Input your search keywords and press Enter.

मुसिकोट क्याम्पस अब मध्यपश्चिम बिश्वबिद्यालयको आंगिक

मेगराज खड्का
रुकुम : रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखि क्याम्पस सरकारी स्वमित्वको आंगिक क्याम्पसको विकास भएको छ । यसअघि त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गरेर संचालित यस क्यापसलाई सरकारले मध्यपश्चिम बिश्वबिद्यालय अन्र्तगत हुनेगरि आंगिक क्याम्पसको रुपमा घोषणा गरेपछि प्रकृयागत कामहरु पनि धमाधम भैरहेका छन ।
२०३७ सालमा स्थापना भएको यस क्याम्पस त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन मात्र प्राप्त गरेको थियो भने अन्य सम्पुर्ण ब्यपस्थापन क्याम्पस आफैले बिद्यार्थीबाट रकम उठाएर गर्दै आएको थियो । सरकारी आंगिक क्याम्पस भएसगै क्याम्पसमा अध्यापन गराउने प्रध्यापक र बिद्यार्थी दुबैका लागि राम्रो भएको क्याम्पस प्रमुख मुकुन्द शर्माले जानकारी दिए । उनका अनुसार आंगिक क्याम्पस संचालनका लागि त्रिभुवन बिश्वबिद्यालय र मध्यपश्चिम बिश्वबिद्यालयबिच दुई पक्षिय सम्झौता भैसकेको छ भने मुसिकोट खलंगा क्याम्पस र मध्यपश्चिम बिश्वबिद्यालय क्याम्पस बिच संचालनका लागि दुई पक्षिय सम्झौता हुन मात्र बाँकि हरेको छ । नयाँ शैक्षिक शत्र देखि आंगिक क्याम्पस संचालनका लागि सम्पुर्ण प्रकृयाहरु पुरा हुने र नयाँ शैक्षिक कार्यक्रमहरु संचालन हुनेछ ।
आगिंक क्याम्पस हुँदा के फाईदा ?
आंगिक क्याम्पस सरकारी स्वामित्वको क्याम्पस हो । जसले गर्दा क्याम्पसको संचालन र व्यवस्थापन सबै सरकारी स्तरबाट हुने गर्दछ । अब मुसिकोट क्याम्पसमा कार्यरत प्रध्यापक तथा कर्मचारीहरुको तलबभत्ता सरकारी स्तरबाट नै प्राप्त हुने छ भने त्यहाँ अध्ययनरत बिद्यार्थीहरुलाई पनि शुल्कमा सस्तो हुनेछ । यसअघि क्याम्पस संचालनका लागि बिद्यार्थीहरुबाट आवश्यक रकम उठाउने गरिएको भएपनि अब मध्यपश्चिम बिश्वबिद्यालय अन्र्तगतको नीति नियममा रहेर मात्र बिद्यार्थीहरुबाट शुल्क उठाईने छ । जसले गर्दा गरिब, बिपन्न तथा आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनमा बाधा पुगेका बिद्यार्थीहरुका लागि केहि हदसम्म राहत पुग्नेछ ।
‘अब शुल्कमा मात्र सस्तो हुनेछैन बिद्यार्थीहरुका लागि धेरै प्राबिधिक बिषयहरु पनि थपिनेछन यो नि बिद्यार्थीका लागि खुसिको कुरा हो’ क्याम्पस प्रमुख शर्माले भने, ‘बिएसीएजी, इन्जिनियरिंग मात्र नभएर अन्र्तराष्ट्रिय सम्बन्ध, पत्रकारीता र एमफिलका कार्यक्रमहरु पनि हुनेछन ।’ क्याम्पसका अनुसार अब आंगिक क्याम्पसका लागि प्रध्यापक तथा कर्मचारीहरु छनोट हुन भने बाँकी छ । मध्यपश्चिम बिश्बिद्यालयले आफ्नो नीति नियममा रहेर खुल्ला प्रतिष्प्रधाबाट कर्मचारी छनोट गर्नेछ । मुसिकोट क्याम्पस त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनबाट बाहिरिएपनि जारी तहका बिद्यार्थीहरुको हकमा भने त्यो लागु हुनेछैन । हाल बिभिन्न तहमा अध्ययनरत बिद्यार्थीहरु त्यो तह पुरा नभएसम्म त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत नै पठनपाठन र प्रमाणपत्र प्राप्त गर्नेछन । सम्पुर्ण प्रकृया पुरा भएर नयाँ शैक्षिक शत्र शुरु भएपछि मात्र आंगिक क्याम्पसको रुपमा कार्यक्रमहरु संचालन हुनेछन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares