Input your search keywords and press Enter.

शिक्षक नफर्कदा पठन पाठन भएन

जयमान बुढामगर
भूमे
रुकुम पूर्वको भूमे गाउँपालिका २ को त्रिवेणि माध्यामिक विद्यालयमा पठन पाठन सुरु हुन सकेको छैन । वार्षिक परिक्षा सकेर घर गएका शिक्षकहरु नफर्किएका कारण विद्यालया पठन पाठन सुरु हुन नसकेको हो । भर्ना अभियान सकिएर विद्यालय खुले पनि सबै कक्षामा नियमित पठन पाठन हुन सकिरहेको छैन ।
कतिपय शिक्षक विद्यालय खुलेदेखि नै आएका छैनन् भने कतिपय शिक्षक आएर पनि नियमित पठनपाठन गरिरहेका छैनन् । शिक्षक वसन्त प्रताप विसी र इन्द्रजित रावल नयाँ शैक्षिक शत्र सुरु भएएता विद्यालय आएका छैनन् भने केही शिक्षक आएर पनि नियमित पठनपाठनमा नजोडिएको विद्यालय व्यवस्थापन समितिकिा अध्यक्ष पृथ्वीबहादुर बुढाले बताए । शिक्षकलाई नियमित पठन पाठन सञ्चालन गर्न भनिएपनि नियमित हुन नसकेको भनाई अध्यक्ष बुढाको छ । १० कक्षा सम्म पठनपाठन हुने विद्यालयमा ११ जना शिक्षक रहेका छन । यसैबीच सोही वडाको दहवाङको बालज्योती आधारभुत विद्यालय महिला शिक्षकले मात्रै चलाएका छन् । २०६३ सालमा स्थापना भएको विद्यालयमा स्थापनाकालदेखि नै महिला शिक्षकले पठनपाठन गराउने देखि सम्पूर्ण कामजकाज गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बुढाले महिला शिक्षकहरुको कुशल व्यवस्थापनमा विद्यालय सञ्चालन भैरहेको बताए । बाल शिक्षादेखि कक्षा ५ सम्म पठन पाठन हुने विद्यालयमा ५ जना शिक्षक रहेका छन् । यो शैक्षिक शत्रको हालसम्म ७६ जना विद्यार्थी भर्ना भएका र भर्ना हुने क्रम जारी रहेको प्रध्यानाध्यापक दीपा शाहले बताईन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares