आहा संचार संबाददाता
मुसिकोट
रुकुम पश्चिममा आयोजना गर्न लागेको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सदरमुकाम मुसीकोट खलंगाको बह्राटाकुरामा बैशाख २१ गते देखि जेठ १ गतेसम्म महोत्सव संचालन हुन लागेको हो । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले रुकुम यातायात प्रालि, युवा सञ्जाल रुकुम र ग्राण्डि इन्टरनेशनल होलिडेज प्रालिले महोत्सव आयोजना गरेका हुन् ।
प्राकृतिक सुन्दरता हाम्रो सान, कमल ताल र सिस्ने हाम्रो मान, साँस्कृतिक विविधता बीच एकता हाम्रो पहिचान भन्ने नाराका साथ १२ दिनसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । त्यस्तै महोत्सवमा विभिन्न ८० वटा भन्दा बढी स्टलहरु पनि रहने महोत्सव आयोजक मुल समारोह समितिका संयोजक केशव रावलले जानकारी दिए । महोत्सवमा जिल्लाको कला संस्कृति झल्काउँने खालका प्रस्तुतिहरु समेत रहने उनको भनाई छ । महोत्सवको उपराष्ट्रपति नन्दवहादुर पुनले उद्घाटन गर्ने आयोजकले बताएको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto