सर्जना कार्की

रुकुम पुर्व

रुकुम पुर्व भुमे गाउपालिकामा सामुदायिक वन उपभोक्ता महासघं नेपाल (फेकोफन)को स्थानिय महासघंको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ओम प्रकाश रोकाको अध्यक्षतामा २१ जना सदस्यीय समिती गठन गरेको छ । जसको उपाध्यक्षमा तारा प्रकाश पुन, सचिब जुनतारा पुण, सहसचिव भुपिन पुन, कोषाध्यक्ष अला पुन रहेका छन । त्यसैगरी सम्मेलनले बल बहादुर सुनारको संयोजकत्वमा ३ सदस्सीय न्यायिक समिती र ललित पुनको संयोजकत्वमा ३ सदस्सीय लेखा समिती गठन गरेको छ ।

election adv.

यसअघि जिल्लामा रहेको महासंघले अब सबै स्थानीय तहमा काम गर्ने बताएको छ । फेकोफनकी महासचिव गौरी खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा भुमे गाउपालिका अध्यक्ष रामसुर बुढा मगरको प्रमुख आथित्यता र प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंङ श्रेष्ठको बिशेष आथित्यता रहेको थियो । सम्मेलनमा वन समुहमा आबद्ध गाउपालिकाका ४५ वटा समुहका २/२ जनाको उपस्थिति रहेको थियो । जिल्ला वन महासंघ रुकुमकी कोषाध्यक्ष विष्णु देवकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन चौरजहारी नगरपालिका सामुदायिक वन महासघंकी अध्यक्ष पुष्पा खड्काले गरेकी थिईन ।

सिस्नेमा पनि गठन
रुकुम पुर्व सिस्ने गाउपालिकामा सामुदायिक वन उपभोक्ता महासघं नेपाल (फेकोफन रुकुम)को पुर्वी रुकुम अन्तर्गत स्थानिय महासघंको प्रथम सम्मेलन सम्पन्न भएको छ । जिल्ला वन महासघं फेकोफन रुकुमको आयोजनामा सम्मेलन सिस्ने गाउपालिका वडा नम्बर ५ स्थित सिस्ने शिक्षा क्याम्पसमा सम्पन्न भएको हो । सम्मेलनले शुसिला शर्मा दाहालको अध्यक्षतामा २१ जना सदश्य समिती गठन गरेको छ । उपाध्यक्षमा राजु बिसि, सचीव शुसिला खड्का,सहसचिव पार्वती खड्का घर्ती कोषाध्यक्ष नमिता बुढा मगर रहनुभएको छ । त्यसैगरी सम्मेलनले मोहन गिरिको संयोजकत्वमा ३ सदस्सीय न्यायिक समिती र हिरा बुढा मगरको संयोजकत्वमा ३ सदश्य लेखा समिती गठन गरेको छ । फेकोफन कि महासचिव गौरी खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सिस्ने गाउपालिका अध्यक्ष कुमारी बराल, बिशेश अतिथी उपाध्यक्ष गोबरधन बुढा र सिस्ने शिक्षा क्याम्पस प्रमुख तिब्र गौतमको पनि उपस्थिति रहेको थियो । सिस्ने गाउपालिकाको १,२,३,४,६,७ र ८ वडाका वडा अध्यक्ष सहित जिल्ला वन महासंघमा आबद्ध गाउपालिकाका सबै मानिसको उपस्थिति रहेको थियो । जिल्ला वन महासंघ रुकुमकी कोषाध्यक्ष विष्णु देवकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन चौरजहारी नगरपालिका सामुदायिक वन महासघंकी अध्यक्ष पुष्पा खड्काले गरेकी थिईन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto