Input your search keywords and press Enter.

‘बरु बेश्यालय खोलौं तर बलात्कारीलाई मृत्युदण्ड होस’

जि. एम दिपु देपेन्द्र
रुकुम

आहा पत्र

केहि दिनअघि एकजना दिदीले फेसबुकमा स्टाटस लेख्नुभएको थियो ! ‘बलात्कार गर्दै हिड्ने पिपासु भन्दा बाथरुममा हस्तमैथुन गर्ने पुरुष महान’ म त्यही स्टाटस् भन्दा केही अगाडी बढेर भन्न चाहन्छु । ‘बलात्कार गर्दै हिड्ने पिपासु भन्दा, सुटुक्क बेश्यालयमा धाउने पुरुष महान’ ।  खबरदार सरकार, फलानो होटेलबाट फलानो फलानो रंगेहात पक्राउ भनेर लज्जीत बन्ने काम नगर । सक्छस् भने यी बलात्कारीहरुलाई सिधै गोली ठोकेको समाचार हामीसम्म पुर्याईदे । जसले फक्रिन नपाउदैका नबजात कोपिलाहरुलाई बिचैमा चुडालेर फ्याँकीदिन्छ त्यसलाई धरौटमा छोडिन्छ । गोप्य रुपमा संयमतापुर्ण यौनसम्बन्ध राख्नेहरुलाई खोजी खोजी समाजको अगाडी बेश्याको रुपमा परिचीत गराउने त नमर्द सरकारले किन सकेको छैनस् बलत्कारीहरुलाई फाँसीमा झुन्ड्याएर देखाउन । किन सकेको छैनस् ती पापिष्टहरुलाई गोलीले उडाउन ? किन सकेको छैनस् ती नरपिचासहरुलाई तरबारले सेर्न ? यौन जिवनको आधारभुत आवश्यत्ता मध्येको एक हो । त्यसैले यसलाई कसैले रोक्न र छेक्न मिल्दैन, र यो रोकिदैन पनि । यसको बिरुद्धमा जानू सिधै अप्राकृतिक हुनु हो तर, यसको माने होईन कि, यसलाई ब्यवस्थित गर्न सकिदैन । यौन ब्यबस्थापनको लागि भरपर्दो माध्यम अहिलेको समयमा ब्यवस्थित बेश्यालय नै हुनसक्छ । हामीले यसलाई विकसित देशबाट सिखो गर्न सक्छौ । त्यसैले मलाई लाग्छ बरु देशमा ब्यवस्थित बेश्यालय खुल्नुपर्छ तर बलात्कारीलाई सिधै मृत्युदन्ड दिने कानुन बन्नुपर्छ ।
मलाई लाग्छ बरु देशमा, ब्यबस्थित बेश्यालयलाई प्रोत्साहन दिनुपर्छ, तर आठ दस वर्षका नबजात कोपिलाहरुलाई चुडालेर फाल्ने पापिष्टहरुलाई त्यसै छोड्नुहुदैन । तिनीहरुलाई फासी दिनैपर्छ । तिनीहरुलाई ठाँऊको ठाँऊ ईन्काउन्टर गर्नैपर्छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares