Input your search keywords and press Enter.

आहा गजल : एक्सन आर्सी

  • एक्सन आर्सी
    सल्यान

अरे तस्कर नै छन बनपाले सुन भगवान
हो यस्तै भन्छन हाम्रा बाले सुन भगवान

अब त उस्को मनोमानि अत्ति भयो सरकार
पहिले डार्लिंग अहिले काले सुन भगवान

मैले प्रयोगशालाबाट यो प्रमाणित गरिसके
देखाउछु अण्डा नफुटाई भाले सुन भगवान

हिजो श्रीमतिसंग उफ्रियो आज छोरिमा
नेपालको कानुन कस्तो खाले सुन भगवान

…………………………………………………
हेर जब विद्वान आउनेछ्न आगो बोकेर
अनि मात्र आउनेछ परिवर्तन आगो बोकेर

हेरौ अब कहाँ कहाँ आगलागी हुनेछ
आज फेरि हिडिदियो मन आगो बोकेर

छतको सहरमा खरको छानो छ तिम्रो
नदेखाउ यार पागलपन आगो बोकेर

सजिलै फर्कियो उ आशुको तलाउ देखेर
आउन त आएको थियो दुस्मन आगो बोकेर

थोरै मन जल्दा पुरै जिन्दगी जलि गयो
आएको रहेछ यो यौवन आगो बोकेर

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares