Input your search keywords and press Enter.

भूमे गाउँपालिकाले भवन निर्माणको काम थाल्यो

जयमान बुढामगर
रुकुम पुर्व : रुकुम पूर्व भूमे गाउपालिकाले कार्यालय भवन निर्माण गर्न सुरु गरेको छ । वडा नम्बर २ खावाङबगरमा कार्यालयको ६० र स्थानीयको ४० प्रतिशत योगदानमा भवन बनाउन थालिएको हो । साविकको ठाउबाट कार्यालय सानुपर्ने भएकाले भवन बनाएरै कार्यालय सार्ने तयारी भैरहेको गाउ कार्यपालिकाले जनाएको छ ।
गाउपालिकाले ४० लाख रुपैया विनियोजन गरेको छ भने स्थानीय खावाङबासीले २० लाख बराबरको श्रमदान गर्ने प्रतिवद्धता गरेका छन् । नगद र श्रमदान गरेर ६० लाखमा कार्यालय भवन निर्माण हुन लागेको अध्यक्ष रामसुर बुढा मगरले बताए । स्थानीयको योगदानमा आधारित भवन निर्माण हुन लागेको अध्यक्ष बुढाले बताए । भवन निर्माणका लागि आवश्यक जग्गा पनि स्थानीयले नै उपलब्ध गराएका हुन् । स्थानीय नारायण पुन मगर, सूर्यलाल पुन मगर, तुले पुन मगर र खमबहादुर पुन मगरले गाउभालिकाको कार्यालय भवन बनाउन निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । हल र आवास सहितका २६ कोठाको कार्यालय भवन छिटै निर्माण गर्ने गरी काम भैरहेको अध्यक्ष बुढाको भनाई छ ।

आगामी आर्थिक बर्षको बजेट नयाँ भवनको हलबाट सार्वजनिक गर्ने गरी भवन निर्माण भैरहेको उनको भनाई छ । सबै विषयगत कार्यालयका लागि पनि कार्यालय आवश्यक भएकाले धेरै कोठाको भवन बनाउन लागेको उनले बताए । हाल ३ नम्वर वडाको सीमाबाट गाउपालिकाको कार्यालय सञ्चालन हुदै आएको छ । भवन निर्माण लगायत कार्यालय स्थापनाको लागि निःशुल्क जग्गा उपलब्ध गराउने र भवन निर्माण समेत श्रमदान गर्ने खावाङबगरवासीले प्रतिबद्धता गरेका थिए । गाउ कार्यपालिकाको बहुमत सदस्यले खावाङबगरमा गाउपालिकाको केन्द्र बनाउने निर्णय गरेपछि उक्त निर्णय राजपत्रमा समेत छापिएर आइसकेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares