जयमान बुढामगर
भूमे
रुकुम पुर्बको भुमे गाउकार्यपालिकाले थप दुई कानून बनाएको छ । गाउँकार्यपालिकाको १३ औ बैठकले थप दुई कानुन पारित गरेको हो । जसमा एकीकृत सम्पत्ती कर संकलन नियमावली २०७५ र ब्यबसाय कर नियमावली २०७५ रहेका छन । यसअघि बिभिन्न ऐन, कार्यबिधि र नियमावली गरि २७ स्थानीय कानूननहरु पारित भैरहेका छन । नयाँ दुई नियमावली सगै भूमे गाउँपालिकाले २९ वटा स्थानीय कानूनहरु बनाएको गाउपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । कार्यापालिका बैठकले कानून पारित सगै अन्य केहि निर्णयहरु पनि गरेको छ । जसमा बिद्यालय सुधार तथा नमुना बिद्यालय निर्माण परियोजना संचालन र जेठको दोस्रो सातादेखि स्वास्थ्य शिबिर सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto