Input your search keywords and press Enter.

एकलौटी तारजाली बितरण गरेपछि असन्तुष्टि

डिल्लीबहादुर खत्री
चौरजहारी
पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १३ मा विपद ब्यवस्थापन समितिले बितरण गर्ने तारजालि एकलौटी रुपमा माओवादीका कार्यकर्ताहरुलाई मात्र दिईएको भन्दै नेकपा एमाले वडा न. १३ ले असन्तुष्टि जनाएको छ । समितिले वडालाई दिने तारजालि वडाको सिफारिस बिना माओवादी कार्यकर्ताहरुलाई मात्र दिएको भन्दै असन्तुष्टि जनाइएको हो । नेकपा एमाले विज्ञप्ति निकालेर हाम्रो पार्टीबाट जितेका जनप्रतिनिधिलाई कुनै मान्यता नराखि अनी बिधिको शासनलाई नमानि वडाको सिफारिस बिना नै कार्यकर्तालाई तारजालि दिएकोमा घोर आपति पनि जनाएको छ । विपत ब्यवस्थापन समितिका संयोजक लालबहादुर बुढाले वडा कार्यालयले सिफारिस नदिएको गुणासो आएपछि आफुहरुले जालि दिएको बताए । ‘हामी वडामा वडामा गएर क्षतिको अवस्था अनुगमण गरेका हौँ , त्यहिअनुसार जालि दिएका हौँ’ उनले भने, ‘एकातर्फ वडाले सिफारिस नदिने र अर्काेतर्फ हामीले जाली नदिने हो भने हामीले अन्याय गरे जस्तो हुन्छ’ उनका अनुसार बाँकी ठाउँहरुमा पनि आवश्यकता अनुसार क्रमस तारजारी बितरण गरिने छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares