Input your search keywords and press Enter.

त्रिकोण दर्शनको मर्म र यसको सान्दर्भिकता

  • अमर ओली

‘मानीसका मष्तिष्कमा उत्पन्न हुने सबै रोचक जिज्ञासाहरुको उत्तर बिज्ञानले दिन सक्दैन किनकी सृष्टीका सबै रहस्यहरु प्रयोगशालामा सिद्ध गर्न सजिलो छैन । त्यसको उत्तर धर्मग्रन्थहरुले दिन खोज्छन तर त्यो ठिक छ भन्न सकिन्न । किनकी धर्मशास्त्रमा सत्यभन्दा आस्था र विश्वास प्रबल हुन्छ । बिज्ञान र धर्मग्रन्थहरुको बीचमा सायद एउटा दशगजा भुमि हुन्छ,त्यो नै दर्शनशास्त्र हो’ ।–ब्रेटल्ड रसेल

जिवन ,जगत र मानिस, उत्पति विकास र विनाश विश्व ब्रम्हाण्डमा सधैँ घटिरहने परिघटना र अनुभूतिहरु हुँन । मानव जातिको उत्पति र विकाससँगै मानिहरुले विभिन्न किसीमका विचार दर्शनको प्रयोग र विकास गर्दै आईराखेको कुरा दर्शनको प्रयोगद्धारा विविध क्षेत्रमा मानिसले प्राप्त गर्दै आएका उपलब्धी र सामाजिक राजनितिक परिवर्तनले नै स्पष्ट बनाएको छ । दर्शनका विभिन्न श्रोतहरु मध्ये मानिसले धार्मीक रुपमा परम्परा र विश्वास, बिज्ञानमा तथ्य, प्रयोग, तकनिकी, कला क्षेत्रमा भावना र मानविय संवेदना, दर्शनको क्षेत्रमा तथ्यांक, तर्क विश्लेशनले नै दर्शनलाई निरन्तरतामा विकास गराउँदै आईरहेको छ । दर्शनशास्त्रको क्षेत्रमा यति ठुलो बृहत र व्यापक क्षेत्र हुँदाहुँदै पनि कतिपय सहायक विषयबस्तु,दर्शन र यसको सान्र्दभिकताले दर्शनका अन्य क्षेत्रहरुको प्रयोग र आवश्यकता बढ्दै गईरहेको महशुस सर्बत्र हुँने गर्दछ । यस्तो सन्र्दभमा त्रिकोण दर्शनको आवश्यकता महत्व र प्रयोगलाई अझ व्यापक बनाउने प्रयत्न सबैले गर्नुपर्ने हुन्छ । यसैलाई मध्यनजर गर्दै त्रिकोण दर्शनको भावभूमिमा रुमल्लिँने प्रयत्न गरिएको छ ।
जीवनमा उकाली र ओराली मात्रै छैन,समथर भु–भाग मैदान पनि छ । सुख दुख मात्रै होईन खुशि पनि छ । सफलता असफलता मात्रै होईन आत्मविश्वास र दृढ अठोट अनि उदेश्य पनि छ । यो तेस्रो सच्चाई नबुझेर धेरै मानिसहरु आफ्नो जीवनलाई बर्बादिसम्म पुर्याएका दृष्टान्त उदाहरणहरु हाम्रो समाजमा प्रशस्तै भेटिन्छन् । गणितिज्ञहरुले प्लस (+) र (–) मात्र बनाएर बराबर (=) नबनाएको भए कहिल्यै समीकरण हिसाव मिल्ने थिएन । शुन्य (०)को मान्यता आफैमा कुनै मुल्य छैन तर कुनै अङ्कको पछाडी (०) थप गर्दा उक्त अङ्कको मुल्य दश गुणाले बृद्धि हुनजान्छ । बिज्ञानमा कुनै पनि तत्वको केन्द्रमा न्युट्रोन जहिले पनि तटस्थ र शान्त हुन्छ ,तर परिधिमा रहने इलेक्ट्रोन र पोट्रोन सँधै अस्थिर रहन्छन् । जति नै कर्कस आवाजले खोला गड्गडाए पनि ‘तट’ सधैँ चुपचाप रहन्छ र त्यसको मज्जाले अनूभुति गरिरहन्छ । अन्तमा त्यही पानी विशाल समुन्द्रमा पुगेपछि स्वयम शान्त र स्थिर बन्दछ । ‘तट’ मा बसेर तपस्या गर्ने कैयौँ तपस्वीहरु ‘तटस्थ’ जीवन जिउने अभ्यास गरिरहन्छन् ।

‘तटस्थ’ हुँनु भनेको निर्जीव हुँनु होईन बरु चुपचाप परिस्थितिलाई अनुभूत गर्नु र अगाडी बढ्नु हो र सत्यको बोध गर्नु हो । प्रकृति स्वभावैले विनासकारी हुन्छ । जस्तै आगोले खरानी बनाउँछ,बाढीले बगर निम्त्याउँछ,हुरीले यथास्थितिलाई तहसनहस पार्दछ,भुकुम्पले भौतिक संरचनाको तहसनहस बनाउँछ । तर त्यही विनासकारी शक्तीभित्र सिर्जनातत्व लुकेको हुन्छ । मानिसहरु त्रिशुल शब्दको धेरै प्रयोग गर्छन कसैले यसलाई भगवान महादेवको अचुक हतियारको रुपमा त कसैले बस्तुको रुपमा, जे होस इच्छाशक्ति ,ज्ञानशक्ति र कर्मशक्ति यि तिन कुरालाई मानिसको सफलताको तिन हतियार भने पनि हुन्छ । यि तिनै कुरालाई सांकेतिक रुपमा त्रिशुल भनिएको हो यसमा कुनै दुई शक्तिको प्रयोगले मात्रै सफलता प्राप्त हुँन सक्दैन । कुनै एकको अभावमा शक्तिशालि कर्मको उत्पति हुँदैन । भौतिकवादीहरु विध्वंसभित्र नविन सिर्जना लुकेको विश्वास गर्दछन र हामी पनि त्यही विश्वास गर्छौ भने आध्यात्मीकहरु सिर्जनाभित्र विनाश । मानिसहरु आफ्नो जीवनका अनगिन्ती अनुभूतिहरुलाई कि बढाएर बाँच्दछन कि घटाएर । जे छ ठिक त्यति मात्रको महशुस हुँनु नै सत्यको बोध हो जसलाई ‘यथाभुत सत्य’ भनिन्छ । सबैखालका ‘अति’ बाट पर ‘सत्य’ लुकेको हुन्छ । जीवन ‘सरल’ हुँनुपर्छ भनेर भनिन्छ तर सरल हुँनु भनेका ‘जटील’ काम हो । जटीलभन्दा जटिल बाटो पार गरेर मात्र ‘सरल’ मार्गमा पुगीन्छ । सामान्य ज्ञान त्यति सामान्य हुँदैन जति सामान्य शब्दको अर्थ हामी बोध गर्दछाँै । शरिरको कुनै निश्चित अङ्ग विशेषको चिकित्सा जटील हुन्छ । धरती र आकाश कहिल्यै एक हुँदैनन् तर पनि यी दुई प्रकृतिका अभिन्न अङ्ग मानिन्छन् । प्रारम्भमा आकाशबाट प्राप्त जल,वायु,ताप आदीले गर्दा धरती उर्बर बनेको छ । धरतीले सिर्जना गर्छ र आकाशले उपयुक्त वाताबरण निर्माण गरेर ती सिर्जनाको संरक्षण गर्दछ । जब सिर्जनाहरु विनास हुन्छ्न ,तिनको अस्तित्व धरतीमै विलिन हुन्छ । धरतीको स्थुल छ सीमित छ भने आकाश अनन्त । आजकल नारीवादीहरुले महिलालाई ‘आधा आकाश’ को बिम्ब दिने गरेका छन्, उनिहरु सिङ्गै धरती हुँन या आधा आकाश ? एउटै विन्दुमा रहेका रेखाहरु जब दायाँ र बाँया दिशातिर जब अगाडी बढ्छन ,ती रेखाहरुलाई जोड्न तेस्रो सरल रेखाको आवश्यकता पर्दछ । जब यी तिनै रेखाहरु परम्परामा जोडीन्छन् ,तब गजबको ‘त्रिकोण’ बन्दछ । त्यस्तै विषयलाई जोड्ने दर्शन नै त्रिकोण दर्शन हो । Geo (पृथ्वी) धरती, ,metric (नाप)मा त्रिकोणको महत्व छ । त्रिकोणहरु मिलाएर धेरैओटा कोणहरुको रचना गर्न सम्भब छ । प्राचिन कालमा जब ‘त्रिकोण’को बारेमा मानिसहरुलाई ज्ञान भयो, तब मानिसले ठुलाठुला रचनाहरु गर्न सफल भए । आज पनि विशाल रोमन पिरामिड्हरु उदाहरणको रुपमा देख्न सकिन्छ । आफुसँग जे तत्व निहीत छ ,त्यो स्वयम (आफैमा)भाव ‘हुनु रहनु’ हो ।

त्रिकोण दर्शनको स्वभाव जोड्नु वा मिलाउनु हो । जोड वा मिलापबाट मात्र नयाँ –नयाँ सिर्जनाको आविष्कार वा जन्म सम्भब छ । हामी धरतीका उपज हौँ । हाम्रो सार्थकता सिर्जनामा छ । विनास तत्व त प्रकृतिमा नै निहीत छ भन्ने मान्यता त्रिकोण दर्शनले राख्दछ । हामी विनासका निम्ति होईनौँ हामी सिर्जनाका निम्ती हौँ सबै क्षेत्रको समृद्धिका लागी हौँ । सिर्जना भित्र नै सत्यम, शिवम, सुन्दरम छ । सत्यम अर्थात ज्ञान,ज्ञानको चरित्र विधी एवंम स्वभावको अध्यय्न, निर्माण, शिवम् अर्थात सुखी आनन्द र खुशि ,सुन्दरम अर्थात कलात्मकता !त्यसैले दर्शनले व्यवहारलाई मार्गदर्शन गर्दछ । व्यवहारले दर्शनलाई समृद्ध गर्दछ । व्यवहारले सिद्ध नगर्ने सिद्धान्त मान्न जरुरी छैन । सिद्धान्त र दर्शन त जिवनको लागि हो जिवन दर्शन र सिद्धान्तको लागि होईन । सामान्य मार्गदर्शनका लागि सिद्धान्त चाहिन्छ । तर त्यसलाई जड बनाउनु हुँदैन । यहि नै त्रिकोण दर्शनको मुल मर्म भावना र बोध हो । त्यसैले मानिसले कुनै पनि कार्य गर्दा इच्छा शक्ति र ज्ञानशक्तिलाई कर्ममा जोडीयो भने कर्मशक्तिको अथवा शक्तिशालि कर्मको उत्पति हुन्छ जुन मानिसको लागि सफलताको अचुक साधन बन्न पुग्दछ यहि हो त्रिकोण दर्शनको मुल मर्म र सान्र्दभिकता पनि । धन्यवाद !

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares