Input your search keywords and press Enter.

रुकुमबाट राष्ट्रिय आर्थिक गणना गर्ने तयारी

मेगराज खड्का
रुकुम : रुकुमबाट पहिलोपटक राष्ट्रिय आर्थिक गणना गर्ने तयारी गरिएको छ । तथ्यांक कार्यालय रुकुमले राष्ट्रिय कार्यक्रम अनुसार रुकुममा पनि आर्थिक गणना गर्ने तयारी गरिएको हो । चैत्र महिनाबाट कार्यालय स्थापना गरेर शुरु भएको औपचारिक गणनाको काम भने आगामी बैशाख १ गतेबाट हुने जिल्ला तथ्यांक कार्यालय रुकुमका प्रमुख मेघराज पौडेलले जानकारी दिए ।

उनका अनुसार बैशाख १ गतेबाट शुरु भएर जेठ मसान्तसम्म करिब २ महिना सम्म यो अभियान संचालन हुने छ । ‘यस अन्र्तगत बस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान, ब्यवसाय सगै सम्पुर्ण आर्थिक क्षेत्रगंग जाडिएका क्षेत्रहरुमा केन्द्रित रहेर आर्थिक सर्बेक्षण गर्दछौं’ उनले भने, ‘यसले गर्दा हालसक्रिय अवस्थामा रहेका आर्थिक गतिबिधि, प्रतिष्ठान र व्यवसायहरुको तथ्यांक संकलन हुन्छ ।’ नेपालमै पहिलोपटक हुन लागेको यस आर्थिक गणना कार्यक्रमबाट स्थानीय, प्रदेश र संघिय सरकारलाई समेत आगामी नीति तथा कार्यक्रम संचालन गर्न पनि सघाउ पुग्ने बिश्वास लिइएको छ ।

केहि दिन भित्रै गणकहरुलाई तालिम दिएर गाउँगाउँमा पठाउने तयारी कार्यालयले गरेको छ । गणक मार्फत गाउँगाउँमा गएर तथ्यांक संकलन गर्नुका साथै ईन्टरनेटको पहुँचमा रहेका व्यवसायिक संस्था तथा प्रतिष्ठानहरुले अनलाईनबाटै तथ्यांक भर्न सकिने सुबिधा समेत बताईएको छ । अब प्रत्येक पाँच पाँच बर्षमा आर्थिक गणना गरिने र यस गणनाबाट मुलुकको दिगो विकास लागि आवश्यक पर्ने आर्थिक तथ्यांक प्राप्त हुनेछ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares