मेगराज खड्का
रुकुम ८, चैत : आजदेखि सुरु भएको एसईई परिक्षा रुकुम पुर्ब र पश्चिममा शान्तिपुर्ण र मर्यादित तरिकाले सम्पन्न भएको छ । जिल्लाभर कुनै पनि अप्रिय घटनाक्रम नभएको जिल्ला शिक्षा अधिकारी कर्ण कुवरले जानकारी दिए ।
उनका अनुसार जिल्लामा शान्तिपुर्ण र मर्यादित तरिकाले पहिलो दिनको परिक्षा सम्पन्न भएको छ भने कुनै पनि बिद्यालयमा बिद्यार्थी निस्काशन समेत भएका छैनन । अघिल्ला बर्षहरुको परिक्षामा बिद्यालय आसपासमा अभिभावकहरुको भिड लाग्ने जस्ता केहि गतिबिधी हुने गरेको भएपनि पछिल्ला बर्षहरुम ति गतिबिधीहरुपनि सामान्य बन्दै गएको जिल्ला शिक्षा कार्यालयको भनाई रहेको छ । कार्यालयका अनुसार रुकुम पश्चिम र पुर्बका आशिक बिद्यार्थीहरुले रुकुम पश्चिममा नै परिक्षा दिएका छन भने अन्य बिद्यार्थीहरुले भने आआफ्नो जिल्लामा परिक्षा दिएका छन । दुवै रुकुम जिल्लाका १२१ आंशिक परिक्षार्थीलाई मात्र रुकुम पश्चिमको एउटै परिक्षा केन्द्रबाट परिक्षा दिने व्यवस्था मिलाइएको हो । दुवै जिल्लाबाट नियमित र आंशिक तथा प्राबिधिक धार तर्फ गरी ५ हजार ३ सय ९२ परिक्षार्थी सहभागी भएका छन ।
७४ बिद्यालय रहेको रुकुम पश्चिममा नियमित ४२३८, प्राबिधिक धार तर्फ ४८ र आंशिक तर्फ ८५ जना परिक्षार्थी सहभागि भएका छन् । यस्तै २४ बिद्यालय रहेको रुकुम पुर्वमा ९४३ नियमित, ४२ जना प्राबिधिक धार र ३६ जना आंशिक तर्फका परिक्षार्थी सहभागी छन् । २२ वटा परिक्षा केन्द्र रहेको रुकुम पश्चिममा सम्बन्धीत बिद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरिएको छ । यसै गरी ५ वटा परिक्षा केन्द्र रहेको रुकुम पुर्वमा पनि सम्बन्धीत बिद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नै नियुक्त गरिएको छ । हेर्नुहोस केहि प्रतिनिधिमुलक परिक्षास्थलका तस्बिर

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto