Input your search keywords and press Enter.

गाडि ठोकिदा १८ जना घाईते

परिचन्द्र खत्री
रुकुम १९, चैत : सल्यानमा गाडि एक आपसमा ठोकिदा १८ जना घाईते भएका छन् । राप्ती राजमार्गमा पर्ने बागचौर नगरपालिका ५ सिवरत मुलखोलामा दुईओटा गाडी एकआपसमा ठोकिएका हुन् ।
ईलाका प्रहरी कार्यालय बांगेलाखुरीका ईञ्चाज राज बहादुर चन्दका अनुसार काठमाण्डौँ बाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको बस र रुकुम बाट दाङ जाँदै गरेको ना ४ ख ४८६१ नम्बरको बस एक आपसमा ठोकिएका हुन् ।
घाईतेहरु मध्य मुसीकोट नगरपालिका ५ कि पुष्पा गौतमलाई एम्बुलेन्स मार्फत रुकुममै ल्याईएको छ भने, सुकिदह सल्यानका बिमल खड्का र मुसीकोट नगरपालिका १० का पुर्णशिव सुनारलाई उपचारको लागि रिफर गरिएकोे प्रहरीले जनाएको छ । अन्य घाईतेहरु स्थानिय मेडिकलमा उपचार पछि फर्किएको प्रहरीले जनाएको छ । दुबै गाडि र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares