Input your search keywords and press Enter.

कार्कीद्धारा धुर्मुस–सुन्तलीलाई ५ लाख आर्थिक सहयोग

काठमाडौ । अन्तराष्ट्रिय रंगशाला निर्माणको अभियानमा रहेको धुर्मुुस शुन्तली फाउन्डेसनलाई थाइ नेपाल संघका अध्यक्ष कुमार कार्कीले ५ लाख रुपैयाँ सहयोग दिएका छन् । बर्मामा जन्मेर थाइल्याण्डका बसोबास गर्दै आएका कार्कीले थाई नेपाली संघ र आफ्नो व्यक्तिगत तर्फवाट फाउन्डेसनलाई सहयोग गरेका हुन् ।
रंगशाला संगै नमुना नेपाल नामक पुननिर्माणको परियोजनालाई सहयोग पु¥याउन कार्कीले रकम सहयोग गरेका हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा कार्कीले उक्त रकम फाउन्डेसनलाई रकम हस्तान्तरण गरेका हुन् ।

रंगशालाको जग्गा खोजिको क्रममा धुर्मुस सुन्तली उपत्यका बाहिर रहेका प्रतिनिधिलाई उक्त रकम हस्तान्तरण गरिएको छ । बर्मामा जन्मे पनि नेपाललाई पितृभुमि मान्दै आएका कार्कीले यसअघि पनि २०७२ वैशाख १२ गते गएको महाभुकम्पपछि राहत वितरणका साथै नेपालमा नमुना बस्ती निर्माण गरेका थिए । सिन्धुपाल्चोकको विकट माझी मस्तीमा कार्कीको नेतृत्वका भुकम्प पछिको पहिलो माझी बस्ती निर्माण भएको थियो । नेपालको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टी मिलेको कार्कीले बताए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares