साथ एम्बुलेन्स सञ्चालन गरिएको हो । नगरपालिकाको आर्थिक बर्ष ०७४/७५ को बजेटबाट एम्बुलेन्स सञ्चालन गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए ।
एम्बुलेन्स सञ्चालन भएपछि कोही पनि अस्पताल पुग्ने साधन नपाई उपचारमा ढिला भएर ज्यान गुमाउनु पर्ने नगर प्रमुख शर्माको बिश्वास छ । ‘बिगतमा यातायातका साधन नभएर स्वास्थ्य संस्था पुग्ने ढिलो गरि धेरैको ज्यान गएको हामीले देखेको छौँ’ उनले भने, ‘अब हाम्रो नगरपालिकामा त्यसको अन्त्य गर्ने छौँ । बिरामीले फोन गर्ने बित्तिकै उसलाई नजिक पर्ने सडक बाट स्वास्थ्य संस्था पुर्याउने ब्यवस्था मिलाइनेछ ।’ नगरपालिकामा एम्बुलेन्स आएसँगै स्थानीयहरु खुसी भएको वडा न. १० का स्थानीय नरेश केसीले बताए । उनका अनुसार यसअघि बिरामीलाई डोको र स्ट्रेचरमा बोकेर अस्पताल लिने बाध्यता भएकोमा अब त्यसको अन्त्य भएको छ ।
नगरपालिकाका अनुसार करिब ६६ लाख बजेटबाट ३ वटा एम्बुलेन्स खरिद गर्ने भनिएपनि अहिले साढे १० लाख बजेटको एकवटा मात्रै एम्बुलेन्स खरिद गरि नगरपालिकामा ल्याइएको हो । बाँकी दुईवटा एम्बुलेन्स पनि खरिदको प्रकृयामा रहेको बताईएको छ । सबै एम्बुलेन्स ल्याइसकेपछि एउटा चौरजहारी भ्याली, एउटा नार्जि र अर्को खोलागाउँ आसपासमा राखिनेछ । एम्बुलेन्स संचालनका लागि नगरपालिकाले चालक आवश्यकताको सूचना समेत सार्बजनिक गरिसकेको छ । हाल रुकुम पश्चिम जिल्लाभरमा पनि प्रभावकारी एम्बुलेन्स सेवा छैन । यसअघि संचालनमा रहेका केहि एम्बुलेन्स सेवा पनि बिग्रीएका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares