Input your search keywords and press Enter.

४ हजार बिद्यार्थीलाई निःशुल्क पोशाक बितरण गरिने

डिल्लीबहादुर खत्री
चौरजहारी
पश्चिम रुकुम चौरजहारी नगरपालिकाले ४ हजार बिद्यार्थीलाई निशुल्क ड्रेस बितरण गर्ने भएको छ । आगामि शैक्षिक बर्षमा आधारभुत बिद्यालय अन्तरगत चौरजहारी नगरपालिकाका कक्षा ५ सम्मका बिद्यार्थीलाई ड्रेस निशुल्क ड्रेस दिने नगरपालिकाले बताएको छ । आगामी बैशाख २ गतेदेखि ड्रेस बितरण गर्ने नगर प्रमुख बिशाल शर्माले जानकारी दिए । ‘हामी कक्षा ४ हजार बिद्यार्थीलाई निशुल्क ड्रेस बितरण गर्छाैं’ नगर प्रमुख शर्माले भने, ‘जसले गर्दा सामुदायिक बिद्यालयतर्फ अभिभावकको आकर्षण बढ्नेछ ।’


सक्षम शिक्षक भएपनि ब्यवस्थापनको कमजोरी रहेको उल्लेख गर्दै उनले व्यवस्थापनलाई प्रभावकारी बनाउदै सामुदायिक बिद्यालय तर्फ घट्दो आकर्षणलाई पुनः बढाउने प्रयास गरिएको उनको भनाई थियो । नगरपालिकाले निशुल्क ड्रेस दिने भएपछि बिद्यार्थी तथा अभिभावकहरु खुसी देखिएका छन् । नगरले ड्रेस दिने भएपछि कक्षा ५ सम्मको नगरभरिको ड्रेस एउटै हुनेछ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares